Wednesday, November 25, 2020

कर्णालीबारे भ्रम फैलाउने सरकारी प्रतिवेदन

https://sajhabisaunee.com/archives/15820  २२ पुष २०७६, मंगलवार १०:२५ मा प्रकाशित

कर्णाली प्रदेश सरकारको लगानीमा गरिएको एउटा अध्ययन प्रतिवेदन पढ्दै थिएँ, अविश्वसनीय केही वाक्यांशले मेरो ध्यान खिच्यो । यसमा मातृसत्तात्मक समाजको नमूना भन्दै उल्लेख गरिएको छ, ‘हुम्ला र डोल्पामा ४० प्रतिशत परिवारमा एउटै महिलासित सबै दाजुभाइको बिहे र दाम्पत्य हुने प्रथा प्रचलित छ । जाजरकोट, पुरैनीकी एउटी महिलाले सानका साथ दुईवटा पुरुष बिहे गरेकी छिन् ।’ अझ अचम्मको कुरा त के भने, यस्तो प्रथा जोगाउन पर्ने सल्लाह दिँदै लेखिएको छ, ‘यस्तो प्रागऐतिहासिक परम्परा बदल्न खोज्ने ‘सांस्कृतिक क्रान्ति’ हतोत्साहित गर्दै मानव समुदायका प्रागऐतिहासिक प्रथा आदर्श ढङ्गले जिउँदो संग्रहालयका रूपमा संरक्षण गर्न स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार लाग्नुपर्छ ।’

प्रतिवेदनको परिचय मै ‘पुराणमा दानवलोकमा पाइने भनेर वर्णन गरिएका चलन पनि कर्णाली प्रदेशमा पाइन्छ । पुराणहरूमा दैत्य, दानव र असुर भनिएका सबै मान्छे देउताकै दाजुभाइ त हुन् नि !’ भनेर पनि लेखिएको छ । गलत तथ्यांकसहित कर्णालीलाई तल पार्ने गरी लेखिएको यो प्रतिवेदन काठमाडौंका विज्ञ, अनुसन्धानकर्ता र प्रदेशकै योजना आयोगका सदस्य सामेल टोलीले तयार पारेको हो । ‘कर्णाली प्रदेशका जाति, भाषा र साँस्कृतिक अवस्था एक अध्ययन’ नामक प्रतिवेदन प्रदेश सरकारको वेबसाइटमै छ ।

बेतुकका वाक्यांश प्रयोग भएको प्रतिवेदन सुरूदेखि अन्तसम्म पढ्दा अनेक यस्ता दृष्टान्त र प्रसङ्ग छन् जसले प्रदेशको सामाजिक, सांस्कृतिक विशेषता उजागर गर्नेभन्दा केही अपवाद, अधकल्चा जनश्रुति र कतिपय अन्धविश्वासलाई बढाइचढाइँ गरिएको छ । ‘हुन्थ्यो रे, भन्थे रे’ जस्ता आधारहीन टिपोटले पाठकलाई भ्रमित बनाएको छ भने समाजको खिल्ली उडाएको छ । समाजको गौरव र प्रतिष्ठा जोडिएका विषयमा कुनै पनि सिद्धान्त, विधि र नियममा नबाँधिई गरिएका सतही अनुसन्धान र कमसल प्रतिवेदनले हानी पुग्छ । पहुँचवाला र चिरपरिचित अध्येताले जे लेख्यो, जे दियो, त्यही हुबहु स्वीकार गर्ने गलत अभ्यास बढ्दै गए कस्तो भविष्य बन्ला ? यस्ता प्रवृत्ति निरुत्साहित गर्न आलोचना र समीक्षा हुनु आवश्यक छ ।

संविधानले सबै तहका सरकारलाई आफ्नो कार्यक्षेत्र भित्रका वस्तुस्थिति र विशेषता अध्ययन÷अनुसन्धान गर्ने अधिकार दिएको छ । यस आधारमा सबै सरकारले आ–आफ्ना तरिकाले विविध क्षेत्रमा अनेक विषय अध्ययन गर्ने कार्यक्रम बनाएर बजेट छुट्याएका छन् । त्यस्ता अध्ययनका लागि चाहिने सीप र दक्षतायुक्त व्यक्ति र संस्थाबाट सेवा लिनु परिरहेको छ । तर यसरी सेवा प्रदान गर्ने परामर्शदाताहरूले दिने प्रतिवेदन कति गुणस्तरीय छन्, त्यसको कुनै लेखाजोखा छैन । केही साताअघि खोज पत्रकारिता केन्द्रले कर्णालीका केही स्थानीय सरकारका नक्कली ‘भिलेज प्रोफाइल’ बारे रिपोर्ट निकालेको थियो । भरपर्दो विधिबाट तथ्यांक संकलन, प्रशोधन र विश्लेषण गरी तयार गरिनुपर्ने ती प्रोफाइल अन्यत्रबाट हतपतमा नक्कल गरिएका थिए । जसकारण केही महत्वपूर्ण जानकारी अर्कै पालिकाको सँग हुबहु मिल्छ । यसबाट गलत सूचना प्रवाह भइरहेको छ ।

कर्णालीकै एउटा नगरपालिकाको आवधिक विकासको गुरुयोजना बनाउन जिम्मा लिएको कन्सल्टेन्सीले थुप्रै बाह्य सन्दर्भ सामग्री साभार गरेर अंग्रेजी भाषाको मोटो किताब बनाएको छ । तर त्यसमा स्थानीय अवस्था समेटेको योजना छैन । जनप्रतिनिधि र स्थानीयलाई त्यसबाट वस्तुस्थितिको आँकलन र योजना तर्जुमामा कुनै मद्दत हुँदैन । कर्णालीका स्थानीय र प्रदेश तहतिर कमसल र कामचलाउ काम भइरहेका यी केही प्रतिनिधि दृष्टान्त हुन् । गत वर्ष प्रायः सबै स्थानीय तथा प्रदेश सरकारले अनेक विषयमा प्रारम्भिक अध्ययन, खोज, अनुसन्धान गरेर राय सुझाव संकलन गर्न भनेर नीति तथा कार्यक्रम ल्याए । खासै अनुभव र क्षमता नभएका परामर्शदाता व्यक्ति तथा संस्थाले सम्पर्क र सम्बन्धका आधारमा कामको जिम्मेवारी दिँदाको परिणाम हो ‘कमसल रिपोर्ट’ ।

कतिपयले अनुभवी र नाम चलेका व्यक्ति र संस्था खोजेर अब्बल काम गर्छु भनी काठमाडौंका कन्सलटेन्सीमा काम दिए । त्यहाँ झन् देशभरका काम जिम्मा लिने खेलमा लागेकाहरूले अरुका काम वा अन्यत्रका लागि तयार पारेको कामको ‘कपी पेष्ट’ गरेर प्रतिवेदन तयार पारेका पाइन्छन् । कुनै स्तरीय मापदण्ड र निर्देशिका बिनै गरिने अध्ययन र अनुसन्धानका प्रतिवेदन आर्थिक हरहिसाब मिलाउने प्रयोजनका लागि देखाउने अभिलेख मात्र भएका छन् । यसले सम्बन्धित विषयमा न कुनै सूचना, जानकारी वा ज्ञान थपिएको छ, न स्पष्ट मार्ग्िनर्देश गरी सरकारका योजना तथ्यपरक नीति तथा योजना निर्माणमा मद्दत गरेको छ । यस्ता गतिविधि रोक्ने र सुधार्ने पहल नगर्ने हो भने वर्षेनी कमसल प्रतिवेदनको खेती मौलाउँदै जाने निश्चित छ ।

यो लेखको सुरूमै भने झैं केही दिनअघि मैले पढेको ‘कर्णाली प्रदेशका जाति, भाषा र सांस्कृतिक अवस्था एक अध्ययन’का बारे थप कुरा गरौं । अनेक प्रकारका ऐतिहासिक, सामाजिक, सांस्कृतिक विशेषता भएको कर्णाली प्रदेशमा सरकारले तिनीहरूको विशेष अध्ययन गरी दस्तावेज तयार पारेर संरक्षणको प्रहल गर्नु प्रशंसनीय हो । तर मन्त्रालयको वेबसाइटमा राखिएको सो अध्ययन प्रतिवेदन हेर्दा निकै कमसल देखिन्छ । काठमाडौंमा अवस्थित देशकै ‘अब्बल’ अध्येताहरू संलग्न नेपाल विकास अध्ययन प्रतिष्ठानका विज्ञ–अनुसन्धानकर्ता र प्रदेशकै योजना आयोगका सदस्य समेत संलग्न टोलीले सात महिना अध्ययन गरी प्रकाशित प्रतिवेदनबाट धेरै सूचना, ज्ञान र जानकारी अपेक्षा गरिएको यो प्रतिवेदनमा अनेक कमजोरी भेटिन्छन् । भाषाविद्, समाजविद् र संस्कृतिविद् रहेको अध्ययन टोलीबाट गुणस्तरीय अनुसन्धान अपेक्षा हुन्छ । तर यो प्रतिवेदनले निराश तुल्याउँछ ।

सामाजिक अध्ययनका न्यूनतम सिद्धान्त र मापदण्ड नपु¥याइएको यसमा कैयौं भाषिक त्रुटि छन् । कर्णालीको सामाजिक र सांस्कृतिक अध्ययनमा रूचि राख्नेलाई भ्रमित पार्ने गरी प्रतिवेदन बनेको छ । अझ यसमा उल्लेखित तथ्यले त जानाजान कर्णालीको कुप्रचार गरेझैं हुन्छ । प्रतिवेदनको औचित्यमा उल्लेख भएअनुसार ’कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले नेपाल विकास अध्ययन प्रतिष्ठानलाई प्रदेशको सामाजिक, भाषिक, सांस्कृतिक स्थिति, शक्ति, समृद्धि, सीमा र समस्याको स्थलगत अध्ययन गरेर समस्याको निराकरण गर्दै कसरी कर्णाली प्रदेशको न्यायपूर्ण सामाजिक, भाषिक र सांस्कृतिक छिटो र दिगो रूपमा गर्न सकिन्छ भन्ने सुझाव र कार्यान्वयनको दिशा पहिल्याउने जिम्मा दिएको थियो’ भनिएको छ । यो पूरा वाक्यांश टुक्राएर हेर्दा अध्ययनका ५ वटा उद्देश्य बनाइएको छ ।

सामान्यतयाः सबै अध्ययनले तोकिएका उद्देश्यका आधारमा सूचना संकलन गर्ने र नतिजा विश्लेषण गर्ने विधि तयार गरेका हुन्छन् । यसक्रममा आवश्यक मात्रामा सन्दर्भ सामग्रीको समीक्षा गरी भरपर्दा सन्दर्भको व्याख्या र विवेचना गरिन्छ । अध्ययनमा भेटिएका नतिजाको सत्यता, वैधता र विश्वसनीयता बढाउन विभिन्न कोणबाट जाँचिन्छ अर्थात् ‘ट्राइन्गुलेशन’ पनि गरिन्छ । अन्तमा अध्ययनका उद्देश्यसँग तलमेल हुनेगरी निश्कर्ष र सुझाव प्रस्तुत गरिन्छ । यस्ता प्रतिवेदन लक्षित पाठकले बुझ्ने गरी लेखिन्छन् । तर यो अध्ययन प्रतिवेदन त्यसरी लेखिएकै छैन । यो त केवल अध्ययनमा संलग्न व्यक्तिले केही पुराना किताबबाट टिपेका खेस्रा र फिल्ड नोटको असम्पादित टिपोटलाई हुबहु उतारिएको संकलन बनेको छ ।

भाषाविद्हरूको बाहुल्य रहेको अध्ययन टोलीले बनाएको प्रतिवेदनमा जताततै भाषिक त्रुटि भेटिन्छन् । व्याकरणीय संयोजनमा पनि अनेक गल्ती र कमजोरी छन् । विश्वविद्यालयका सह–प्रध्यापकले भाषिक सम्पादन गरेको भनिएको प्रतिवेदनमा यस्तो लापरवाही सरकारी संयन्त्रमा रहेका अधिकारीप्रतिको व्यंग्य हो । हामीले जे जसरी पेश गरे पनि कसैले हेर्दैन अनि कसैले प्रश्न गर्दैन भनेर हेलचेक्रयाइँ गरे झैं देखिन्छ । सामाजिक विकास मन्त्रीको शुभकामना पत्रमा लेखिएका वाक्यांश नै गलत र अपूरा छन् । सचिवले प्रकाशकीयमा लेखेको प्रतिवेदनको शीर्षक अध्ययन शीर्षकसँग पूर्ण मेल खाँदैन । यस पुस्तकमा उल्लिखत कुरा मन्त्रालयको आधिकारिक धारणा नभएको भनिए पनि अध्ययन गर्न जिम्मा दिने, प्रतिवेदन स्वीकार गर्ने र त्यसलाई पुस्तकका रूपमा छाप्न बजेट खर्च गर्ने निकायका अधिकारीले एकचोटी प्रतिवेदन केलाएको भए हुन्थ्यो ।

पुस्तकको परिचय खण्डबाट न अध्ययनको, न त प्रतिवेदनकै परिचय मिल्छ । सुरूवातमै अनौठा, अपुष्ट र अपरिपक्व प्रसङ्ग उल्लेख गरेर कर्णाली प्रदेशको परिचय लेख्ने प्रयास सतही र अमिल्दो लाग्छ । उदाहरणका लागि यहाँ एउटा वाक्य छ, ‘कर्णाली प्रदेशमा नारायण देवतालाई पनि बलि दिने चलन छ । मष्टाको पूजा र विश्वास हुन्छ । कर्णाली प्रदेशका कति देवीदेउताको नाम हिन्दूहरूले सुनेकै छैनन् ।’ कुनै सन्दर्भ बिनै यसरी परिचय दिनु मनगढन्ते तरिका हो । कुनै तथ्य र आधारविनै प्राचीन रेशममार्गलाई ‘अन्तर्राष्ट्रिय तीर्थमार्ग’ भन्दै उक्त मार्ग नेपालले चलाउन नसकेर हराएको भनी परिचयमा लेखिएको छ ।

यसैगरी कर्णालीका बादी र तिब्बती जातिले प्रागऐतिहासिक बहुपतिप्रथा जोगाएर राखेका छन् भनेर यो प्रथाको पक्ष लिए झैं गरी लेखिएको छ । किताबमा ‘प्रागितिहास’ शब्दको प्रयोग स्पष्ट छैन । यसबाट कुन कालखण्डअघिको समय जनाउँछ भन्ने भेउ पाँइदैन । धर्मका विषयमा लेखिएको अनुच्छेद पनि पूर्ण छैन । अध्येताहरूले तटस्थ रहेर तथ्यपरक रहनुपर्नेमा पूर्वाग्राही टिप्पणीसहितका निष्कर्ष राखिएको छ । समग्र प्रतिवेदन पढ्दा कतै पनि प्राज्ञिक, वैज्ञानिक वा विशेषज्ञापूर्ण संयोजन पाइँदैन । जताततै अमिल्दो र लापरवाहीपूर्ण लेखनी झल्किन्छ । विषयवस्तुको संगठन र संयोजनमा पटक्कै ध्यान दिइएको छैन । परिच्छेद, शीर्षक, उपशीर्षकहरू र सो अन्तर्गतका अनुच्छेद र बुँदा मिलाएर प्रस्तुत गर्ने प्रयास गरिएको छैन । हरेका अनुच्छेदभित्र त्यहाँ प्रयोग भएका वाक्यांशमा एकआपसको सामान्जस्य पाइँदैन । फलस्वरूपः प्रतिवेदनमा लेखिएका धेरैजसो प्रसङ्ग र दृष्टान्त असंगतिपूर्ण लाग्छन् ।

केही उदाहरण हेरौं ः

बादीहरूले सामाजिक, आर्थिक परिस्थितिका कारण अपनाउनु परेको पेसालाई पनि बहुपति ‘प्रथा’ भन्दै बादीहरूको परम्परागत संस्कृतिलाई सरकारले संरक्षण गरेर विश्वका मानवशास्त्री र समाजशास्त्रीहरूको अनुसन्धानको जीवन्त संग्रहालयको रूप दिनुपर्छ भनिएको छ । यस क्रममा महाभारतका अनेक उदाहरण ल्याएर पुष्ट्याउने गलत प्रयास भएको छ । पारिवारिक परिस्थिति मिलाउन घरज्वाइँ राख्ने चलन, कतै अवशेषमा रहेको मामाचेली, फुपूचेला बीच हुने बिहेवारी, सबैलाई मातृसत्तात्मक समाजको नमूना भनिएको छ ।

मष्टो मान्ने परम्परालाई निकै सतही व्याख्या गरिएको छ । मष्टोको प्रकार, नाम, वर्ग आदि कुनै पनि केलाउन सकेको छैन । बरू केही सूचनादाताले भनेका अपुष्ट कुरा उल्लेख गरेर भ्रमित बनाएको छ । तागाधारी र मतवाली क्षेत्रीहरूका बारे उल्लेख गरिएका प्रसंग प्रष्ट छैनन् । एकातिर कर्णाली प्रदेशका जनजातिबाहेक सबैलाई खस जाति भनिएको छ भने अर्कोतिर जनै नलगाउने क्षेत्रीहरू खस हुन् भन्ने मत उल्लेख छ । जातजातिबारे गरिएका सन्दर्भ उल्लेख र तिनको चर्चा पढ्दा लेखकलाई लोपोन्मुख जातिकाबारे बढी रूचि भएको देखिन्छ । तर यसो गर्दा बाहुल्य रहेको जातिका बारे विमर्श पूरै छुटाएको छन् । खस जातिलाई ठालु र बिटालुमा बाँडेर त्यसभित्र जाति र थरलाई गलत उल्लेख गरेका छन् । यसमा अध्ययताले यथेष्ट ज्ञान बिनै गलत तर्कलाई स्थान दिएको पाइन्छ । खस भाषामा अव्ययको लिङ्ग, वचन र आरार्थीको विचलन हुन्छ भनी पुष्ट्याउन प्रयोग गरिएका तीन उदाहरण नै गलत छन् ।

