
काठमाडौँको धुलो, धुवाँ र कोलाहलमय दैनिकीबाट पर प्रकृति समीपको साक्षात्कार हुने अवसर आफैमा यौटा rejuvenating experience हो। रोमान्चक गतिबिधिले भरिएको दुईरात र तिनदिन अविश्मरणीय बन्यो। काठमाडौँबाट बिहिबार मार्च २६, २०१५ को बिहान ६:०० बजेदेखि शुरु यात्रा झन्डै नन-स्टप चल्यो र शनिबार मार्च २८, २०१५ को बेलुका ५:३० तिर सम्पन्न भयो। लामो बस-यात्रा, त्रिशुली नदिको रयाफ्टिंग, सौराहाको जंगल जीप-सफारी, वाकिंग, क्यानोइङ्ग, एलिफेंट राईड र भरपुर इविनिंग ईभेण्टस्। एकपछि अर्को इभेन्ट यसरी क्रमबद्ध रहे कि बोरिङ्ग क्षण नै भएन । OYO (on-your-own) समयको स्विमिङ्ग र च्या-पसलको जमघटले पनि रमाइलो थपे। मौसमले पनि अचम्मै संग साथ दियो - Outdoor Events कुनै बिथोलिएन। एकाबिहानै गड्याङ्ग-गुडुंग गर्दै दर्किएको झरीले बरु सितलता र जंगल सफारीमा धुलोबाट मुक्ति दियो। Indoor मा भएका रचनात्मक, सृजनात्मक र हास्यपरक प्रस्तुति र इभेण्टहरुले तानिरहे। मैले दोस्रो दिन Reflection Session मा अन्य टिमले Sharing गर्दागर्दै एउटा instant sketch draw गरेको थिएँ (चित्रमा)। फर्किदाको बस-यात्रा नन-स्टप संगीतमय थियो - उस्तै जोश र रोमान्चकता बोकेको।
त्रिशुली नदिको रयाफ्टिंग: यात्रा भरिको उत्कृष्ट रोमान्चक अनुभूति। फील नगरी बयान गर्नै सकिन्न। एकातिर पृथ्वी राजमार्गको किनारा र अर्कोतिर ढुंगे पखेरा, गहिरो त्रिशुली नदिको धमिलो पानी, ६ बोट, ६-८ जनाप्रति र्याफ्टबोट, एउटा/एउटा गाईड, २५ किमिको यात्रा, ७-८ र्यापिडक्रस गर्दै करिव २.५ घण्टामा सकियो। धेरै सहयात्रीहरु डराएका थिए। ओहो !! …. ओहो!! … बाट शुरु र्याफ्टिंगको अन्त एकनासले आहा !!…. आहा !!….मा सकियो।