KORA2014 यौटा सामाजिक कार्यको निम्ति पनि आयोजना गरिएको भएकोले, मानवीय दायित्व स्वरुप केहि सहयोग जुटाउने प्रयास पनि गरियो। निकै साथीहरुले साइकलिङ्गको यो अभियानलाई सहयोग गर्ने बचन दिए। त्यसले हौस्यायो। गत २-३ हप्तामा तिनीहरु मध्ये अधिकांशले सहयोग रकम दिए। मैले सोचेको भन्दा निकै बढी रकम उठ्यो अर्थात शुरुमा मैले आयोजकलाई प्लेज (Pledge) गरेको भन्दा ३ गुणा बढी। जम्मा ३२ जनाले न्युनतम रु. ५ देखि अधिकतम् रु २,२२२ सम्मको सहयोग गरे। हाल अमेरिकामा हुने पूर्व सहकर्मी सुजन पण्डितले भने निकै उर्जा थप्नु भयो। मेरो ब्लगमा हाम्रो उत्सुकता, रहर, हल्ला देखेर उनले पहिले गरेको सहयोगलाई डबल पारिदिए।
सहयोग रकम संकलन भएपछि गत अगस्त ४ तारिखमा Socialtour ठमेलका प्रतिनिधि श्री सुमन नेपालीलाई हस्तान्तरण गरें। त्यो रकम Karma Foundations मार्फत Save the Children को 2M4Pyutaar Campaign जानेछ। यो अभियान दुर्गममा सुरक्षित सुत्केरी गराउनको लागि सुबिधायुक्त बर्थिंग सेन्टर बनाउन सहयोग जुटाउने हो। यो महान कार्यमा स-सानो सहयोग राशिको महत्व रहन्छ। निम्न व्यक्तिहरुले सहयोग गरे। यी सबैजनालाई जीवनभर सबै चिजले भरपुर होस् र यसरी नै सहयोग दिन पाई रहुन :
- Aditi Oli
- Anita Shrestha
- Anju Tamang
- Anup Shrestha
- Ashima Shrestha
- Basanta Thapa
- Bhagawan Shrestha
- Bhawani Dahal
- Bikash Ghimire
- Gita Lama
- Jaya Laxmi Chaulagain
- Khagendra KC
- Kimat Adhikari
- Kiran Bam
- Merina Baidya
- Mirak Angdembe
- Mohan Bhurtel
- Neelima Lama
- Neeta Shrestha
- Pooja Pradhan
- Pradeep Shrestha
- Puja Bharati
- Pushpa Chaulagain
- Rajya Kunwar
- Sabina Adhikari
- Salina Shrestha
- Shilpa Shrestha
- Shrid Dhungel
- Sujan Pandit
- Sujan Raj Joshi
- Suraj Nepal
- Tilak Thapaliya
यो पटकको कोरामा शुरुदेखि नै सूचना दिने, हौस्याउने र एउटै टोली बनेर पुरै ५० + किमी यात्रा तयगर्ने साथी र सहकर्मी सहयात्रीहरु राजन, महेश, राजेश र संजीवलाई धेरै धन्यबाद। यस्ता प्रयासहरु एक्लै निरसिलो हुन्छन तर साथीहरुको साथ सबै कठीन क्षणहरु पनि सहजे पार हुने।
अब अर्कोवर्ष फेरी यस्तै कोरा हुने छ, कुनै नयाँ अभियान साथ - KORA2015. र मिले फेरीपनि यसमा भाग लिईनेहोला र त्यो बिषयमा अर्को ब्लग लेखिनेहोला।
(नोट: यसमा प्रयोग गरिएका फोटाहरु फेसबुकमा कोराको एकाउण्टमा शेयर गरिएको र मेरो अफिसको दिपकजीले खिचेका हुन्।)
No comments:
Post a Comment