प्रदेशका खस भाषा बोलिने जिल्लामा जाजरकोट, सल्यान र रुकुम छुटाएर बझाङ, बैतडीतिरको चर्चा गरिएको छ । भाषाबारे सतही विश्लेषण गर्दै यता बोलिने भाषा वैदिककालको किराँत भाषा हो भनिएको छ । इतिहासकार योगी नरहरिनाथ र प्रोफेसर टूचीले कर्णालीको इतिहास फेला नपारुन्जेल नेपालीहरूले काठमाडौंको इतिहास मात्र पढ्थे भनेर लेख्ने यो प्रतिवेदनमा अर्कोतिर कर्णाली प्रदेशको सक्कली इतिहास अहिलेसम्म लेखिएकै छैन पनि भनेको छ । परस्पर विरोधाभाषपूर्ण विचार र तथ्य प्रायः सबै खण्डमा भेटिन्छन् ।

दलित क्रान्ति शीर्षकमा लेखिएका बुँदाले न त प्रदेशका दलितको अवस्था बताउँछ, न उनीहरूको योगदानको चर्चा गर्छ । बरू वेद, महाभारत, अन्यत्रका टुक्रे प्रसंग जोडेर उनीहरूको उत्थानका लागि सामाजिक परिवर्तन चाहिन्छ मात्र भन्छ । स्थानीय संस्कृतिको कुनै विस्तृत चर्चा छैन । संस्कृतिबारे कुरा गर्दा वृक्षारोपण, यार्सागुम्बा, सुन्तला र अदुवा खेतीको प्रसङ्ग छ । यस्तै खसहरूको इतिहास, प्रागइतिहासको चर्चा गरिएका खण्डमा निकै असंगति छन् । एउटै प्रसङ्ग बारम्बार दोहोरिरहँदा पढ्न पट्यार लाग्छ । कर्णालीबारे लेखिएका पुराना सन्दर्भ पुस्तकबाट टिपिएका भेटेजति प्रसङ्ग छरपष्ट राखिएका छन् । पुस्तकभरी सन्दर्भ सामग्री प्रयोगमा कुनै नियम अपनाइएको छैन भने सोको सन्दर्भसूचीसँग पनि तालमेल छैन । निश्कर्ष खण्डमा कुनै निचोड प्रस्तुत छैन । यसपछिको सुझाव, गन्तव्य र कार्यदिशा भन्ने खण्ड छ जहाँ ६४ वटा बुँदा र अनेक उपबुँदा तथा अनुच्छेद छन् । तर धेरैजसो अधुरा, अपूरा र अस्पष्ट छन् ।

सुझावहरू समस्या केन्द्रित समाधान दिने र कार्यान्वयनमुखी नभइ भावुकतामा लेखिएका जटिल अवधारणा जस्ता छन् । समस्याको गहिराई नबुझी दिइएका समाधानका उपाय पढ्दै अविश्वसनीय लाग्छन् । जस्तै, ‘खसहरूको बहुमत भएका क्षेत्रमा वेद र धर्मशास्त्रमा कतै नभएको छाउगोठ राख्ने चलन छ । संस्कृतका धुरन्धर पण्डित र ज्ञानी सन्त, महन्त र जोगीलाई खटाएर कर्णाली सरकारले लैंगिक समानता ल्याउन सक्ला’ भनी लेखिएको छ । वस्तुगत संस्कृतिको एउटा बुँदामा लेखिएको छ, ‘जनयुद्धताका माओवादीहरूले दुल्लु दरबार ध्वस्त गरिदिए भन्ने सूचना पाइयो । कुरो ठीक हो भने, नेपालमा विद्रोही राजनीति गर्नेहरूले ऐतिहासिक महŒवका वस्तुमा आफ्नो रिस पोख्नु हुँदैन भन्ने माउ च तुङ र लेनिनसित सिक्नुपर्छ । चीनले आज पनि राजा महाराजाका दरबारमा टिकट लगाएर आयआर्जन गरिरहेको छ ।’ यस्ता अपुष्ट तथ्य प्रयोग गरेर लेखिएका अपरिपक्व वाक्यांश यत्रतत्र छन् । रूचि र धैर्य भएका पाठकले थप कुरा आफैं पढून् ।

यो अध्ययनक्रममा संकलन गरिएका तथ्यांक र सूचना प्रयोग गरी अध्ययन नसकिँदै अध्ययन टोलीका नेताले विभिन्न पत्रिकामा लेखेका आलेखमा प्रयोग गरेका छन् । ती लेख परिशिष्टमा राखिएको छ । सामान्यतया अध्ययन सम्पन्न नभइ सो क्रममा संकलित सूचना कसैले पनि आफ्ना निजी लेखमा प्रयोग गर्नुहुँदैन । लेख र प्रतिवेदनमा दोहोरिएका सन्दर्भको स्रोत खुलाइएको पाइँदैन । आफ्नै प्राज्ञिक कार्य भए पनि सन्दर्भ उल्लेख गर्नु आवश्यक हुन्छ ।

कर्णालीका जनता र जनप्रतिनिधिले आफ्नो प्रदेशको विशेषता संकलित एक भरपर्दो स्रोत पुस्तिकाको रूपमा प्रयोग गर्न मिल्ने सम्भावना भएको अध्ययन प्रतिवेदन यस्ता असंख्य त्रुटि र लापरबाहीले गर्दा आफैंमा लाजमर्दो दस्तावेज बनेको छ । कर्णालीबारे रूचि राख्ने र अध्ययन गर्न चाहनेलाई यसले गलत सन्देश दिनेछ । यो प्रतिवेदन र माथि उल्लेख गरिएका ‘कपि पेष्ट’ गरी बनाइने प्रोफाइल र आवधिक योजना जस्ता कार्यबाट प्रदेशको सीमित श्रोतको दुरूपयोग मात्र भएको छैन, अनावश्यक सूचना र मनगढन्ते विचारलाई प्रश्रय दिएर प्रदेशवासीकै अहित गरेको छ । यस्ता कामको बेलैमा समीक्षा गरी भविष्यमा कमसल रिपोर्ट बन्ने प्रवृत्तिबाट बच्न निश्चित मापदण्डसहितका उपाय अपनाउनु आवश्यक छ ।

(जुम्ला घर भएका लेखक चौलागाईँ जनस्वास्थ्य सेवा प्रणालीको अनुगमन तथा मूल्यांकन विशेषज्ञको रुपमा सक्रिय छन् ।)

पुरानै शैलीले दिंदैन प्रतिफल - कर्णाली प्रदेशको बजेट

१४ जेष्ठ २०७७, बुधबार ०७:१९ मा प्रकाशित https://sajhabisaunee.com/archives/19098

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन चलिरहेको छ । सरकार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बनाउने चटारोमा छ । सोमवार सभामा प्रि–बजेट प्रस्तुत गरेको सरकारले चाँडै आफ्नो आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भने असार १ मा वार्षिक बजेट ल्याउनेछ । आगामी वर्षका लागि पनि झण्डै अहिलेको आकारकै वार्षिक बजेट ल्याउने सम्भावना छ ।

कोरोना भाइरस महामारीकाबीच आउन लागेको वार्षिक बजेटको आकार र प्राथमिकताबारे व्यापक बहस चलिरहेको छ । विश्वव्यापी महामारीको कारण एकाएक बदलिएको बाह्य तथा आन्तरिक परिवेशलाई मध्यनजर गर्दै संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मका सरकारहरूले स्वास्थ्य, कृषि, शिक्षा र स्थानीय रोजगारीका लागि लगानी बढाउनुपर्ने तर्कहरू आइरहेका छन् । तथापि संघीय सरकारको नीति तथा कार्यक्रमले वास्तविक आवश्यकतालाई सम्बोधन नगरी पुरानै शैलीमा आएको गुनासो व्याप्त छ । कर्णालीवासीलाई आफ्नो सरकारले कस्तो प्राथमिकतामा रहेर बजेट ल्याउलान् भन्ने प्रतिक्षा छ । यसबारे केही विश्लेषण गरौं ।
कोभीड–१९ महामारीले चौतर्फी असरले निम्त्याउने क्षति र प्रभावको आयतन अहिल्यै आँकलन र अनुमान गर्नु सम्भव छैन । प्रारम्भिक अनुमानहरूले आर्थिक वृद्धिदर लगातार घटिरहेको देखाएका छन् । सबैभन्दा सानो आकार भएको कर्णालीको जीडीपी एक खर्ब ६१ अर्बको मात्र छ । वार्षिक बजेटको आकार पनि तुलनात्मक रूपमा सबैभन्दा सानो छ । आन्तरिक राजस्वको योगदान पनि निकै थोरै अर्थात २५ करोडमात्र छ । यदि बुद्धिमत्तापूर्वक चलाउन सके सानो आकारको अर्थतन्त्रमा ठूलो वृद्धिदर प्राप्त गर्न सकिन्छ । यही मान्यताबाट प्रभावित भएर होला चालु आर्थिक वर्षमा सरकारले झण्डै १५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । तर सरकारले हालसम्म प्रदर्शन गरेका शैली र क्षमता हेर्दा त्यत्रो वृद्धिको आशा अतिशयोक्तिपूर्ण थियो भनी ठम्याउन सकिन्छ ।

सानो आकार र परम्परागत अर्थतन्त्र हुनुका केही फाइदा पनि हुन्छन् । यसले कम जोखिम र कम क्षति निम्त्याउँछ । अहिले कोभिडको कारण उद्योग, निर्माण, वित्त, यातायात, मनोरञ्जनजस्ता क्षेत्रमा हुने क्षतिले कर्णालीलाई तुलनात्मकरूपमा कम असर गर्नेछ अर्थात कर्णालीमा अर्थतन्त्रको संकूचन कम हुनेछ । यसलाई अवसरमा परिणत गर्न सके भविष्यमा चाहेको वृद्धि हासिल गर्न सकिने छ ।

एउटा उदाहरण हेरौंँ, अहिले कृषिमा आधारित ग्राहस्थ उत्पादनको हिस्सा एक तिहाई जति छ । तर कृषिक्षेत्रको वृद्धिदर भने पाँच प्रतिशत पनि छैन । जनतामा कृषिमा आधारित स्वावलम्बनतिर रुचि बढिरहेको तथा परदेशिएको जनशक्ति उपयुक्त सिजनमै घर फर्किरहेकोले यस क्षेत्रले व्यापक फड्को मार्ने अवसर छ र त्यसो भएमा आउने आर्थिक वर्षको अर्थतन्त्रमा कृषि क्षेत्रले डबल डिजिट वृद्धि हासिल गर्नसक्छ ।

यसो भन्दै गर्दा यो तथ्य पनि मनन् गर्नुपर्छ कि एकातिर समग्र खेतीयोग्य जमिनको झण्डै तीन चौथाई भू–भागमा खेती गरिसकिएको छ भने अर्कोतर्फ सिंचाइयोग्य जमिनको केवल एक तिहाई भू–भाग मात्र सिंचित भएको छ । बस्ती निर्माणमा ध्यान नदिंदा सिंचाइयोग्य जमिनहरू धमाधम मासिइरहेका छन् । यस्तोमा कानूनी सुधार गरी खेतीयोग्य जमिन मास्न, टुक्रयाउन र बाँझो राख्न नमिल्ने बनाउन सकिन्छ । अहिले काठमाडौंमा एक जना श्रमिकले गर्ने बराबरको काम गर्न कर्णालीमा चार जना जति लाग्छ । कर्णालीमा श्रम महँगो, जटिल, अनाकर्षक र झन्झटिलो भइरहेको छ । जमिनको उत्पादन क्षमता तथा श्रमिकको उत्पादकत्व बढाउने स–साना उपायहरू अपनाउन पर्छ ।

कर्णालीजस्तो न्यूनतम आधारभूत आवश्यकता उपलब्ध नभएको प्रदेशमा कोरोनाभन्दा पहिले र कोरोनापछिको परिदृश्य खासै फरक हुने छैन । उही गरिबी, उस्तै पछौटेपन र उस्ताउस्तै मानवीय आवश्यकताहरू कायम रहनेछन् । त्यसैले हाल जनताले चाहेका र सरकार प्रतिवद्धता गरिरहने नीति, योजना र कार्यक्रमहरू नै आवश्यक छन् । विगतमा सरकारले ल्याएका बजेटहरू हेर्दा धेरैजसो कार्यक्रमहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन् । जस्तै, गत आर्थिक वर्षको बजेटको मूल नारा नै ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार : यसका लागि पूर्वाधार’ थियो । जनतालाई खाना, नाना र छानाको प्रबन्ध गर्ने ध्येय उल्लेख गरिएको थियो गत वर्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा । गत वर्ष दुई सय बुँदामा लेखिएको नीति तथा कार्यक्रमलाई नियाल्ने हो भने जनताले चाहेका धेरै आकांक्षाहरू प्रतिबिम्बित भएका छन् । तर ती कार्यान्वयनमा आएनन् । सरकार र सांसद्हरूले बरु सजिलो तरिकाले बजेट बाँड्ने कुरामा अग्रसरता र सहमति बटुले । सत्ता र शक्तिको निकट हुनेहरूले आफ्नो मान्छेहरूलाई गुपचुप योजनाहरू बाँडेर खाइरहेका छन् भन्ने आरोपहरू लाग्यो । सरकारको खर्च गर्ने क्षमताले पनि देखायो कि परिवर्तन बोध हुने गरी बजेटको कार्यान्वयन भएको छैन ।

कर्णालीको नीति तथा कार्यक्रमको चर्चा गर्दा समग्र प्रदेशको अवस्थालाई एकै ढङ्गले हेरिनु हुन्न । सबै ७९ स्थानीय निकायहरू एकै प्रकारका छैनन् । उच्च हिमाली क्षेत्रका स्थानीय तहबाट अँझै चार दिन हिँडेर रकम निकासा गर्नुपर्ने अवस्था छ । बजेट रकम निकासालगायत हरेक कामको लागि पुरानो सदरमुकाम धाउन पर्ने बाध्यता तत्काल हटाउन आवश्यक छ ।

कर्णालीको मुहार फेर्न अत्यावश्यक र दीर्घकालीन महत्व राख्ने सडकको स्तर र पहुँच बढाउने, विद्युतको लाइन विस्तार गर्ने, सञ्चारको गुणस्तर र सुविधा बढाउने कार्यक्रमहरू झन् बढी आवश्यक रहेका छन् ।

प्रदेशको शिक्षा क्षेत्र सरकारको सबभन्दा ठूलो लगानी भएको तर अपेक्षित प्रतिफल दिन नसक्ने क्षेत्र हो । यसलाई पूरै सरकारी स्वामित्वमा चलाएरै गुणस्तरीय बनाउने चाहना कहिल्यै पूरा हुनसक्दैन । अब यसको पुनर्संरचना आवश्यक छ । सरकारी लगानी र निजी व्यवस्थापनको मोडल अपनाउन पर्ने हुनसक्छ ।

अहिले महामारीको कारण स्वास्थ्यको प्राथमिकताबारे सबैको चासो बढेको छ । तर स्वास्थ्य क्षेत्रको लगानी भनेको हरेक स्थानीय तहमा अस्पताल बनाउने र डाक्टर राख्ने चाहना मुखरित भएको छ । सामान्यता अस्पताल भनेको बिरामी भए पछि पुग्ने ठाउँ हो । कर्णालीजस्तो जटिल भू–भागमा अस्पताल कहाँ–कहाँ र कतिवटा बनाउने ? सबै स्थानीय तहमा अस्पताल बनाउँदा कर्णालीमा ९० वटा अस्पताल बन्छन् । यी अस्पताल चल्नलाई के ‘एक घर एक बिरामी’ हुने दिनको परिकल्पना गरेको ? जनस्वास्थ्य प्रवद्र्धन गर्ने अरु उपायहरू अवलम्बन गर्न आवश्यक छ । मध्यमस्तरीय जनशक्ति तयार पारी घरघरमा पुगेर विभिन्न सेवा दिने मोडलको विकास गरिनु आवश्यक छ । यसले सेवासहित रोजगारीको अवसर बढाउन्छ ।

सामान्यतया सरकारको बजेट उसले अवलम्बन गर्ने समग्र नीतिको कार्यान्वयन गरी तत्कालीन र दीर्घकालीन लक्ष्यहरू हासिल गर्न केन्द्रित हुन्छ । नेपालमा सोको मार्गदर्शन पन्ध्रौं योजनाको आधार–पत्रले प्रदान गर्छ, जसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनेक महत्वाकांक्षी लक्ष्यहरू तोकेको छ । यसैमा आधारित भइ कर्णाली प्रदेशले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को आधार–पत्र तयार गर्न सुरु गरेको थियो तर त्यसको अन्तिम स्वरूप आम जनताले हेर्न मिल्ने गरी अँझै सार्वजनिक भएको छैन । आधार–पत्रका लक्ष्य र रणनीतिहरू कर्णालीको वास्तविकता सुहाउँदो नभएको तथा लक्ष्यहरू प्राप्त गर्न असम्भव रहेका भनेर विज्ञहरूले आलोचना गरेका छन् । पहिले बनेका कतिपय रणनीतिहरूले अहिले विकसित कोभिड–१९ महामारी र त्यसपछिको अवस्थालाई सम्बोधन गर्न सक्दैनन् । तसर्थ, अहिले योजना तथा बजेट निर्माणको निम्ती सरकारको सैद्धान्तिक रूपरेखा प्रष्ट छैन ।

प्रदेशगत नीति बनाउँदा कर्णाली प्रदेशको योजना आयोगले वास्तविक अवस्थाको गहिरो विश्लेषण नगरी संघीय सरकारका नीति र लक्ष्यहरूलाई हुबहु प्रादेशीकरण गर्ने सजिलो बाटो अपनाउँदा आधार–पत्र अनुसारका रणनीतिहरू लागू गर्न अव्यावहारिक छ । यसले तय गरेका अधिकांश लक्ष्यहरू अत्यन्त महत्वाकांक्षी भएकोले तोकिएको समयसीमाभित्र हासिल गर्न सम्भव छैन । त्यसैले यसमा आधारित बजेट निर्माण प्रक्रिया भरपर्दो हुने छैन । त्यसमाथि अहिले कोभिड–१९ को कारण ती प्राथमिकता, रणनीति र लक्ष्यहरूमा पुनर्परिभाषित गरिनुपर्ने अवस्था आएको छ ।

सुरुवातदेखि नै कर्णाली सरकारको बजेट कार्यान्वयन क्षमतामा प्रश्न उठिरहेको छ । गत वर्षसम्म केन्द्र सरकार र साविकका स्थानीय निकायको तुलनामा प्रदेश सरकारको कानूनी, संस्थागत र कार्यगत बन्दोवस्तीको सर्वथा अभाव रहेकाले आफ्नो क्रियाकलापहरू अगाडि बढाउन नसकेको भनिरहेको थियो । यो केही हदसम्म सही थियो । संरचनागत अन्यौल, कानूनी अस्पष्टता, यथासमयमा योजना कार्यक्रम, सङ्गठन संरचना हस्तान्तरण रकर्मचारी समायोजन समेत नभएकोले पूर्ण क्षमतामा काम गर्न असहज नै थियो । तर गत वर्ष सदनमा बजेट पेश गर्दै मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारका आफ्नै संरचना र कर्मचारी भएपछि बजेट कार्यान्वयन पनि प्रभावकारी हुने भनेका थिए ।

यद्यपि यथार्थमा त्यस्तो भएन । सुरुको वर्ष तीन महिनाको निम्ती आएको एक अर्ब बढीको बजेटमा केवल ६ प्रतिशतमात्र खर्च भयो । गत वर्ष प्रदेश सरकारको पहिलो पूर्ण बजेट २३ अर्बको थियो जसको एक चौथाई पनि खर्च हुन सकेन । विकास बजेट त झन् एक दशांश पनि खर्च हुन सकेन । चालु आर्थिक वर्षको हालसम्मको बजेट खर्च दर पनि अत्यन्त न्यून १४ प्रतिशत मात्र छ । समग्र देशमै अन्तिम चौमासिकमा सबैभन्दा बढी खर्च गर्ने प्रवृति भए तापनि यस वर्ष रकमान्तर गरी अन्यत्रै खर्च गरिने केही रकम बाहेक कर्णालीमा फेरि पनि विकास खर्च अत्यन्त निराशाजनक हुने निश्चित छ । यसरी बजेट कार्यान्वयनमा कर्णालीको निरन्तर कमजोर र फितलो प्रदर्शन हेर्दा नेतृत्व र संयन्त्रको इमान्दारिता, दृढनिश्चय र क्षमता मै प्रश्नचिन्ह उब्जिएको छ ।

महामारी र त्यसबाट निम्तिने विशाल प्रतिकूलताका बीच यही पुरानै परिपाटीमा चल्ने संयन्त्रबाट आगामी आर्थिक वर्षमा अपेक्षित सुधारको अपेक्षा गर्न सकिंदैन । उही शैलीको काम गराइबाट फरक प्रतिफल अवश्य आउँदैन । त्यसैले सरकारले आगामी दिनमा आफूले फरक ढङ्गले काम गर्न सक्छ भन्ने विश्वास दिलाउने चुनौती थपिएको छ । त्यसको लागि स्थानीय सरकारहरूसँगको निरन्तर र प्रभावकारी समन्वय, प्रदेश सरकारको आन्तरिक शासकीय सुधार, नेतृत्वको दैनिकीमा मितव्ययिता कायम गर्नु अपरिहार्य छ । सरकारले गरेका इमान्दार प्रयासहरूबारे जनतालाई सुसूचित गर्न आ–आफ्ना गुठ र स्वार्थ समूहको प्रयोग नगरी सुव्यवस्थित सूचना प्रवाह गरिनुपर्छ ।

प्रदेश सरकारले परिपक्व निर्णय लिने अभ्यास बनाउनु पर्नेछ । यसअघिका कतिपय निर्णयहरू सुझबुझपूर्ण नरहेका आरोप लाग्ने गरेको छ । यसको मूलकारण सरकारले आफ्ना निर्णयहरू प्रभावकारी तरिकाले लागू गर्न र निरन्तरता दिन नसकेकोले हो । यसमा सुधार आवश्यक छ ।

यसपालिको बजेट निर्माणको चरणमा प्रदेशभरिका स्थानीय तहहरूलाई भर्चुअल माध्यमबाट सुझाव सङ्कलन गर्ने प्रयास, मुख्यमन्त्रीले आफ्ना सुरक्षामा आवश्यक नपर्ने सुरक्षाकर्मीहरू फिर्ता गर्ने निर्णयजस्ता केही व्यवहारलाई बढाउन सके भविष्यमा गर्न सकिने परिवर्तनको छनक मिल्नेछ ।

(लेखक जुम्लाको तातोपानी गाउँपालिका–५ का बासिन्दा हुन् ।)
https://sajhabisaunee.com/archives/19098

सरकारी प्रतिवेदन नै भ्रम फैलाउँदैछ कर्णालीबारे

काठमाडौं, पुस २०

कर्णाली प्रदेश सरकारको लगानीमा गरिएको एउटा अध्ययन प्रतिवेदन पढ्दै थिएँ, अविश्वसनीय केही वाक्यांशले मेरो ध्यान खिच्यो।

यसमा मातृसत्तात्मक समाजको नमूना भन्दै उल्लेख गरिएको छ- 'हुम्ला र डोल्पामा ४० प्रतिशत परिवारमा एउटै महिलासित सबै दाजुभाइको बिहे र दाम्पत्य हुने प्रथा प्रचलित छ। जाजरकोट, पुरैनीकी एउटी महिलाले शानका साथ दुइटा पुरुष बिहे गरेकी छिन्।'

अझ अचम्म, यस्तो प्रथा जोगाउन पर्ने सल्लाह दिँदै लेखिएको छ, 'यस्तो प्रागऐतिहासिक परम्परा बदल्न खोज्ने 'सांस्कृतिक क्रान्ति' हतोत्साहित गर्दै मानव समुदायका प्रागऐतिहासिक प्रथा आदर्श ढंगले जिउँदो संग्रहालयका रूपमा संरक्षण गर्न स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार लाग्नुपर्छ।'

प्रतिवेदनको परिचय मै 'पुराणमा दानवलोकमा पाइने भनेर वर्णन गरिएका चलन पनि कर्णाली प्रदेशमा पाइन्छ। पुराणहरूमा दैत्य, दानव र असुर भनिएका सबै मान्छे देउताकै दाजुभाइ त हुन् नि!' भनेर पनि लेखिएको छ।

गलत तथ्यांकसहित कर्णालीलाई तल पार्ने गरी लेखिएको यो प्रतिवेदन काठमाडौंका विज्ञ-अनुसन्धानकर्ता र प्रदेशकै योजना आयोगका सदस्य सामेल टोलीले तयार पारेको हो।

'कर्णाली प्रदेशका जाति, भाषा र साँस्कृतिक अवस्था एक अध्ययन' नामक प्रतिवेदन प्रदेश सरकारको वेबसाइटमै छ।

प्रतिवेदन हेर्न तलको फोटो वा यहाँ क्लिक गर्नुस्ः Report link

बेतुकका वाक्यांश प्रयोग भएको प्रतिवेदन सुरूदेखि अन्तसम्म पढ्दा अनेक यस्ता दृष्टान्त र प्रसंग छन् जसले प्रदेशको सामाजिक, सांस्कृतिक विशेषता उजागर गर्नेभन्दा केही अपवाद, अधकल्चा जनश्रुति र कतिपय अन्धविश्वासलाई बढाइचढाइँ गरिएको छ।

'हुन्थ्यो रे, भन्थे रे' जस्ता आधारहीन टिपोटले पाठकलाई भ्रमित बनाएको छ भने समाजको खिल्ली उडाएको छ।

समाजको गौरव र प्रतिष्ठा जोडिएका विषयमा कुनै पनि सिद्धान्त, विधि र नियममा नबाँधिई गरिएका सतही अनुसन्धान र कमसल प्रतिवेदनले हानी पुग्छ। पहुँचवाला र चिरपरिचित अध्येताले जे लेख्यो, जे दियो, त्यही हुबहु स्वीकार गर्ने गलत अभ्यास बढ्दै गए कस्तो भविष्य बन्ला?

यस्ता प्रवृत्ति निरुत्साहित गर्न आलोचना र समीक्षा हुनु आवश्यक छ। यो लेखमा यही प्रयास गरिएको छ।

संविधानले सबै तहका सरकारलाई आफ्नो कार्यक्षेत्र भित्रका वस्तुस्थिति र विशेषता अध्ययन-अनुसन्धान गर्ने अधिकार दिएको छ। यस आधारमा सबै सरकारले आ-आफ्ना तरिकाले विविध क्षेत्रमा अनेक विषय अध्ययन गर्ने कार्यक्रम बनाएर बजेट छुट्याएका छन्।

त्यस्ता अध्ययनका लागि चाहिने सीप र दक्षतायुक्त व्यक्ति र संस्थाबाट सेवा लिनु परिरहेको छ। तर यसरी सेवा प्रदान गर्ने परामर्शदाताहरूले दिने प्रतिवेदन कति गुणस्तरीय छन्, त्यसको कुनै लेखाजोखा छैन।

केही साताअघि खोज पत्रकारिता केन्द्रले कर्णालीका केही स्थानीय सरकारका नक्कली भिलेज प्रोफाइल बारे रिपोर्ट निकालेको थियो। भरपर्दो विधिबाट तथ्यांक संकलन, प्रशोधन र विश्लेषण गरी तयार गरिनुपर्ने ती प्रोफाइल अन्यत्रबाट हतपतमा नक्कल गरिएका थिए। जसकारण केही महत्वपूर्ण जानकारी अर्कै पालिकाको सँग हुबहु मिल्छ। यसबाट गलत सूचना प्रवाह भइरहेको छ।

कर्णालीकै एउटा नगरपालिकाको आवधिक विकासको गुरुयोजना बनाउन जिम्मा लिएको कन्सल्टेन्सीले थुप्रै बाह्य सन्दर्भ सामग्री साभार गरेर अंग्रेजी भाषाको मोटो किताब बनाएको छ। तर त्यसमा स्थानीय अवस्था समेटेको योजना छैन। जनप्रतिनिधि र स्थानीयलाई त्यसबाट वस्तुस्थितिको आकलन र योजना तर्जुमामा कुनै मद्दत हुँदैन।

कर्णालीका स्थानीय र प्रदेश तहतिर कमसल र कामचलाउ काम भइरहेका यी केही प्रतिनिधि दृष्टान्त हुन्।

गत वर्ष प्रायः सबै स्थानीय तथा प्रदेश सरकारले अनेक विषयमा प्रारम्भिक अध्ययन, खोज, अनुसन्धान गरेर राय सुझाव संकलन गर्न भनेर नीति तथा कार्यक्रम ल्याए। खासै अनुभव र क्षमता नभएका परामर्शदाता व्यक्ति तथा संस्थाले सम्पर्क र सम्बन्धका आधारमा कामको जिम्मेवारी दिँदाको परिणाम हो 'कमसल रिपोर्ट'।

कतिपयले अनुभवी र नाम चलेका व्यक्ति र संस्था खोजेर अब्बल काम गर्छु भनी काठमाडौंका कन्सलटेन्सीमा काम दिए। त्यहाँ झन् देशभरका काम जिम्मा लिने खेलमा लागेकाहरूले अरुका काम वा अन्यत्रका लागि तयार पारेको कामको 'कपी पेष्ट' गरेर प्रतिवेदन तयार पारेका पाइन्छन्।

कुनै स्तरीय मापदण्ड र निर्देशिका बिनै गरिने अध्ययन र अनुसन्धानका प्रतिवेदन आर्थिक हरहिसाब मिलाउने प्रयोजनका लागि देखाउने अभिलेख मात्र भएका छन्। यसले सम्बन्धित विषयमा न कुनै सूचना, जानकारी वा ज्ञान थपिएको छ, न स्पष्ट मार्गनिर्देश गरी सरकारका योजना तथ्यपरक नीति तथा योजना निर्माणमा मद्दत गरेको छ।

यस्ता गतिविधि रोक्ने र सुधार्ने पहल नगर्ने हो भने बर्सेनि कमसल प्रतिवेदनको खेती मौलाउँदै जाने निश्चित छ।

आफू कर्णालीवासी भएकाले मलाई कर्णालीका विषयमा लेखिएका विषयवस्तुले चाँडै आकर्षित गर्छ। यो लेखको सुरूमै भने झैं केही दिनअघि मैले पढेको 'कर्णाली प्रदेशका जाति, भाषा र सांस्कृतिक अवस्था एक अध्ययन' का बारे थप कुरा गरौं।

अनेक प्रकारका ऐतिहासिक, समाजिक, सांस्कृतिक विशेषता भएको कर्णाली प्रदेशमा सरकारले तिनीहरूको विशेष अध्ययन गरी दस्तावेज तयार पारेर संरक्षणको प्रहल गर्नु प्रशंसनीय हो। तर मन्त्रालयको वेबसाइटमा राखिएको सो अध्ययन प्रतिवेदन हेर्दा निकै कमसल देखिन्छ।

काठमाडौंमा अवस्थित देशकै 'अब्बल' अध्येताहरू संलग्न नेपाल विकास अध्ययन प्रतिष्ठानका विज्ञ-अनुसन्धानकर्ता र प्रदेशकै योजना आयोगका सदस्य समेत संलग्न टोलीले सात महिना अध्ययन गरी प्रकाशित प्रतिवेदनबाट धेरै सूचना, ज्ञान र जानकारी अपेक्षा गरिएको यो प्रतिवेदनमा अनेक कमजोरी भेटिन्छन्।

भाषाविद्, समाजविद् र संस्कृतिविद् रहेको अध्ययन टोलीबाट गुणस्तरीय अनुसन्धान अपेक्षा हुन्छ। तर यो प्रतिवेदनले पाठकलाई धेरै निराश तुल्याउन्छ।

सामाजिक अध्ययनका न्यूनतम सिद्धान्त र मापदण्ड नपुर्‍याइएको यसमा कयौं भाषिक त्रुटि छन्। कर्णालीको सामाजिक र सांस्कृतिक अध्ययनमा रूचि राख्नेलाई भ्रमित पार्ने गरी प्रतिवेदन बनेको छ। अझ यसमा उल्लेखित तथ्यले त जानाजान कर्णालीको कुप्रचार गरेझैं हुन्छ।

प्रतिवेदनको औचित्यमा उल्लेख भएअनुसार 'कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले नेपाल विकास अध्ययन प्रतिष्ठानलाई प्रदेशको सामाजिक, भाषिक, सांस्कृतिक स्थिति, शक्ति, समृद्धि, सीमा र समस्याको स्थलगत अध्ययन गरेर समस्याको निराकरण गर्दै कसरी कर्णाली प्रदेशको न्यायपूर्ण सामाजिक, भाषिक र सांस्कृतिक छिटो र दिगो रूपमा गर्न सकिन्छ भन्ने सुझाव र कार्यान्वयनको दिशा पहिल्याउने जिम्मा दिएको थियो' भनिएको छ।

यो पूरा वाक्यांश टुक्राएर हेर्दा अध्ययनका ५ वटा उद्देश्य बनाइएको छ।

सामान्यतयाः सबै अध्ययनले तोकिएका उद्देश्यका आधारमा सूचना संकलन गर्ने र नतिजा विश्लेषण गर्ने विधि तयार गरेका हुन्छन्। यसक्रममा आवश्यक मात्रामा सन्दर्भ सामग्रीको समीक्षा गरी भरपर्दा सन्दर्भको व्याख्या र विवेचना गरिन्छ।

अध्ययनमा भेटिएका नतिजाको सत्यता, वैधता र विश्वसनीयता बढाउन विभिन्न कोणबाट जाँचिन्छ अर्थात् 'ट्राइन्गुलेशन' पनि गरिन्छ।

अन्तमा अध्ययनका उद्देश्यसँग तलमेल हुनेगरी निष्कर्ष र सुझाव प्रस्तुत गरिन्छ।

यस्ता प्रतिवेदन लक्षित पाठकले बुझ्ने गरी लेखिन्छन्।

तर यो अध्ययन प्रतिवेदन त्यसरी लेखिएकै छैन। यो त केवल अध्ययनमा संलग्न व्यक्तिले केही पुराना किताबबाट टिपेका खेस्रा र फिल्ड नोटको असम्पादित टिपोटलाई हुबहु उतारिएको संकलन बनेको छ।

भाषाविद्हरूको बाहुल्य रहेको अध्ययन टोलीले बनाएको प्रतिवेदनमा जताततै भाषिक त्रुटि भेटिन्छन्। व्याकरणीय संयोजनमा पनि अनेक गल्ती र कमजोरी छन्। विश्वविद्यालयका सहप्रध्यापकले भाषिक सम्पादन गरेको भनिएको प्रतिवेदनमा यस्तो लापरवाही सरकारी संयन्त्रमा रहेका अधिकारीप्रतिको व्यंग्य हो।

हामीले जे जसरी पेश गरे पनि कसैले हेर्दैन अनि कसैले प्रश्न गर्दैन भनेर हेलचेक्रयाइँ गरे झैं देखिन्छ।

समाजिक विकास मन्त्रीको शुभकामना पत्रमा लेखिएका वाक्यांश नै गलत र अपूरा छन्। सचिवले प्रकाशकीयमा लेखेको प्रतिवेदनको शीर्षक अध्ययन शीर्षकसँग पूर्ण मेल खाँदैन। यस पुस्तकमा उल्लिखत कुरा मन्त्रालयको आधिकारिक धारणा नभएको भनिए पनि अध्ययन गर्न जिम्मा दिने, प्रतिवेदन स्वीकार गर्ने र त्यसलाई पुस्तकका रूपमा छाप्न बजेट खर्च गर्ने निकायका अधिकारीले एकचोटी प्रतिवेदन केलाएका भए हुन्थ्यो।

पुस्तकको परिचय खण्डबाट न अध्ययनको, न त प्रतिवेदनकै परिचय मिल्छ। सुरूआतमै अनौठा, अपुष्ट र अपरिपक्व प्रसंग उल्लेख गरेर कर्णाली प्रदेशको परिचय लेख्ने प्रयास सतही र अमिल्दो लाग्छ।

उदाहरणका लागि यहाँ एउटा वाक्य छ, 'कर्णाली प्रदेशमा नारायण देवतालाई पनि बलि दिने चलन छ। मष्टाको पूजा र विश्वास हुन्छ। कर्णाली प्रदेशका कति देवीदेउताको नाम हिन्दूहरूले सुनेकै छैनन्।'

कुनै सन्दर्भ बिनै यसरी परिचय दिनु मनगढन्ते तरिका हो।

कुनै तथ्य र आधार बिनै प्राचीन रेशममार्गलाई 'अन्तर्राष्ट्रिय तीर्थमार्ग' भन्दै उक्त मार्ग नेपालले चलाउन नसकेर हराएको भनी परिचयमा लेखिएको छ।

यसैगरी कर्णालीका बादी र तिब्बती जातिले प्रागऐतिहासिक बहुपतिप्रथा जोगाएर राखेका छन् भनेर यो प्रथाको पक्ष लिए झैं गरी लेखिएको छ।

किताबमा 'प्रागितिहास' शब्दको प्रयोग स्पष्ट छैन। यसबाट कुन कालखण्डअघिको समय जनाउँछ भन्ने भेउ पाँइदैन।

धर्मका विषयमा लेखिएको अनुच्छेद पनि पूर्ण छैन। अध्येताहरूले तटस्थ रहेर तथ्यपरक रहनुपर्नेमा पूर्वाग्राही टिप्पणी सहितका निष्कर्ष राखिएको छ।

समग्र प्रतिवेदन पढ्दा कतै पनि प्राज्ञिक, वैज्ञानिक वा विशेषज्ञापूर्ण संयोजन पाइँदैन। जताततै अमिल्दो र लापरवाहीपूर्ण लेखनी झल्किन्छ।

विषयवस्तुको संगठन र संयोजनमा पटक्कै ध्यान दिइएको छैन। परिच्छेद, शीर्षक, उपशीर्षकहरू र सो अन्तर्गतका अनुच्छेद र बुँदा मिलाएर प्रस्तुत गर्ने प्रयास गरिएको छैन। हरेका अनुच्छेदभित्र त्यहाँ प्रयोग भएका वाक्यांशमा एकआपसको सामान्जस्य पाइँदैन। फलस्वरूप प्रतिवेदनमा लेखिएका धेरैजसो प्रसंग र दृष्टान्त असंगतिपूर्ण लाग्छन्।

केही उदाहरण हेरौं।

बादीहरूले सामाजिक-आर्थिक परिस्थितिका कारण अपनाउनु परेको पेसालाई पनि बहुपति 'प्रथा' भन्दै बादीहरूको परम्परागत संस्कृतिलाई सरकारले संरक्षण गरेर विश्वका मानवशास्त्री र समाजशास्त्रीहरूको अनुसन्धानको जीवन्त संग्रहालयको रूप दिनुपर्छ भनिएको छ। यसक्रममा महाभारतका अनेक उदाहरण ल्याएर पुष्ट्याउने गलत प्रयास भएको छ।

पारिवारिक परिस्थिति मिलाउन घरज्वाइँ राख्ने चलन, कतै अवशेषमा रहेको मामाचेली, फुपूचेला बीच हुने बिहेवारी, सबैलाई मातृसत्तात्मक समाजको नमूना भनिएको छ।

मष्टो मान्ने परम्परालाई निकै सतही व्याख्या गरिएको छ। मष्टोको प्रकार, नाम, वर्ग आदि कुनै पनि केलाउन सकेको छैन। बरू केही सूचनादाताले भनेका अपुष्ट कुरा उल्लेख गरेर भ्रमित बनाएको छ।

तागाधारी र मतवाली क्षेत्रीहरूका बारे उल्लेख गरिएका प्रसंग प्रष्ट छैनन्। एकातिर कर्णाली प्रदेशका जनजातिबाहेक सबैलाई खस जाति भनिएको छ भने अर्कोतिर जनै नलगाउने क्षेत्रीहरू खस हुन् भन्ने मत उल्लेख छ।

जातजातिबारे गरिएका सन्दर्भ उल्लेख र तिनको चर्चा पढ्दा लेखकलाई लोपोन्मुख जातिका बारे बढी रूचि भएको देखिन्छ। तर यसो गर्दा बाहुल्य रहेको जातिका बारे विमर्श पूरै छुटाएको छन्। खस जातिलाई ठालु र बिटालुमा बाँडेर त्यसभित्र जाति र थरलाई गलत उल्लेख गरेका छन्। यसमा अध्ययताले यथेष्ट ज्ञान बिनै गलत तर्कलाई स्थान दिएको पाइन्छ।

खस भाषामा अव्ययको लिंग, वचन र आरार्थीको विचलन हुन्छ भनी पुष्ट्याउन प्रयोग गरिएका तीन उदाहरण नै गलत छन्।

प्रदेशका खस भाषा बोलिने जिल्लामा जाजरकोट, सल्यान र रुकुम छुटाएर बझाङ, बैतडीतिरको चर्चा गरिएको छ। भाषाबारे सतही विश्लेषण गर्दै यता बोलिने भाषा वैदिककालको किराँत भाषा हो भनिएको छ।

इतिहासकार योगी नरहरिनाथ र प्रोफेसर टूचीले कर्णालीको इतिहास फेला नपारुन्जेल नेपालीहरूले काठमाडौंको इतिहास मात्र पढ्थे भनेर लेख्ने यो प्रतिवेदनमा अर्कोतिर कर्णाली प्रदेशको सक्कली इतिहास अहिलेसम्म लेखिएकै छैन पनि भनेको छ। परस्पर विरोधाभाषपूर्ण विचार र तथ्य प्रायः सबै खण्डमा भेटिन्छन्।

दलित क्रान्ति शिर्षकमा लेखिएका बुँदाले न त प्रदेशका दलितको अवस्था बताउँछ, न उनीहरूको योगदानको चर्चा गर्छ। बरू वेद, महाभारत, अन्यत्रका टुक्रे प्रसंग जोडेर उनीहरूको उत्थानका लागि सामाजिक परिवर्तन चाहिन्छ मात्र भन्छ।

स्थानीय संस्कृतिको कुनै विस्तृत चर्चा छैन। संस्कृति बारे कुरा गर्दा वृक्षारोपण, यार्सागुम्बा, सुन्तला र अदुवा खेतीको प्रसंग छ।

यस्तै खसहरूको इतिहास, प्राग-इतिहासको चर्चा गरिएका खण्डमा निकै असंगति छन्। एउटै प्रसंग बारम्बार दोहोरिरहँदा पढ्न पट्यार लाग्छ।

कर्णालीबारे लेखिएका पुराना सन्दर्भ पुस्तकबाट टिपिएका भेटेजति प्रसंग छरपष्ट राखिएका छन्। पुस्तकभरी सन्दर्भ सामग्री प्रयोगमा कुनै नियम अपनाइएको छैन भने सोको सन्दर्भसूची सँग पनि तालमेल छैन।

यद्यपी, सन्दर्भसूची भने थप रूचि राख्ने पाठकलाई लाभदायक हुनसक्छ।

निष्कर्ष खण्डमा कुनै निचोड प्रस्तुत छैन। यसपछिको सुझाव, गन्तव्य र कार्यदिशा भन्ने खण्ड छ जहाँ ६४ वटा बुँदा र अनेक उपबुँदा तथा अनुच्छेद छन्। तर धेरैजसो अधुरा, अपूरा र अस्पष्ट छन्।

सुझावहरू समस्या केन्द्रित समाधान दिने र कार्यान्वयनमूखी नभई भावुकतामा लेखिएका जटिल अवधारणा जस्ता छन्। समस्याको गहिराई नबुझी दिइएका समाधानका उपाय पढ्दै अविश्वसनीय लाग्छन्।

जस्तै, 'खसहरूको बहुमत भएका क्षेत्रमा वेद र धर्मशास्त्रमा कतै नभएको छाउगोठ राख्ने चलन छ। संस्कृतका धुरन्धर पण्डित र ज्ञानी सन्त, महन्त र जोगीलाई खटाएर कर्णाली सरकारले लैंगिक समानता ल्याउन सक्ला' भनी लेखिएको छ।

वस्तुगत संस्कृतिको एउटा बुँदामा लेखिएको छ, 'जनयुद्धताका माओवादीहरूले दुल्लु दरबार ध्वस्त गरिदिए भन्ने सूचना पाइयो। कुरो ठीक हो भने, नेपालमा विद्रोही राजनीति गर्नेहरूले ऐतिहासिक महत्वका वस्तुमा आफ्नो रिस पोख्नु हुँदैन भन्ने माउ च तुङ र लेनिनसित सिक्नुपर्छ। चीनले आज पनि राजा महाराजाका दरबारमा टिकट लगाएर आयआर्जन गरिरहेको छ।'

यस्ता अपुष्ट तथ्य प्रयोग गरेर लेखिएका अपरिपक्व वाक्यांश यत्रतत्र छन्।

रूचि र धैर्य भएका पाठकले थप कुरा आफैं पढून्।

यो अध्ययनक्रममा संकलन गरिएका तथ्यांक र सूचना प्रयोग गरी अध्ययन नसकिँदै अध्ययन टोलीका नेताले विभिन्न पत्रिकामा लेखेका आलेखमा प्रयोग गरेका छन्। ती लेख परिशिष्टमा राखिएको छ। सामान्यतया अध्ययन सम्पन्न नभइ सो क्रममा संकलित सूचना कसैले पनि आफ्ना निजी लेखमा प्रयोग गर्नुहुँदैन।

लेख र प्रतिवेदनमा दोहोरिएका सन्दर्भको स्रोत खुलाइएको पाइँदैन। आफ्नै प्राज्ञिक कार्य भए पनि सन्दर्भ उल्लेख गर्नु आवश्यक हुन्छ।

कर्णालीका जनता र जनप्रतिनिधिले आफ्नो प्रदेशको विशेषता संकलित एक भरपर्दो स्रोत पुस्तिकाको रूपमा प्रयोग गर्न मिल्ने सम्भावना भएको अध्ययन प्रतिवेदन यस्ता असंख्य त्रुटि र लापरबाहीले गर्दा आफैंमा लाजमर्दो दस्तावेज बनेको छ।

कर्णालीबारे रूचि राख्ने र अध्ययन गर्न चाहनेलाई यसले गलत सन्देश दिनेछ।

यो प्रतिवेदन र माथि उल्लेख गरिएका 'कपि पेष्ट' गरी बनाइने प्रोफाइल र आवधिक योजना जस्ता कार्यबाट प्रदेशको सीमित श्रोतको दुरूपयोग मात्र भएको छैन, अनावश्यक सूचना र मनगढन्ते विचारलाई प्रश्रय दिएर प्रदेशवासीकै अहित गरेको छ।

यस्ता कामको बेलैमा समीक्षा गरी भविष्यमा कमसल रिपोर्ट बन्ने प्रवृतिबाट बच्न निश्चित मापदण्डसहितका उपाय अपनाउनु आवश्यक छ।

(लेखक चौंलागाई कर्णाली प्रदेश, जुम्ला जिल्ला, तातोपानी गाउँपालिका, लाम्रा गाउँका बासिन्दा हुन्।)


प्रकाशित मिति: आईतबार, पुस २०, २०७६, १४:४८:००
https://www.setopati.com/opinion/196930

कोरोनामुक्त घोषणा गर्न किन यस्तो हतार?

 काठमाडौं, फागुन ७





नेपालमा अहिलेसम्म कोरोना भाइरसका ३५ जना शंकास्पद बिरामी परीक्षण भएकामा एक जनामा संक्रमण भेटिएको थियो। ती पनि निको भइसकेकोले हाल नेपालमा ‘कोभिड-१९’ बिरामी छैनन् भन्न सकिन्छ।

यति हुँदाहुँदै नेपाल कोरोना भाइरसमुक्त छ भनी घोषणा गर्नु अवैज्ञानिक र अव्यवहारिक हुनेछ।

केही कारण हेरौं।

कोरोना भाइरस नेपालमा उब्जिएको होइन, चीनबाट आएको हो। त्यहाँका जनता यसबाट मुक्त हुने प्रयासमा छन्। कोरोनामुक्त नभई उनीहरू हिँडडुलसम्म गर्न पाउँदैनन्। उनीहरूकै अगाडि हामीले नेपाल त कोरोनामुक्त छ, घुम्न जाऔं भन्नु कति जायज होला?

कोरोनाको महामारी मुलभूत रूपमा चीनकेन्द्रित छ। विश्वभर जति बिरामी भेटिएका छन्, ती सबै चीनबाटै संक्रमित भएर गएका हुन्। जनस्वास्थ्य दृष्टिले यो विश्वव्यापी आपतकालीन अवस्था भए पनि विश्वव्यापी महामारीको अवस्था होइन।

चीन भाइरस नियन्त्रण निम्ति युद्धस्तरमा लडिरहेको छ। सबै परिस्थिति अनुकूल भए यो लडाइँ सकिन अझै केही साता लाग्नेछ। नयाँ संक्रमण दर घटिरहेको छ। सायद क्वारेन्टाइनका कारण भाइरस सर्ने बाटो रोकिँदैछ। मौसम परिवर्तन र तापक्रमले भाइरसको स्वभाव कस्तो हुन्छ हेर्न बाँकी छ। कतिपयले तातो बढ्दै जाँदा भाइरस कमजोर हुनसक्छ भनेका छन्।

हामी कोरोनामुक्त छौं भन्दै उनीहरूलाई सुनाउनुअघि केही साता उताको परिदृश्य कसरी अगाडि बढ्छ भनेर नियाल्नु र आफूलाई तत्पर बनाइरहनु बुद्धिमानी होला।

नेपालको निगरानी प्रणालीमा पनि प्रश्न उठाउन मिल्ने केही ठाउँ छन्।

जनवरी अन्तिम साता नै हाम्रो एयरपोर्टमा थर्मल स्क्यानर मेसिनसहित हेल्थडेस्क राखिएको थियो। तर धेरै यात्रु नजाँचिएरै बाहिरिए। सात सयभन्दा बढी त चिनियाँ यात्रु नै आए। नेपालमा वुहान सहरबाट सिधै यात्रु आउँदैनन्। त्यसैले जो आए, सम्भवतः निरोगी नै थिए। तै पनि उनीहरू कसैले कोरोना भाइरस बोकेर आएका थिएनन् भन्ने ग्यारेन्टी छैन।

नेपालमा हालसम्म कोरोना भाइरस पत्ता लगाउने एउटै प्रयोगशाला टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो। त्यहाँ परीक्षण गरिनेमध्ये धेरै शुक्रराज सरुवारोग अस्पतालमा आएका बिरामी वा एयरपोर्टबाट छानिएकाहरू छन्। के यति मात्र परीक्षणले कोरोनामुक्त घोषणा गर्नु उचित होला?

नेपाल आउने विदेशी बिरामी पर्दा प्रायः निजी अस्पताल जान्छन्। ती निजी अस्पतालले शंकास्पद बिरामीको सूचना सरकारी संयन्त्रलाई दिएको पाइन्न। शंंकास्पद बिरामी भेटिए पनि सरकारी संयन्त्रलाई जनाउ दिँदा आइपर्ने व्यवस्थापकीय झन्झट, गोपनीयता, फलोअप लगायत कारणले उनीहरू चुपै रहन्छन्।

कति अस्पतालले नमूना जाँच्न देश बाहिरका प्रयोगशाला पठाउँछन्। यस्ता प्रवृतिबारे धेरै कुरा प्रस्ट छैनन्। त्यसैले, अहिले नै हामी कोरानामुक्त छौं भन्नु सैद्धान्तिक रूपले सही होइन।

अर्कातिर, आनुवांशिक गुण परिर्वतन गरिरहने कोरोनाजस्ता भाइरसको वातावरणमा फैलिने स्वभावबारे बुझ्न बाँकी नै छ।

भाइरस पशुजन्य भए पनि यसबाट संक्रमित हुने पहिलो मान्छे अर्थात् ‘प्यासेन्ट जिरो’ अज्ञात नै छ। जनावरको शरीरमा रहुन्जेल शान्त र लक्षणविहीन बस्ने भाइरसले मानव शरीरमा प्रवेश गरेपछि रुघाखोकीजस्ता लक्षण देखाएर बिरामी पार्छ। हालसम्म भाइरसको महामारी हेर्दा जंगली बिरालो, उँट, बंगुर, चमेरोजस्ता जन्तुबाट फैलिएको हुनसक्ने अनुमान छ। जनावरसँग संसर्ग भइरहने समुदायमा यस्ता भाइरस फैलिने सम्भावना सधैं रहन्छ।

हाम्रो देशका गाउँमा बस्ने आममानिस जनावरको प्रत्यक्ष सम्पर्कमा रहन्छन्। त्यहाँ पटक-पटक फैलिरहने रुघाखोकीमध्ये कुनै प्रकोप यस्तै कोरोना प्रजातिका भाइरसकै कारण पो भइरहेको छ कि?

हामीले सबै शंकास्पद बिरामीको नमूना परीक्षण गरेका हुँदैनौं। हाम्रो प्रयोगशालामा नयाँ प्रजातिका भाइरस भेटिँदा त्यसको आनुवांशिकता जाँच्ने क्षमता पनि छैन। जेनेटिक कोड प्राप्त भएपछि बल्ल ती भाइरसको गुण कोरोनासँग कति प्रतिशत मिल्दोजुल्दो छ भन्न सक्छ।

प्रायः महामारी बेला प्रकोप दर एकचोटि उच्च विन्दुमा पुगेर विस्तारै घट्दै नियन्त्रण विन्दुमा आउँछ। कुनै बेला एक ठाउँ वा समयमा कम भइसकेको प्रकोप अर्को स्थानमा देखापर्न सक्छ। नियन्त्रणमा आइसक्यो भन्दाभन्दै दोहोरिन सक्छ। चीनले कोरोना नियन्त्रणमा लिएको आक्रामक नीतिका कारण भाइरस यसै हराउँछ कि भविष्यमा यसका नयाँ तरंग देखापर्छन् यसै भन्न सकिन्न।

अब नेपालले कोरोनाजस्ता महामारी नियन्त्रणमा गरेका तयारी, कार्यान्वयन र प्रतिक्रियाको समीक्षा गरौं।

कोरोना भाइरसको सम्भावित संक्रमण देशमा पस्न र फैलन नदिन सरकारले गरिरहेको प्रयास सबैले सराहनीय मानेका छन्। विशेषगरी महामारी केन्द्र मानिएको चीनको हुवेई प्रान्तका नेपालीलाई आफ्नै हवाईजहाजबाट उद्धार गरी क्वारेन्टाइनमा राखेको कुराले सर्वाधिक चर्चा बटुलेको छ।

सरकारले आफ्ना नागरिक उद्धार गर्नुले भूराजनीतिक अर्थ पनि राख्छ। आपद पर्दा हामी आफैं केही गर्न सक्छौं भन्ने सकारात्मक सन्देश दिन्छ।

कोरोना प्रजातिका भाइरससँग जुध्ने अचुक उपाय हालसम्म पत्ता लागेको छैन। न खोप छ, न निर्मूल पार्ने उपचार पद्धति। धेरैजसो भाइरस संक्रमण क्षणिक हुने र भाइरसको स्वभाव परिवर्तन भइरहने हुँदा उपचार पद्धति प्रभावकारी भएका छैनन्।

सार्स प्रकोपपछि कोरोना प्रजातिका भाइरसविरुद्ध खोप तथा उपचार पत्ता लगाउन निकै प्रयास गरिएका थिए। केही परीक्षण सफल भए पनि राजनीतिक तथा व्यावसायिक चासोमा परेनन्। सार्स महामारी रोकिएसँगै ती प्रयास अघि बढेनन्। अहिले कोरोना संक्रमण फैलिँदा विश्व अचुक अस्त्रविहीन छ।

यस्तो अवस्थामा भाइरस फैलिन नदिने र कमजोर बनाउँदै नियन्त्रण गर्ने एक मात्र उपाय हो। यसका लागि भाइरसको स्रोत र फैलिन सक्ने सम्भावित बाटो बन्द गर्नुपर्छ। शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा र संक्रमितलाई ‘आइसोलेसन’ मा राख्नुको विकल्प छैन। जति चाँडो नियन्त्रण सुरू भयो, त्यति सजिलो, कम खर्चिलो र प्रभावकारी हुन्छ।

अर्को प्रश्न पनि उठ्छ– यो भाइरस नेपालमै उब्जिएर फैलिन सुरू गरेको भए के हामी यस्तो महामारीसँग जुध्न तयार थियौं?

झट्टै उत्तर दिनुपर्दा थिएनौं र सायद छैनौं पनि। तर तयारी गर्न सकिन्छ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई छ। प्रदेशस्तरमा पनि यस्ता समिति बनाउने चलन छ। तर, यी संरचनाले निगरानी पद्धति विकास गरेर प्राप्त सूचनाका आधारमा सम्भावित महामारी पूर्वानुमान र पूर्वतयारी गर्दैन। मिडियामा समाचार फैलिएपछि मात्र राजनीतिक र प्रशासनिक दबाबको प्रतिक्रियास्वरुप काम गर्ने परिपाटी देखिन्छ।

विज्ञतासहित समाधान दिनसक्ने गरी स्थापना भएका सरकारका विभागीय संस्थाहरू स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको टेकुमा एकैठाउँ छन्। ती संस्थाहरूबीच नियमित समन्वय र सहकार्य हुँदैन। वैज्ञानिक र व्यवहारिक ढंगले काम गर्ने परिपाटी पनि बसेको छैन।

हरेक सरुवा सिजनमा कसले कसलाई सारेर कसलाई ल्याउने भन्ने खिचातानी चल्छ। नेतृत्वमा पनि तीव्र परिवर्तन आइरहन्छ। राजनीतिक नेतृत्व परिवर्तनसँगै निर्देशक बनाउने, हटाउने वा सार्ने प्रवृत्तिले संस्थामा अस्थिरता भइरहन्छ। संस्थाको नेतृत्वमा आउन वरिष्ठता र राजनीतिक सामीप्यले बढी काम गर्ने भएकाले कसैले पनि विशेष दक्षता प्रदर्शन गर्नु पर्दैन।

त्यसमाथि संस्था प्रमुखहरू प्रायः समान तहका हुनाले आ–आफ्नै पदीय मर्यादा र व्यवहार खोज्छन्। कसैले भनेको कसैले नसुन्ने वा नटेर्ने प्रवृति पाइन्छ। यस्तो अवस्थामा कुनै ठोस योजनाले सहजै मूर्तरुप लिन सक्दैन। समन्वयमा गरिनुपर्ने कयौं काम अघि नबढेका दृष्टान्त छन्।

महामारीको चर्चा गर्दा पशुजन्य रोगसम्बन्धी काम गर्ने संस्थाहरूसँग समन्वय अत्यावश्यक विषय हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा काठमाडौंको त्रिपुरेश्वरमै छ। कोरोना महामारीको सन्त्रास फैलिरहेका बेला त्यस्ता संस्थाले कस्तो भूमिका खेले, थाहा छैन।

मानिस र पशुपन्छीबीच रोगको सम्बन्ध ध्यानमा राखेर ‘एक स्वास्थ्य रणनीति’ बनाउने प्रयासले मूर्तता पाएको छैन। यस्ता रणनीति लागू गर्न चुस्त र समन्वयकारी संयन्त्र आवश्यक पर्छ।

महामारीबारे चर्चा चल्दा महामारी विज्ञान पढाउने प्राज्ञिक संस्थाहरूको संलग्नता नै छैन। यस्तो बेला विश्वविद्यालयहरूले बौद्धिक चिन्तन र बहस गरेर नयाँ ज्ञान प्रवाह गर्न सक्नुपर्छ। नेपालको प्राज्ञिक क्षेत्र भने यस्तो संस्कृतिप्रति बिल्कुल उदासीन छ। सरकारी निकाय पनि उनीहरूलाई वास्तै गदैनन्।

त्यस्तै महामारीबारे अनुसन्धान, अध्ययन गर्ने प्रणाली स्थापना, क्षमता विकास, सुदृढीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय गर्न आवश्यक स्रोत र साधनकै कमी छ। स्वास्थ्य क्षेत्रमा बजेट कम विनियोजन हुन्छ। अध्ययन अनुसन्धानमा त झन् नगन्य खर्च हुन्छ।

यो क्षेत्र मजबुत बनाउन सबै प्रकारका सरुवारोग अध्ययन अनुसन्धान, पहिचान, व्यवस्थापन, नियन्त्रण लगायत सम्पूर्ण जिम्मेवारी एउटा कमान्डबाट गर्न मिल्ने गरी ‘सेन्टर फर डिजिज कन्ट्रोल’ (सिडिसी) जस्तो संरचना स्थापना गर्नुपर्ने सल्लाह आइरहेको छ।

प्रदेश स्तरमा प्रयोगशालाहरू सक्षम बनाउन आवश्यक छ। प्रदेश अस्पताल, प्रदेशमा रहेका प्रतिष्ठान र विश्वविद्यालयले समन्वय गरी चलाउन सके उत्तम हुन्थ्यो। हाम्रो प्रशासनिक व्यवस्थाले त्यो सम्भव छैन। प्रदेशमा रहने स्वास्थ्य आपतकाल तथा विपद् तयारी समितिहरूले समन्वयात्मक भूमिका खेल्न सक्छन्।

सँगसँगै, अहिले परिवर्तन भएको स्वास्थ्य सेवा प्रणालीले संघीय संरचनाअनुसार आफूलाई ढाल्न अप्ठ्यारो मानिरहेको छ। कतिपय अवस्थामा तीनै तहका संरचनामाझ समन्वयमा कमजोरी देखापरेको हुन्छ। यसले जिम्मेवारीबाट पन्छिन सहज हुने प्रवृत्ति देखिन्छ। कुनै महामारी सामना गर्नुपरे कसरी चल्छ अहिल्यै भन्न सकिन्न।

गत वर्ष डेंगी नियन्त्रणको प्रयासमा कतिपय नगरपालिका र प्रदेश तथा संघीय निकायबीच तादात्म्य नमिलेका प्रसंग बाहिरिएका थिए।

कोरोना भाइरसको खतराबाट मुक्ति पाएको अनुभूति त्यति बेला मात्र हुनेछ, जति बेला यस्ता विपत्ति सामना गर्न मेरो देश हरदम तत्पर छ भन्ने आमजनतालाई महशुस हुन्छ।

त्यसैले, कोरोनामुक्त भएको घोषणा गर्नुअघि अहिलेका सबै प्रयास र देशको वर्तमान मानव तथा पशुस्वास्थ्य सेवा प्रणालीको अवस्था समीक्षा गरौं। अर्को महामारी भोग्नुपरेछ भने यसपालि भन्दा धेरै प्रभावकारी हुनेछौं।

(लेखक चौलागाईं जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन्।)


प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६, १६:००:००
https://www.setopati.com/opinion/200001

कर्णालीमा महामारी, कहिले-कहिले, के-के?

काठमाडाैं, चैत १८

लकडाउनमा बसेका बेला कर्णालीले भोगेका महामारीबारे खोजी गर्न मन लाग्यो। मेरो पढाइ पनि जनस्वास्थ्य भएकाले उहिल्यैदेखि चासो थियो।

केही किताबमा खोजेँ र केही स्थानीय जानकारलाई उनीहरूले सुने, देखे, भोगेका कुरा सोधेँ। महामारी बेला के भयो, कस्तो असर पर्‍यो? त्यसबाट सिक्न मिल्ने केही छ? यो आलेख त्यसैको चर्चा हो।

कर्णालीमा आठ सय वर्षअघि लेख्यशैली भए पनि अहिले ती इतिहासका दस्तावेज भेटिँदैनन्। धेरै उहिल्यै नष्ट भैसके, केही टाठाबाठाले लगे, लुटे, जलाई पनि सके। स्थानीयरूपमा लेखिने परम्परा हराइसकेकाले पुराना घटना अज्ञात बनेका छन्।

मैले भेटेका श्रोतअनुसार कर्णालीमा विभिन्न महामारीको १२५ वर्षे इतिहास भेटिन्छ। यहाँ विक्रम सम्बत् १९५१ यता लगभग सबै दशकमा कुनै न कुनै मानव तथा पशुजन्य महामारी फैलिएको पाइन्छ।

धेरैजसो महामारीका अगाडि र पछाडि समुदायले अभाव र अनिकाल भोग्छ। अनिकालले भोकमरी र कुपोषण ल्याउँछ। सामाजिक विभेद बढाउँछ। श्रम तथा यौन शोषण बढ्छ। समाज पछाडि धकेलिन्छ।

बुढापाकाले सुनाएअनुसार महामारीबाट बाँच्नेले तंग्रिएर सामान्य जीविकामा फर्किन निकै संघर्ष गर्नुपरेको थियो। त्यति बेला सामाजिक सन्तुलन बिग्रियो। अर्थव्यवस्था खस्कियो। जनशक्ति अभावले कृषि तथा उत्पादन प्रत्यक्ष प्रभावित भयो र जनजीविकामा मार पर्‍यो। कर्णालीक्षेत्र अहिलेसम्म गरिब र पछौटे रहनुमा यस्ता प्राकृतिक घटना पनि कारण हुन्।

कर्णालीमा प्लेग, बिफर, हैजा, झाडापखाला, रुघाखोकी, ठेउला र ज्वरोको महामारी थियो। धेरैजसो महामारी स्थानीय खोला, दरा र भेगमा केन्द्रित थिए। केहीले भने ठूला आकारका र धेरै क्षति पुर्‍याए।

१९५१ सालमा ठूलो हैजा फैलिएको थियो। कर्णालीका जनतामा हैजा सरसफाइको कमीले हुन्छ भन्ने ज्ञान नै थिएन। किनकी त्यसको एक सय वर्षपछिसम्म हैजा महामारी चलिरह्यो। खानेपानी सफा थिएन। खुला धारा, नाउला र खोलाको पानी खान्थे। चर्पी प्रयोग गर्ने बानी थिएन। खोल्साखाल्सी र बाटोघाटोमा दिशा हुन्थ्यो। झिँगा भन्किन्थ्यो। त्यसले हैजा, झाडावान्ता र जुकाको संक्रमण फैलिन्थ्यो। वर्खामा धेरै केटाकेटी मर्थे। दुई-चार बच्चा नमरेका घरै हुन्थेन। एक-दुइटा बाँच्छन् कि त भनेरै धेरै बच्चा जमिन्थे।

एउटा उखानै छ कर्णालीतिर- 'चार साउन खायाको छोरो, चार माघ खाएको थोरो।'

अर्थात् साउन-भदौमा धेरै केटाकेटी कुपोषण, झाडावान्ता, ज्वरो, गाला सुन्निने रोग र संक्रमण झेल्थे। कुपोषणले समेत थलिएर मृत्यु हुन्थ्यो। त्यस्तै, हिउँदको जाडो र घाँसपात अभावले भैंसीको दूध घट्थ्यो, खान नपुगी पाडापाडी मर्थे। अर्थात् सन्तान चार वर्ष पुग्दा बल्ल ढुक्क हुन्थे।

केही दशकयता हैजा र झाडापखाला प्रकोप कम भएको छ। स्वास्थ्यप्रतिको चेतना बढेको छ। खानेपानीका धारा बनेका छन्। चर्पीमा दिशा गर्ने र साबुन-पानीले हात धुने बानी बसेको छ।

कर्णालीमा हालसम्मकै भयानक महामारी भने १९७५ सालको पुस-माघ महिनामा फैलिएको ज्वरोखोकी हो।

रत्नाकर देवकोटाको संकलन अनुसार यो महामारी कर्णालीका सबै दरामा फैलिएको थियो। झन्डै ८ देखि १० घन्टाको उच्चज्वरोले मान्छे भकाभक मर्थे। धेरै गाउँ त रित्तै बनेका थिए।

उति बेलाका बुढापाकाबाट जुम्लाका रमानन्द आचार्यले सुनेअनुसार महामारीको कहर यस्तो थियो, लाश बोकेर मसानघाट लाने मान्छे नहुँदा घरै भत्काएर जलाउनु परेको थियो। कति ठाउँमा हिउँ परेर विचल्ली बढ्यो। मान्छे नहुँदा कतिले एक्लै दोचा लगाएर सानो लाशलाई गादोमा र ठूलोलाई डोकोमा बोकेर फाल्नुपरेको थियो। त्यसै फालिएर सडेका लाश गिद्ध र स्यालले खाएका थिए। काजकिरिया समेत गर्न सकेनन्।

त्यो समय पहिलो विश्वयुद्धको अवधि र सन् १९१८ मा फैलिएको स्प्यानिश फ्लुको विश्वव्यापी महामारीको समयसँग मिल्छ। अध्येता बेरी सि. बिसपले आफ्नो किताबमा कर्णालीका व्यापारमार्ग हुँदै भारतबाट त्यो महामारी जुम्ला पुगेको र त्यसले तिला उपत्यका सबभन्दा बढी आक्रान्त भएको लेखेका छन्।

महामारीले कतिपय गाउँ सखाप भए भने बचेका पनि अरूको स्याहार गर्नै नसक्ने गरी ग्रसित थिए।

मानवीय आउजाउ निकै कम हुने कालखण्डमा अन्य संसारसँग एक्लिएको कर्णालीसम्म त्यो महामारी पुगेको थियो भने, अनुमान गरौं- अहिले कोरोना भाइरस कति सहजै पुग्न सक्ला?

२०३४ सालमा बिफर रोग उन्मूलन हुनुअघि कर्णालीमा पटकपटक स्थानीय प्रकोप फैलिइरहन्थ्यो। स्थानीय भाषामा 'गेडा आउने रोग' भनिने यसको २०१४ सालमा महामारी थियो। यसलाई निको पार्ने भनेर 'भेद खोप्ने' चलन थियो। भेद खोप्नेलाई 'भेदी' भनिन्थ्यो।

उनीहरूसँग भेद खोप्ने सियोको मुठो हुन्थ्यो। गाउँदेखि केही पर ठाउँ बनाएर पूजा गरी नाडीमा खोप्थे। खोपेको ठाउँबाट अलिअलि रगत चुहिन्थ्यो। केही ओखती लगाएर फुकफाक पनि गर्थे। केही दिनमा पाप्री नपरेमा भेदले काम नगरेको भनि दोहोर्‍याइन्थ्यो।

उतिबेलाका बुढापाकाको नाडीमा भेदको खत देखिन्छ, बिसिजी खोपको जस्तो। मैले कुरा गरेका रमानन्द आचार्यको नाडीमा पनि छ। बिफरबाट बाँचेकाहरूको अनुहारमा बिफर निको भएको खतैखत हुन्छ।

कर्णालीमा २०२९, असोजदेखि बिफर उन्मूलन कार्यक्रम सुरू भयो। २०३० मा मुगुको गम्था र सुकाढिकमा बिफरका अन्तिम रोगी भेटिएका थिए। त्यति बेला एउटा रोगी फेला पारेर खबर गर्नेलाई हजार रुपैयाँ इनाम घोषणा गरिएको थियो।

कर्णालीका बुढापाकामा डरलाग्दो स्मरण भएको अर्को महामारी 'कालामात' हो। हनहनी ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, जिब्रो कालो हुँदै बिरामी निस्लोट बनेर मर्थे।

यो मुसा वा पशुबाट सर्ने एकप्रकारको प्लेग हो। २०२० दशकको मध्यसम्म यो रोगबाट धेरै मान्छे मरेका ६८ वर्षीय मेरी आमा भन्नुहुन्छ। छिमेक गाउँतिर निकै मान्छे मर्न थालेपछि आफ्ना गाउँले मिलेर तिलानदी छेउको कालिका थानमा रातदिन आराधना गरेको स्मरण सुनाउनुहुन्छ।

त्यति बेला जुम्लाबाट काठमाडौं पढ्न आएका विद्यार्थी घर फर्किँदा यस्तै रोगले भटेर मर्ने गरेका जुम्लाकै शंकर आचार्य बताउँछन्। कालिकोटका दुर्गाप्रसाद पण्डित पनि पटकपटक कालामात रोग फैलिएर धेरै मान्छे मरेका स्मरण गर्छन्।

यस्तो सरुवारोगले मरेका लाश कसैले नछुने तथा किरियाकर्म पनि ६ महिनापछि गरिन्थ्यो। महामारी फैलिँदै जाँदा परिवारबाहेक अरू मान्छेलाई नछुने, बाटो-पानी अलग्गै गर्ने, पूजापाठ गर्ने र सफाचोखो खाने गरिन्थ्यो।

त्यस्तो प्रयोग अहिले कोरोना रोकथामका उपाय जस्तै हो। उति बेला पनि गाउँहरू 'लकडाउन' गरिन्थे। शंकास्पद मान्छे 'क्वारेन्टाइन' वा 'आइसोलेसन'मा राखिन्थे। त्यति बेला रोग गराउने जीवाणुको स्वभाव थाहा हुन्थेन, रोग फैलिरहेको पूर्वसूचना हुन्थेन। त्यसैले महामारी फैलिनु अगावै त्यस्ता उपाय गर्न सकिन्थेन। अहिले विज्ञानले हामीलाई धेरै सुविधा र अवसर दिएको छ। त्यसैलै हामी क्षति बिनै महामारी नियन्त्रण गर्न सक्छौं।

२०२६ सालतिर नेपाल, तिब्बत र भुटान भ्रमण गर्ने विदेशी लेखक जे. बर्निस्टेनले गाईवस्तुबाट मान्छेमा सर्ने महामारी फैलिएर पश्चिम नेपालको एउटा गाउँमा १५० चौपाया र २७ मान्छे मरिसकेपछि हेलिकप्टरबाट डाक्टर गाउँ पुग्दा बिरामीको घरमा झन्डा गाडिएको देखेका थिए। सद्दे मान्छेहरू यसलाई नाघेर गए देउता लाग्छ भन्ने ठान्थे।

यसरी बिरामीलाई क्वारेन्टाइन गरेकाले धेरै जीवन बचेको थियो। डाक्टरहरूले सुरूमा त्यो महामारी पशुजन्यरोग 'एन्थ्र्याक्स' भएको सोचेका थिए। तर त्यहाँको नमूना अमेरिकामा रोग नियन्त्रण विभागको ल्याबमा परीक्षण गर्दा 'बुबोनिक प्लेग' रहेछ। गाईवस्तुमा भने रेन्डरपेष्ट महामारी चलेको रहेछ।

२०२६ सालकै माघमा रुघाखोकीले कैयौंको मृत्यु भयो। धेरैजसो बुढाबुढी मरे। सरकारको स्वास्थ्य सेवा प्रणाली मजबुत थिएन। सञ्चार सुविधा थिएन। प्रशासनको सहयोग माग्दा स्वास्थकर्मी आउने बेलासम्म महामारीले ठूलै रूप लिइसक्थ्यो। उति बेला 'मर्ने अघि, डाक्टर पछि' भन्ने आहान समेत बन्यो।

२०२० चतमा राजा महेन्द्रको भ्रमण हुने भएपछि जुम्लामा अस्पताल बनाइयो। पन्ध्र शैयाको अस्पताल बन्ने भने पनि २०२१ सालदेखि आठ शैयामात्र चल्यो। २०३६ मा बल्ल १५ शैया बन्यो। पूरै चालु नभए पनि त्यहाँ अहिले तीन सय शैया क्षमताको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। महामारी फैलिँदा यो संस्थाले कसरी काम गर्छ, हेर्न बाँकी नै छ।

२०४३ सालतिर हुम्लाको दक्षिणी भाग मकै, तुम्च र श्रीनगरतिर हैजा र औलोसँगै फैलिएको थियो। मान्छे गाउँ छोडी लेकतिर भागेको अनुभव उति बेला फिल्डमा खटिएका देवीलाल चौंलागाईले सुनाए।

महामारी फैलिएको खबर पाएपछि सात जना स्वास्थ्यकर्मीको टोली पुग्दा गाउँ रित्तै थिए। गाईवस्तु जताततै घुमिरहेका थिए। गाउँमा लाश उसै भेटिन्थे। बाँचेका डेढ-सय जति मान्छे लेकतिर भागिसकेका रहेछन्। सुरूमा त गाउँलेले स्वास्थ्यकर्मीलाई लेकतिर पस्नै दिएनन्। ती स्वास्थ्यकर्मी पनि काम सकेर सदरमुकाम फर्किँदा औलोले थला परेका थिए।

२०४५ सालतिर भोटक्षेत्रका किर्मी र लिमीमा पनि त्यस्तै प्रकोप फैलिएको थियो। तर आफैं सेलायो।

जाजरकोटमा २०६६ सालमा फैलिएको हैजा र झाडापखाला महामारीले सर्वत्र ध्यान खिचेको थियो। सरकारको सबै संयन्त्र सक्रिय भएर त्यसलाई नियन्त्रण गर्न केही महिना लाग्यो।

तर पछिल्लो पटक २०७१ सालमा जाजरकोटमा फैलिएको इन्फ्लुएन्जा महामारी अहिलेको कोरोना जस्तै थियो। भाइरसको प्रजाति फरक भए पनि यसको सर्ने चरित्र उस्तै छ। त्यो बेला करिब महिनादिन चलेको प्रकोपमा ३५ जना मरे। त्यसमध्ये आधाजसो ६० वर्षमाथि उमेरका बिरामी थिए।

चैतको मध्यतिर स्कुले विद्यार्थी माझ देखिएको रुघाखोकीको लक्षण तीन हप्ताभित्र जाजरकोटका पैंक, साक्ला, नायकबाडा, टालेगाउँ, रामीडाँडा, रोकायागाउँ, लाह, कोरतागी र मझकोटसम्म फैलिएको थियो। समयमै नियन्त्रणका प्रयास भएकाले अन्यत्र फैलिनबाट रोकियो। यो महामारीको पनि सञ्चार माध्यममा निकै चर्चा थियो। तर लगत्तै आएको भुइँचालोले सबै ध्यान उतै गयो।

कर्णालीका अधिकांश मान्छेको जीविका पशुपालनसँग जोडिएको छ। त्यसैले पशुवस्तुबाट उब्जिने 'एन्थ्र्याक्स' र 'बुबोनिक प्लेग'जस्ता महामारी पनि फैलिने गरेको पाइन्छ। पशुवस्तुमा पनि महामारी कहर थियो।

इतिहासमा विक्रम सम्बत् १९८२, १९९२, २००८ र २०२३ मा पशुरोगको महामारीले धेरै गोठ रित्तो पारेको थियो।

चरिचरनको संकुचन र घट्दो पशुपालनका कारण अचेल पशुरोगको महामारी फैलिएको छैन। तर बथानमा हुने भेडामा फाट्टफुट्ट रोग फैलिएको समाचार सुनिन्छ।

अहिले जीवित कर्णालीको पहिलो पुस्ता थुप्रै प्रकोपका कहर काट्दै, भोग्दै, जोगिँदै आएको हो। विस्तारै खोप, व्यक्तिगत सरसफाई, पोषण, उपचार, शिक्षा र जीवनस्तरको सुध्रिँदै गयो र अहिले कैयौं महामारी कमजोर बने र केही हराए।

महामारीसँगै अब अलिकति अनिकालको कुरा गरौं।

कर्णालीमा प्रायः महामारीअघि वा पछि अनिकालले सताउने इतिहास छ। अनिकाल र अभावले कर्णालीको सामाजिक सन्तुलन प्रभावित र परिभाषित गरेको पाइन्छ।

सय वर्षभन्दाअघि अर्थात् १९७२ देखि १९७४ सम्म खडेरीले कर्णालीमा व्यापक अनिकाल परेको थियो। धेरै वस्ती कुलो सिँचाइ नहुने डाँडापाखामा छन्। सिंजा, जुम्ला, चिल्खाया, रास्कोट, दार्म जस्ता जीउलो हुने ठाउँका वस्तीबाहेक अरू ठाँउ निकै प्रभावित भए।

खाना अभाव यति चरम भयो कि बेसाहा गर्न आउनेलाई अन्न हुनेहरूले आर्थिक, श्रम र यौन शोषण समेत गर्न थाले। त्यति बेलाको अभाव चित्रण गर्न 'कैथा कैथा काँसा थाल, तीन पाथिउँदा गया बाल' जस्ता उखान र 'ढुटा रोटो, सिस्ना साग' जस्ता टुक्का बने।

त्यसपछि २००८, २०१७, २०२२, २०२९ सालको खडेरीले फेरि अभाव र अनिकाल निम्त्याएको थियो भने २००७ र २०१४ सालमा सल्यो (सलह) आएर बालीनाली सखाप पारेको थियो।

विपत्ति झेल्दै आएको समुदायले केही मौलिक जुक्ति अपनाएको हुन्छ। जस्तो सरकारी पहल र मानापाथी उठाएर जुम्लामा चन्दननाथ मन्दिर नजिक 'धरमभकारी' बनाएका थिए। रमानन्द आचार्यका अनुसार दियारका काठले बनेको भकारीमा अन्न भण्डार थियो जो अनिकाल पर्दा विपन्नलाई बाँडिन्थ्यो। अरुलाई चारपाथी लग्दा पाँचपाथी फिर्ता गर्नेगरी सापटी दिइन्थ्यो।

२०१४ सालको सलह आक्रमण बेला यसको खुब काम आएको रत्नाकार देवकोटाले लेखेका छन्।

विस्तारै कर्णाली परनिर्भर हुँदै गयो। सायद मान्छे सामुदायिकभन्दा आत्मकेन्द्रित हुन थाले। सरकार पनि उदासीन भइरह्यो र यस्ता कुरा हराउँदै गए।

२०२२ को खडेरीपछि सरकारले जुम्लामा पहिलोचोटी प्यारासुटबाट अन्न खसालेर बाहिरी खाद्यान्नको प्रवेश भयो। २०२९ को खडेरीपछि त खाद्यान्न राहत कार्यक्रम नै लागू भयो। योसँगै कर्णालीमा चामलको राजनीति विजारोपण भयो। अनिकाल र महामारीजस्ता विषमतासँग लड्न स्थानीयले सक्दो प्रयास गर्छन्। तर केही सीप नलागे देउताको शरण पुग्छन्।

यो शताब्दीका मान्छेका लागि कोरोना पहिलो विश्वव्यापी महामारी अनुभव हो। आफ्नै आँखाले प्रत्यक्ष बिरामी वा मृत्यु नदेखिन्जेलसम्म कुनै अदृष्य बैरीको औकात कमजोर नै लाग्छ। हाम्रो बानी यस्तै छ। हाम्रो संयन्त्रको पनि यस्तै व्यवहार देखिन्छ।

संसारभरका मान्छे र सरकार आत्तिएको देखेपछि केही सचेत बन्न खोज्दैछौं। तर नियम पूर्ण पालना गर्न सकेका छैनौं। बेलैमा नियन्त्रण गर्न नसकी महामारी विकराल बन्दै जाँदा दूरदराजका गाउँ सरकार र सहयोगीको पहुँच वा नियन्त्रण बाहिर जान सक्छन्।

सहज जीवनको अभिलाषा बोकेका अहिलेका मान्छेमा महामारी प्रहार सोचेभन्दा बढी निर्मम हुनेछ। सरकारले पनि दूरदराजलाई उत्तिकै प्राथमिकता दिनुपर्छ। अहिले कोरोनाको लडाइँमा सरकारलाई आमजनताको सहयोग र आमजनतालाई सरकारको आडभरोसा निकै जरुरी छ। जित अवश्य हुन्छ।

(लेखक चौलागाईं जुम्ला, तातोपानी गाउँपालिका, लाम्रा गाउँ निवासी हुन्।)


प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६, १२:१६:००
https://www.setopati.com/opinion/202667

साइकलमैत्री बन्नु नयाँ आधुनिक हुनु - सुर्खेतको डिजाइन

जेठ २१ 
आज जुन ३, विश्व साइकल दिवस। संयुक्त राष्ट्रसंघले विगत तीन वर्षदेखि यो दिवस मनाउन थालेको हो। यो दिनलाई साइकलका गुणबारे चर्चा गर्ने र यसको प्रयोग बढाउन आवश्यक वातावरण निर्माणका लागि पहल गर्ने अवसर रूपमा लिइन्छ। गत वर्ष विविध कार्यक्रम गरी मनाइए पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ।

गत वर्ष यही दिन सुर्खेतमा पहिलोपल्ट दोस्रो विश्व साइकल दिवस मनाएर साइकलमैत्री सहर बनाउने अभियान सुरू भयो। यही क्रममा जुटेका साइकलप्रेमीहरू संगठित भएर कर्णालीकै पहिलो 'कर्णाली राइडर्स क्लब' निर्माण भयो। त्यही वर्ष जुलाई २० मा पहिलो 'काँक्रेबिहार कोरा साइक्लिङ च्यालेन्ज' अयोजना भयो।

यही मार्चको पहिलो हप्ता सञ्चालित कर्णाली उत्सवको सुरूआत पनि बृहत साइकल गतिविधिबाटै गरियो। त्यस्तै विभिन्न समूहहमार्फत छलफल, अन्तरक्रिया र राइड गरेर जनमानस र नीतिनिर्मातामा साइकलप्रति जनचासो बढाउने प्रयास पनि बढ्यो। प्रदेश सरकारका मन्त्रालयले आफ्ना कर्मचारीलाई साइकल उपलब्ध गराए। यी प्रयासले विविध क्षेत्रका सचेत मानिसको निरन्तर सहभागिता बढिरह्यो।

फलस्वरुप, प्रशासक, सरकारी कर्मचारी, गैरसरकारी क्षेत्रमा, बैंकिङ क्षेत्रमा काम गर्ने, नेपाली सेनाका अधिकृतहरू, स्थानीय युवा, समाजसेवी, उद्योगी व्यवसायी र पत्रका मिलेर साप्ताहिक साइकल राइडको चलन सुरू भएको छ।

तर हाम्रा देशका सहरहरू विल्कुलै साइकलमैत्री छैनन्।

सचेत देशका सरकार र सहरका मेयरहरू आफ्नो ठाउँको सडक तथा बस्ती संरचनालाई बढीभन्दा बढी मानवमैत्री बनाउँदैछन्। उनीहरू विगतका अनुभव र गल्तीबाट सिक्दै र सच्चिँदै छन्। विकास संरचनाहरू समाजका सबै तह र वर्गका मानिसको हितलाई ध्यानमा राखेर बनाइँदैछ।

हाम्रोजस्तो देशमा पनि लगातार सहरीकरण भइरहेको छ। तर, हाम्रा सहरमा त्यो दिगो मानवकेन्द्रित विकासको सोच अझै बसेको छैन।

आधुनिक विकास भनेकै चौडा सडक भएको गाउँ-सहर हो भन्ने सोचले बनाइएका संरचना केबल यान्त्रिक साधनलाई केन्द्रमा राखेर निर्माण हुन्छन्। यसरी बन्ने संरचनाले सामान्य मानवीय गतिविधिलाई प्राथमिकता दिँदैन।

सडक बनाउँदा मानिसले हिँड्ने गरिरहेको बाटो नै सुरूमा च्यापिन्छ। जब सडक फैलिन थाल्छ, मान्छे हिँड्ने बाटो खुम्चिन्छ। त्यहाँ फुटपाथ बाँकी नरहेर सडकपेटी बन्छ। हिँड्डुल गर्ने बाटो मेटिन्छ। आममानिस र पशुवस्तुको 'मोबिलिटी' स्वतन्त्रता खुम्चिन्छ। अनि मोटरगाडीसँग डराएर जोगिँदै हिँड्नुपर्छ।

हाम्रा सडक संरचनामा पैदलयात्री, ह्विलचेयर, साइकल जस्ता साधनको प्राथमिकता छैन। यी माध्यम बारे सरकारी चासो र चिन्ता खासै देखिँदैन भने प्रयोगकर्तालाई कुनै ठोस कानुनी सहायता, प्रवर्द्धन र संरक्षण प्रावधान पनि उपलब्ध छैन। यी क्षेत्रको बलियो सांगठनिक आवाज पनि छैन।

मोटरसाइकल, स्कुटर, कारजस्ता यान्त्रिक सवारीसाधनको स्वामित्व र उपभोग उच्च जीवनस्तरको सूचक मानिन्छ। यस्तो समाजमा पैदलयात्रा वा साइकलयात्रानिम्ति पूर्वाधार बनाउने आवश्यकता बोध हुँदैन। सहरी सडक नीति र योजना बनाउनेहरू सबै सडकमा केबल गाडी गुडाएर तीव्र आर्थिक वृद्धि ल्याउन चाहन्छन्। उनीहरूलाई यस्तो लाग्छ, आम पैदलयात्री र साइकलमा दैनिकी चलाउनेले सरकारको अर्थतन्त्रमा खासै योगदान गर्देनन्।

हाम्रा सहरमा बस्ने दुई-तिहाईभन्दा बढी मानिससँग कुनै पनि यान्त्रिक सवारीसाधन छैन। तै पनि उनीहरूलाई हिँड्ने बाटो नराखिकन सहर विस्तारित भइरहेका छन्।

यही निर्दयी र अनियन्त्रित विकासले सहरलाई आफैं उकुसमुकुस, कुरुप र आक्रान्त बनाइरहेको छ। सहरवासीहरू आफ्नो प्रकृतिप्रदत्त स्वभाव बिर्सिएर खुम्चिएर बस्न विवश छन्। वातावरण दिनदिनै दूषित र अस्वस्थकर बनिरहेको छ। सहरी जीवनशैली झनझन् कष्टकर बनिरहेको छ। त्यसैलै सहरलाई पुनर्जीवन दिनु अति आवश्यक भएको छ।

साइकलकेन्द्रित संरचना निर्माणले सहरमा मानवीय गतिविधिलाई नयाँ आयाम दिन्छ। सहरी जीवनलाई नयाँ गतिशीलता मिल्छ। पर्यावरणमा नयाँ सन्तुलन निर्माण हुन्छ। एउटा बस्नलायक सहर बनाउन मद्दत पुग्छ। त्यसैले, साइकलमैत्री बन्नु भनेको नयाँ आधुनिक हुनु पनि हो।

अब साइकल चलाउने बारे कुरा गरौं।

साइकललाई एउटा सुन्दर आविस्कारका रूपमा लिइन्छ। साइक्लिङले मानिसहरूलाई नजिक ल्याउँछ। यसका अनेक सामाजिक, आर्थिक र वातावरणीय फाइदा छन्। साइकल शारीरिक अभ्यासको निकै राम्रो तरिका मानिन्छ। हजारौं मानिस दैनिक काममा जान साइकल प्रयोग गर्छन्। यसले उनीहरूको शारीरिक अभ्यास पनि भएको हुन्छ। विश्व साइकल दिवस उनीहरूको सम्मान गर्ने अवसर हो।

साइकल वातावरण निम्ति अति नै हितैषी साधन हो। यसमा लागू हुने ऊर्जा भनेको मानवशक्ति हो। यसले न धुँवा, न धूलो नै फाल्छ। साइकलले अरू राइडर र साइकलयात्री प्रति भातृत्वको भावना जोड्छ।

नेपालमा भौगोलिक तथा वातावरणीय रूपमा उपयुक्त हुने स्थानमा आधुनिक सहरका लागि साइकल प्रवर्द्धन एउटा शसक्त विकल्प हुनसक्छ। तर सम्बन्धित निकायमा यस्ता विषयमा अग्रगामी सोचको अभाव छ। जस्तो, संघीय सरकारले यो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साइकल लगायत साधनबारे केही उल्लेख गरेन।

यद्यपी केही महानगरमा भने विस्तारै केही ठोस सक्रियता देखिन्छ। ललितपुर, भरतपुर महानगरपालिकाले साइकल लेन बनाउन सुरू गरेका छन्। अन्य सहरमा साइकल गतिविधि बढेका भए पनि सहरी संरचना सुधारका ठोस कार्यक्रम आएका छैनन्।

गत वर्षदेखि कर्णाली प्रदेशमा पनि साइकलको चर्चा हुन थालेको छ।

कर्णाली सरकारले प्रदेश राजधानी सहरमा केही पहल सुरू गरेको छ। गत वर्ष आफ्नो नीति तथा कार्यक्रममा प्रदेश राजधानीलाई धुवाँधूलो मुक्त सहर बनाउन पहल गर्ने उल्लेख गरिएको थियो। सुब्बाकुनादेखि बांगेसिमलसम्मको राजमार्ग खण्डमा साइकल र पैदलयात्री निम्ति लेन बनाउन दुई करोड बजेट व्यवस्था गरेको छ। भौतिक योजना मन्त्रालय अन्तर्गत कार्यक्रम लागू छ।

चालु वर्षमा प्रारम्भिक अध्ययनको काम पनि भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन बनाई काम अघि बढाउन मन्त्रालय तथा निर्देशनालयमा कार्यरत जिम्मेवार कर्मचारीको इमान्दार सक्रियता नभएकाले अड्किएको थियो। हाल कोरोना महामारीका कारण अब त्यो अघि नबढ्ने निश्चित छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कर्णाली सरकारले 'सुर्खेत उपत्यकाभित्रका प्रमुख सडकमा पदमार्ग र साइकल लेन व्यवस्था गरिनेछ' भनी उल्लेख गरेको छ।

यसलाई निरन्तरता दिन र मूर्तता प्रदान गर्न सम्बन्धित सहरको स्थानीय सरकार उत्तिकै उत्साहित र जिम्मेवार हुन आवश्यक छ। सैद्धान्तिक रूपमा सहर रुपान्तरण गने सोच राखेको भए पनि वीरेन्द्रनगर नगरपालिकाले गत वर्ष आफ्ना नीति तथा कार्यक्रममा साइकल र पैदलयात्री निम्ति खासै ठोस कार्यक्रम ल्याउन सकेन।

सुर्खेत उपत्यकाको क्षेत्रफल, भूबनोट र हावापानी हिँडडुल गर्न र साइकल चलाउन उपयुक्त ‘साइकलमैत्री’ सहर हो। यहाँ झन्डै दुई-तिहाईसँग कुनै पनि सवारी साधन उपलब्ध छैन। साइकल प्रयोग बढ्ने प्रचूर सम्भावना छ।

प्रारम्भिक अध्ययनले सुर्खेतमा साइकल प्रवर्द्धनका लागि अति उपयुक्त देखाउँदै विभिन्न तत्कालीन र दीर्घकालीन क्रियाकलाप सिफारिस गरेको छ।

साइकलमैत्री सहर बनाउन सुझाइएका क्रियाकलापमा उपत्यकाभित्र पर्ने ९ किमी रत्नराजमार्ग खण्डमा दाँयाबाँया साइकल लेन बनाउने, सहरमा साइकल स्ट्यान्ड बनाउने, कुइनेपानी जंगलमा साइकल सिक्न र मनोरन्जन गर्ने साइकल पार्क बनाउने, गाडी 'फ्री' दिन मनाउने, वार्षिक साइकल गतिवधि गर्ने, साइकल संरचना र प्रयोगको सूचना डाटाबेस राख्ने, साइकल भाडामा लिने वा सेयर गर्ने पद्धति बसाउने र नीति बनाउने पर्छन्।

स्थानीय जनता, साइकल प्रयोगकर्ता, युवा र जनप्रतिनिधिको छलफलबाट साइकल लेनका लागि रुचाइएका ६ वटा रुट छन्। जसमध्ये ३ वटालाई सिटी साइकल लेन बनाउन सकिन्छ। ती हुन्, सुब्बाकुना हुँदै, खजुरा, बुलबुले गेट, मंगलगढी चोक, बाँगेसिमलसम्म। कालुंगचोकबाट, गणेशमानचोक, घण्टाघर, यरीचोकसम्म। मंगलगढीचोकदेखि लाटीकोइलीसम्म।

त्यस्तै सुब्बाकुना, लेखवेसी, दैलेखसडक, कपासेसम्मको बाटो तथा मंगलगडीदेखि बांगेसीमल जंगल क्षेत्र, लाटिकोइली, सुब्बाकुनाको बाटोलाई मनोरन्जननिम्ति 'रिक्रिएसनल' साइकल लेन बनाउन सकिन्छ। यसैगरी काँक्रेबिहार वरिपरि र उपत्यकाको रिङरोडलाई 'क्रसकन्ट्री ट्रेल'का रूपमा विकास गर्न सकिन्छ।

मानिसको आवातजावत र घुँइचो बढी हुनसक्ने विभिन्न १३ वटा ठाउँ मध्यनजर गरी साइकल स्ट्यान्ड राख्न सकिने सम्भावना छ। जसमा वीरेन्द्रचोक, नगरपालिका कार्यालय, नगरपालिका अघिल्तिरको चौर, प्रशासन कार्यालय, प्रदेश अस्पताल, बसपार्क, लाटिकोइली, बुलबुले ताल, काँक्रेबिहार, मध्यपश्चिम विश्वविद्यालय, जन उच्चमाध्यमिक विद्यालय, देउतीबज्यै र एअरपोर्ट क्षेत्र विशेष छन्।

कर्णाली प्रदेश सरकारको साइकलमेत्री राजधानी बनाउन चाहने सोचलाई स्थानीय नगरपालिकाले अवसरको रूपमा लिन सक्नुपर्छ। यसबाट सुर्खेतमा साइकल गतिविधिले प्राथमिकता पाउने आशा छ। इमान्दार र संगठित पहल गरेर सुर्खेतलाई नमूनायोग्य 'साइकल सिटी' बनाउन सम्भव छ।सुर्खेत उपत्यकामा प्रस्तावित साइकल लेनहरूसुर्खेत उपत्यकामा प्रस्तावित साइकल स्ट्यान्डहरू

(लेखक चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका ५, लाम्रागाउँका बासिन्दा हुन्।)
https://www.setopati.com/opinion/208025

ग्रामीण क्षेत्रमा कोरोना नियन्त्रणका १० विधि

संसारका सहरमा भाइरस फैलिन थालेपछि प्रकोपको गति रोक्न लकडाउन गरियो। अनि प्रकोप घट्न थालेपछि लकडाउन हटाउन थालियो। सहरहरू खुलेपछि अब उता ग्रामीण क्षेत्रमा फैलिन्छ कि भन्ने चिन्ता छ। त्यसैले गाउँ र दुर्गम भेगमा नियन्त्रणका लागि फरक रणनीतिको कुरा भइरहेको छ।

तर नेपालमा कोरोना सहरभन्दा पहिला गाउँमा पुगेको छ। लकडाउन अवधिमा बल्ल संक्रमण फैलन थालेको छ। उच्च विन्दुमा नपुग्दै आम जनता, विज्ञ र सरकारमा 'लकडाउन थकान' महशुस भइसक्यो। सहर बजार क्रमशः खुल्न थालिसकेका छन्।

महामारी नियन्त्रणका लागि देशभर एकै खाले रणनीति अपनाइएको छ। चीनको वुहान, इटालीको मिलान, अमेरिकाको न्युयोर्क वा भारतको नयाँदिल्ली जस्ता सहरले अपनाएका उपाय नेपालका ग्रामीण क्षेत्रमा कति व्यवहारिक छन् भन्ने लेखाजोखा गरिएको छैन। गाउँमा फैलिएको महामारी उचित व्यवस्थापन नभए त्यो संक्रमण सहर भित्रिने छ।

सरकारले भनेको ६ 'टी' रणनीति- ट्राभल रेष्ट्रिक्सन (यात्रा निषेध), टेस्टिङ (परीक्षण), ट्रेसिङ (सम्पर्क खोजपड्ताल), ट्रयाकिङ (संक्रमितको निरीक्षण), ट्रिटमेन्ट (उपचार) र टुगेदर (सबैको सहकार्य) को व्यवहारिक कार्यान्वयन हुन सकेन। लकडाउन अवधिमा हुनपर्ने तयारी नहुँदा सोचे जस्तो परिणाम आएन।

नेपाल प्रवेश गर्ने नाकामा जथाभावी 'होल्डिङ' र खचाखच गाडीमा यात्रागर्दा संक्रमण फैलिएको छ। गाउँघरका क्वारेन्टाइन भरिभराउ छन्। अझै भारतबाट मानिस भित्रिने क्रम रोकिएको छैन। अन्य देशबाट मानिस ल्याउने क्रम पनि सुरू भइसकेको छ।

विश्वभर परीक्षण दायरा बढाउने लहर छ। आरडिटीमा विश्वसनीयता नभएको गुनासो गर्दे नेपालमा नेता, पत्रकार, विज्ञ, जनता सबैले पिसिआर नै गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले देशभर २० वटा प्रयोगशालाबाट पिसिआर परीक्षण व्यवस्था गरे पनि यसले माग धान्ने छैन। सीमित जनशक्ति भएका प्रयोगशालाले उच्चतम क्षमतामा काम गर्दा पनि परीक्षण दायरा र प्रभावकारिता बढेको छैन। समयमै परीक्षण नपाउँदा वा परीक्षणबिनै घर पठाइदिँदा ठाउँठाउँमा तनाव सिर्जना भएको छ।

हालसम्मका उपायहरू कति प्रभावकारी भए भनेर तत्काल बृहत समीक्षा गर्न जरूरी छ।

नेपालमा जनसंख्या वितरण, बस्ती संरचना, आर्थिक अवस्था, मानवीय स्वभाव र व्यवहार, सूचना र सडकको पहुँच, स्वास्थ्य संस्थाको अवस्था, साधन र श्रोतको उपलब्धता आदि जस्ता निर्धारकहरु देशैभर एकनासका छैनन्। एकैखाले रणनीति सबैतिर लागू गर्नु अवैज्ञानिक र अनुत्पादक हुन्छ। हाल लागू भएका रणनीति पूर्णतयाः सहरकेन्द्रित छन्। त्यसैले, अब सहर र गाउँबस्तिका लागि फरक-फरक रणनीति विकास गर्नुपर्छ।

कम साधन सम्पन्न ठाउँहरू विशेषगरी ग्रामीण क्षेत्रमा कोरोना महामारी रोकथामका रणनीति ल्याउन नसकेकोमा विश्व स्वास्थ्य संगठन समेत आलोचित भइरहेको छ। कुनै प्राकृतिक चमत्कार नभई तत्काल यो भाइरस हराउनेवाला छैन। खोप बन्नेमा यथेष्ठ आशंकाहरू छन्। उपचारका लागि औषधि बनाउने सम्भावनामा पनि ठूलो आशा छैन। खोप र औषधि बनेपनि हाम्रो पहुँचमा आउन लामो समय लाग्नेछ।

'हर्ड इम्युनिटी'आकांक्षाको कुनै ग्यारेन्टी हुन्न। केही पुनः संक्रमण देखिएका कारण यो सम्भावना पनि बलियो छैन। आयुर्वेदजस्ता वैकल्पिक विधिले निको पार्ने लालसामा कुनै वैज्ञानिक दम छैन। नेपालले आफ्नो वैज्ञानिक क्षमताबाट खोप, औषधि, वा अन्य जटिल अध्ययन अनुसन्धान गर्नसक्ने संरचना विकास भएको छैन।

पिसिआर अत्यधुनिक, परिष्कृत तथा जटिल वैज्ञानिक प्रणाली हो। कम आय र कमजोर संरचना भएका नेपालजस्ता ठाउँमा यस्ता प्रयोगशाला अत्यन्त खर्चिला हुन्छन्। प्रयोगशालामा जाँचका लागि आउने स्वाब संख्या चुलिएको छ। टेकुजस्तो देशकै एकमात्र 'रिफरेन्स' प्रयोगशालाले अरू ल्याबको गुणस्तरमा ध्यान दिन सकेको छैन। लामो समय स्वाब यसै राख्नुपर्दा 'कोल्ड-चेन' प्रणालीमा असर पर्छ। बालबालिकालाई दिइने खोप राख्न प्रयोग गरिने फ्रिजमा पनि स्वाब राख्नुपर्ने बाध्यता आएको छ।

सूदुरपश्चिम, कर्णाली, प्रदेश ५ र प्रदेश २ का जिल्लाका हजारौं मानिस क्वारेन्टाइनमा छन्। सबै जना ल्याब परीक्षण कुरेर बसेका छन्। दुई हप्ता कटाइ सकेकाहरूलाई घर जाने हतार हुन्छ। कति जिल्लामा आरडिटी गरेर घर पठाइका दजर्नौंको पिसिआर नतिजा पोजिटिभ आएको छ। पोजिटिभ भेटिने क्रम लगातार बढिरहेकाले 'पुल टेस्टिङ' पनि व्यवहारिक भएको छैन। दुर्गमबस्तीबाट पिसिआर प्रयोगशालामा स्वाब ल्याउन कठिन छ। स्थानीय सरकार अत्यन्तै दबाबमा छन्।

त्यसैले, ग्रामीण क्षेत्रका निम्ति फरक रणनीति ल्याउनुपर्छ। त्यसका लागि निम्न दसवटा विधि अपनाउन सकिन्छ।

१. हरेक वडा र गाउँमा कोरोना नियन्त्रणका लागि सर्वदलीय तथा सर्वपक्षीय समूह बनाउने। गाउँका मानिस सहरमा जस्तो एकअर्कामा अपरिचित हुँदैनन्। स्थानीय नेतृत्वले भनेको मान्छन्। सबैको सहमति जुटेमा स्थानीय सहभागिता बढ्छ। स्थानीय सरकारका कामप्रति व्यापक असन्तुष्टि आइरहेका बेला यस्ता उपायले सबैलाई एकै लक्ष्यमा डोर्‍याउँछ।

समथर भूभाग, सहरोन्मुख बस्ती र पर्याप्त पहुँच भएका देशका ग्रामीण क्षेत्रमा लागू भएका रणनीति हामीलाई उपयुक्त हुन्नन्। जटिल भूभाग भएको चीनका ग्रामीण भेगमा प्रहरी, स्थानीय नेताहरू, स्वास्थ्यकर्मी र स्वयंसेवक सहितको 'आपतकालीन टोली' परिचालित थियो। भियतनाममा प्रहरी, सेना, स्वास्थ्यकर्मी, नीजि क्षेत्र, समुदायका प्रतिनिधि, स्थानीय संघसंस्था, अवकाशप्राप्त जनशक्ति, शिक्षक सबैको संलग्नतामा 'द्रुत प्रतिकार्य टोली' निर्माण गरेको थियो। कर्णालीमा एकपटक 'र्‍यापिड एक्सन' टोली मोडलको चर्चा गरिएको थियो तर त्यो स्वास्थ्यकर्मी खटाउने तरिका मात्र थियो। त्यसैले त्यो प्रभावकारी बन्न सकेन।

२. गाउँ फर्किने हरेक मान्छेलाई आफ्नौ गाउँनजिकको क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नु पर्छ। त्यसैले, स्थानीय वडाको रेखदेखमा क्वारेन्टाइन व्यवस्थापन जिम्मा लिनु पर्छ। सहर-बजार वा पराई ठाउँको क्वारेन्टाइनमा बस्दा अपहेलित र असुरक्षित बनेका छन्। आफ्नै समुदायनजिक हुँदा खानपिनदेखि मनोवैज्ञानिक राहत मिल्छ।

भारतबाट नागरिक आउने क्रम आगामी दसैंसम्म रोकिने छैन। गाउँतिर घरैमा क्वारेन्टाइन बसाउने रणनीति असम्भव हुन्छ। त्यसैले अस्थायी क्वारेन्टाइन बनाउने, निसंक्रमण गर्ने, संचालन गर्ने विधि सिकाउनु पर्छ।

३. क्वारेन्टाइन बस्नुअगाडि सबैको अनिवार्य प्रारम्भिक स्वास्थ्य जाँच (स्क्रिनिङ) गरेर उच्च जोखिम हुनसक्ने वर्ग जस्तै बुढाबुढी, दुधेबालक, गर्भवती वा रोगीलाई छुट्टाएर अलग्गै राख्ने। यी समूहलाई पिसिआर परीक्षणको प्राथमिकता दिएर स्वस्थ जमातलाई अवलोकनमा मात्र राख्ने। निश्चित अवधिपछि उनीहरूको आरडिटी गर्न सकिन्छ। जुनसुकै अवस्थामा पनि संक्रमण भएको दुई हप्ता बिताइसकेका लक्षणबिहीन व्यक्तिले अरूलाई सार्ने सम्भावना अत्यन्त कम हुने अध्ययनले लेखाएका छन्। यसले गर्दा अनावश्यक परीक्षणको चाप घट्छ।

४. सबै ठाउँमा डाक्टर उपलब्धता सम्भव छैन। एक-दुई हप्ताको उपलब्धताले कुनै फाइदा हुँदैन। दिगो समाधान अहिल्यै नै उपलब्ध छैन। त्यसैले गाउँमा उपलब्ध हुने मध्यमस्तरका स्वास्थ्य जनशक्ति परिचालन गर्न आवश्यक छ। त्यसैले स्थानीय संस्थाका स्वास्थ्यकर्मी खटाउने। उनीहरूलाई जिल्ला र स्थानीय तहका केही केन्द्र जस्तै प्रथमिक स्वास्थ्य केन्द्रमार्फत सम्भव भएसम्म टेलेमेडिसिन, रिमोट प्रणालीमार्फत् सामान्य उपचारको व्यवस्था गर्ने।

५. आपतकालीन सवारी साधन व्यवस्था गर्ने। धेरै ठाउँमा आवश्यक जीवन रक्षा उपकरण र औषधि बिनाका एम्बुलेन्स चलाइएका छन्। छिटोभन्दा छिटो नजिकको स्वास्थ्यसंथामा बिरामी ओसार्न गाउँमा भएका निजी साधन पनि उत्तिकै लाभदायक हुन्छन्। स्थानीय मानिसलाई आवश्यक पर्दा ती साधन समेत प्रयोग गर्न मिल्ने गरी 'रोस्टर' तयार पार्ने। बाटो नपुगेका टाढाका बस्तीको निम्ति भने हेलिकप्टर व्यवस्था गर्नुको विकल्प हुन्न।

६. मास्क प्रयोग बढाउने उपाय अपनाउने। विदेशबाट ल्याइएका मास्क आपूर्ति सहज नहुने तथा महँगो पर्ने भएकोले स्थानीय रूपमै बनाउन सकिने कपडाका मास्क प्रयोग विधि सिकाउनु पर्छ। स्वास्थ्यकर्मी र अन्य अग्रमोर्चामा रहनेबाहेक कम जोखिम समूहमा कपडाको दुईपत्रे मास्क उपयुक्त हुने सिफारिस भएको छ। स्थानीय उत्पादनबाट स्वरोजगार निर्माण गर्न सकिन्छ। चीन जस्तो देशले पनि उसको ग्रामीण भेगमा यस्तै रणनीति अबलम्बन गरेको छ। यस्तै, हात धुने स्थानहरू निर्माण गरेर हातले धाराको टुटी नछोई खुट्टाले चलाउन मिल्ने प्रविधि स्थानीय रूपमै निर्माण गर्न सकिन्छ।

७. ग्रामीण जनताको आर्थिक अवस्थाले सम्भावित उपचार धान्न गाह्रो हुन्छ। उनीहरूका लागि लक्षित स्वास्थ्य बीमाको अतिरिक्त व्यवस्था गरेर आश्वस्त बनाउने। रोजगारीका अवसर खुम्चिने भएकाले महामारीपछि गाउँका मानिस थप प्रभावित हुनसक्ने अवस्था मध्यनजर गरी अतिरिक्त स्रोतसाधन जगेडा गर्ने।

८. अनावश्यक स्वाब संकलन नगर्ने। उच्च जोखिममा परेकाको स्वाब परीक्षण नतिजा चाँडो उपलब्ध गराउने गरी प्रयोगशाला विस्तार गर्ने। सम्भव भएसम्म जिल्ला अस्पतालका ल्याबमा स्थापना गर्ने। त्यहीँ उपलब्ध मध्यमस्तरीय जनशक्ति जस्तै ल्याब टेक्निसियन, असिस्टेन्ट समेतले सञ्चालन गर्नसक्ने प्राटोकल तयार पार्ने। यस्ता ल्याबमा भविष्यमा इन्फ्लुएन्जा लगायतको पिसिआर जाँच गर्न सक्ने सम्भावनालाई ध्यान दिने।

अस्पताल भर्ना भइसकेका शंकास्पद बिरामीको स्वाब परीक्षण गर्नेभन्दा जो विशेष क्वारेन्टाइनमा छन् र समुदाय संक्रमण फैलाउन उच्च जोखिममा छन्, उनीहरूलाई प्राथमिकता दिन बुद्धिमानी हुन्छ। अस्पताल पुगिसकेका सबै शंकास्पद बिरामीलाई कोभिड-१९ का बिरामी उपचार गरेजस्तै सुरक्षा विधि अपनाउने। उनीहरूको स्वाब परीक्षणमा स्रोत र समय खेर नफाल्ने।

९. समुदाय परिचालन गर्दै नागरिक सहभागिता र जन उत्तरदायित्व बढाउने उपाय अपनाउनु पर्छ। यसका लागि व्यक्तिगत र संस्थागत सहकार्य गर्नुपर्छ। सामाजिक व्यवहार परिवर्तन गर्ने, नागरिक शिक्षा प्रदान गर्ने, दुरी बनाउने, क्वारेन्टाइन, आइसोलेसन व्यवस्थाको अनुगमन र सुपरिवेक्षण गर्ने जिम्मा दिनुपर्छ। उच्च जोखिम क्षेत्रबाट प्रवेश गर्ने मानिसका बारे जानकारी पाउन पनि यसले सहयोग पुग्छ।

१०. व्यवस्थित सूचना संकलन र संप्रेषणको व्यवस्था मिलाउने। ग्रामीण क्षेत्रका बासिन्दामा सही सूचनाको पहुँच कम हुन्छ। यात्रा र क्वारेन्टाइनमा बस्नेहरूसँग सूचना प्राप्त गर्ने स्रोत सीमित हुन्छ। बरू अफवाह र गलत सूचना उनीहरूसम्म चाँडो पुग्छ। हामी एकपछि अर्को डिजिटल माध्यमबाट सूचना बाँड्दा ठूलो संख्यामा ग्रामीण क्षेत्रका मानिस ओझेलमा परेका छन्। स्थानीय भाषा, लवज र शैलीमा सही सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने। यसका लागि स्थानीय युवाको सक्रिय भूमिका हुनसक्छ। त्यस्तै भरपर्दा नेतृत्वकर्ता र प्रभावशाली व्यक्तिहरू आफैं खटेर मानिसहरूलाई सम्झाउन-बुझाउन प्रयास गर्नुपर्छ।

(लेखक चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका-५, जुम्ला निवासी हुन्। उनी जनस्वास्थ्य क्षेत्रमा काम गर्छन्।)

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७, १२:३६:००
https://www.setopati.com/opinion/208689

कुडा सुन्नु बूढाका !

कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो। केही दशक अघिसम्म यहाँका अधिकांश बस्ती मूलतः कृषि र पशुपालनमा निर्भर थिए। त्यसैले यहाँको स्थानीय परिपाटी र रितिथिति कृषि र पशुपालन चक्रसँग जोडिएका पाइन्छन्।

प्रायः एकै वंशपरम्पराका थरी र जातिको बाहुल्य भएको बस्तीमा पुरानो पुस्ताका सदस्यहरू मार्फत दैनिक कामकै सिलसिलामा नयाँ पुस्ताले जानकारी बटुलिरहेको हुन्छन्।

यहाँ एककोश हिँड्दा भाषिका र चारकोश हिँड्दा फरक रितिरिवाज भेटिन्छ भन्ने मान्यता छ। यसको मतलब यहाँका हरेक गाउँ आफैमा विशिष्टिकृत बस्ती हुन्। भौगोलिक, सामाजिक र राजनीतिक रुपमा सदियौंसम्म आइसोलेसनमा परेकाले हुन सक्छ, यहाँका हरेक दरा र खोलाका बस्तीमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरू विकसित भएको पाइन्छ। यहाँको आध्यात्मिक तथा धार्मिक आस्थाको परिपाटी पनि देशको अन्य स्थानभन्दा भिन्न छ।

श्रुतिपरम्परामा आधारित यहाँको ज्ञान हस्तान्तरण गर्ने परिपाटीमा नयाँ जमानको विकासक्रम सँगै क्षयीकरण भइरहेको छ। केहीदशक यता परम्परागत बस्तीमा बहुल संस्कृतिको घुलमिल सुरू भएको छ भने एकल परिवारको चलन बढ्दो छ। सामूहिक प्रचलन हराउँदै छन्।

ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना हुन्छ। आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्छ। त्यसैले सकारात्मक सन्दर्भ र विषयको चर्चा र बहस मार्फत यस्ता विशेषताको उजागर गर्न सकिन्छ।

हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण छैन। तर अहिलेको जमानामा पुरानो र नयाँ पुस्ता बीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धति मार्फत अभिलेखीकरण गर्न सकिन्छ। बाहिरबाट गएर गाउँको अध्ययन गरी गाउँका पुराना कुरा उजागर गर्ने केही प्रयास गरिए पनि ती कहिल्यै पर्याप्त हुँदैनन्। त्यसैलै यस्ता पहल स्थानीय तवरबाटै गर्नु अझ प्रभावकारी हुन्छ।

यस्तै प्रयास कर्णाली प्रदेश जुम्ला जिल्लाको लाम्रागाउँमा २०७७, कात्तिक २८, २९ र ३० गते हुँदैछ।

'लाम्रा संवादः गाउँका कुडा २०७७' नामले तीन दिनसम्म चल्ने यो कार्यक्रमले गाउँको समग्र परिवेश र विशेषता भएका १२ वटा सत्र मार्फत स्थानीय बयोवृद्ध, योगदानकर्ता र जानकारका कुडा समेट्ने छ। अर्थात, गाउँलेहरूले आ-आफ्ना ज्ञान र अनुभव साट्ने छन्।

यस्ता कार्यक्रममा गाउँकै बुढापाकाहरू वक्ताको रुपमा प्रस्तुत हुने, गाउँकै मनिसले उनीहरूलाई प्रश्न सोध्ने र अरु गाउँले उनीहरूलाई सुन्ने र मनमा लागेका कुरा सोध्न वा भन्न पाउने हुँदा सबैको चासो र रूचि बढ्छ।

सबै छलफल सत्रहरूको भिडि‌ओ रेकर्डिङ गरी आवश्यक सम्पादन ‘गरेर विभिन्न समाजिक सञ्जाल र युट्युबमा प्रसारण गरी गाउँबाहिर बस्नेहरू तथा विषयमा रूचि राख्नेहरूसम्म सजिव ढंगले पुग्न सकिन्छ।

हरेक दिनका सेसनहरू हेर्दा यसले स्वाबलम्बी ग्रामीण जीवनका बहु-आयाम प्रतिनिधित्व गरेको पाइन्छ। जस्तै पहिलो दिन कात्तिक २८ गते शुक्रबारः 'कुडा सुन्नु बूढाका' शीर्षक अन्तर्गत चारवटा सेसन सुन्न सकिन्छ।

यसमा गाउँका जानकार बुढापाकाहरूले गाउँको इतिहासको कुरा गर्छन्। गाउँमा को, कताबाट, कहिले, कसरी आयौं र कहाँ कहाँसम्म फैलियौं? नाउँ कसरी रह्यो? बस्ती कसरी बस्यो? विशेषता के छ? भन्ने जस्ता प्रश्नमा चर्चा गर्छन्। बिम्वात्मकरुपमा यसलाई 'गाउँको जडो' सत्र नामाकरण गरिएको छ।

जुम्लामा मोटर बाटो पुगेको दुई दशक पनि भएको छैन। पहिलेका मानिसहरू हिँडेरै भोट मधेस गर्थे। ठूला समूहमा महिनौंको यात्रामा कति मानिस बिरामी परेर मर्थे। बाँचेकाहरू कहानी बोकेर फर्किन्थे।

'तीर्थ र हाटयात्राका कुडा' सुनाउने बुढापाकाले उनीहरू तीर्थ तथा हाट यात्रामा जाँदाको अनुभव सुनाउँछन्। यात्रा परम्परा, तयारी, समूह निर्माण, जटिलता, जोखिम र रोचकता आदिको यात्रा कहानी सुन्न रोमान्चक हुनेछ।

लाम्रागाउँ सहित हाँकु, नुवाघर, बयालकाटिंया र श्रीदुस्काका पाँच गाउँको मार्सिधान फल्ने जिउलामा सिँचाइ गर्न गरी बनेको उठिल्यादेखि अ‍ैरेनीसम्म ५ किलोमिटर लामो सिँचाइ कुलो यहाँका बस्तीहरूको जीवनरेखा हो।

यस निर्माणसँग जोडिएको आफ्नै इतिहास छ भने मर्मत गर्ने आफ्नै नै परम्परा पनि छ। कुलो निर्माणमा परेको विवाद सुल्झाउन यहाँका मानिसहरू बि.सं. १९५४ अघि पटकपटक डोटीदेखि सल्यानसम्मका अड्डा अदालत धाएको इतिहास छ। यसलाई 'कुलोको सबाई (कथा)' सत्रमा समेटिनेछ।

आधुनिक उपचार पद्धतिको उपलब्धता हुनुअघि यहाँका मानिसहरू कुनै पनि उपचारको निम्ति पूर्णतः घरायसी औषधी वा धामीझाँक्रीमा निर्भर हुन्थे। अहिले पनि परम्परागन पद्धतिमा उत्तिकै विश्वास गर्छन्। गाउँलेहरूले अपनाउने उपचार शैली र विश्वासको सकारात्मकता र जोखिमको चर्चा गरिन सान्दर्भिक हुन्छ।

गाउँमा जडिबुटीको उपलब्धता, तिनको नाउँ, पाइने, प्रयोगशैली, धामी परम्परा, विशेषता, विकल्प आदिको जानकारी हस्तान्तरण हुनसके नयाँ पुस्ता लाभान्वित हुनसक्त। 'ओक्तो र देउता' सत्रले सो चासो केही हदसम्म सम्बोधन गर्न सक्छ।

गाउँमा पुराना पुस्ताको कुरा गर्दा हामी प्रायः पुरुषहरूका कुरामा ध्यान दिन्छौं। तर गाउँका बयोबृद्ध महिलाहरू अर्थात हजुरआमासँग उनीहरूको बाल्यकाल र युवावस्थाका कथा सुन्ने तथा उनीहरू यस गाउँमा आएपछि हालसम्म देखिएका परिवर्तनका बारेमा जन्नुले अहम् दृष्टिकोण दिन्छ। त्यसले यसमा राखिएको 'बज्यूका कुडा' सत्र निकै नै महत्वपूण हुने विश्वास गर्न सकिन्छ।

जुम्लातिर वर्षभर मनाइने चाडवाड अन्यत्रको भन्दा मौलिक र पृथक पनि छन्। कतिपय चाडपर्व मनाउने तरिका पनि भिन्न पाइन्छन्। त्यस्तै गाउँका सार्की, दमाई र बाहुन जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कारमा पनि विविधता पाइन्छ। यस्ता कुराको चर्चा 'संस्कृति र संस्कार' मा समेट्न सकिन्छ।

पुरानो बस्तीहरूमा स्वावलम्बनको विकास भएको पाइन्छ। त्यस्ता बस्तीमा विभिन्न सीप र कला भएका मानिसहरू जस्तै चाँद बुन्ने, सिलाउने, बनाउने, छिप्ने, कात्ने, कुँद्ने, पेल्ने, पकाउने आदि सीप भएका मानिसहरू हुन्छन्। यस्ता मानिसका कुरा जन्न बुझ्न 'श्रम र सीप' सत्र लाभदायक होला।

गाउँमा इतिहासदेखि वर्तमानसम्मका विविध प्रकारका सर्जकहरूको जन्म भएको हुन्छ। उनीहरूको यथेष्ट चिनारीको अभावमा उनीहरूको चर्चा हराएको पाइन्छ। उनीहरूका कृति र सृजन चर्चा गरेर जिवन्त बनाउन सकिन्छ। 'सर्जक र सृजना' सत्रमार्फत यस्ता कुराहरू उजागर गर्न सकिन्छ।

परम्परादेखि खेतिकिसानीमा आश्रित गाउँमा बन्दव्यापारको महत्व उति रहन्न। व्यापारको जोखिम लिन नसक्ने समुदायमा उद्यम फस्टाउन सक्दैन। उद्यमीका कुराले अरूलाई प्रेरणा र सजगता प्रदान गर्छ। त्यसैले गाउँमा बन्द-व्यापारको सुरूवात, विगत र वर्तमान अवस्था, सफल व्यवसायी र उद्यमीका प्रेरणाका कथा, व्यवसायिक चुनौती र युवाको निम्ति अवसरको खोजी बारे 'उद्यम र उत्पादन' सत्रले सम्बोधन गर्छ।

राजनीति कुनै पनि समाज र गाउँको अभिन्न पाटो हो। दलीय राजनीतिको सुरूवात हुनुअघि गाउँमा ठेकथितिको आफ्नै परम्परा थियो। इतिहासदेखि वर्तमानसम्मको राजनीतिक व्यवस्था, गाउँको राजनीतिक सहभागिता, राजनीतिक व्यक्त्तित्व र उनीहरूका योगदान, वर्तमान राजनीतिक परिवेश र युवा सहभागिताको सम्भावनाबारे विमर्श गनु लाभदायक हुन्छ। यसलाई 'ठेकथिति र राजनीति' सत्रले चर्चा गर्छ।

वर्तमान शासन प्रणालीमा चुनावमार्फत चुनिएर आएको स्थानीय सरकार गाउँको विकास र सुशासनका लागि मुख्य जिम्मेवार हो। सरकारले गाउँको सामाजिक आर्थिक विकासका लागि गरेका प्रतिबद्धता, नीति, हालसम्मका प्रगतिबारे स्थानीयको चासोबारे गाउँलेहरू माझ चर्चा गरिन पर्छ।

त्यस्तै गाउँको सुरक्षा र सुशासनको अवस्था अनि पूर्वतयारीबारे समेत सुसूचित बनाउन 'विकास र सुशासन' सत्रले बहस गराउन सक्छ।

जुम्लातिर जाडो बढ्दै गर्दा घाम ताप्दै गफिने यहाँको परम्परा नै हो। यसपालि चाडपर्व पछाडि धकेलिएकाले तिहारसम्म गाउँलेहरू प्रायः फुर्सदिला भइसकेका छन्। यही गफ गर्ने परिपाटीलाई केही व्यवस्थित बनाएर 'लाम्रा संवादः गाउँका कुडा २०७७' गरिनु एउटा नवीन र रोचक प्रयास हुन गएको छ।

यसबाट गाउँलेकै प्रयासमा गाउँको ज्ञान, भावना, सीप, विचार, आकांक्षाहरूको संरक्षण गर्ने तथा यसका विशेषतालाई उजागर गरी तीव परिवर्तन भइरहेको समाजमा सहिष्णु भावनालाई कायम राख्न योगदान गर्ने छ। वर्तमान कोरोना अवस्थाले यस्ता कार्यक्रम आयोजना गर्न केही चूनौतीपूर्ण भए पनि गाउँमा मात्र सीमित गरिने र खुला ठाउँमा भौतिक दुरी तथा सुरक्षाका अन्य मापदण्ड अपनाएर सञ्चालन गरिँदा यसले अपेक्षित सफलता प्राप्त गर्न सक्छ।
https://www.setopati.com/opinion/221400

Tuesday, August 18, 2020

बा! तुम्मा दिन क्या हार मान्यौ त ?

बा ! 

तुम्मा पालादै त आईले यता केई अलक्कै भयाको छ ।  

ठौर उईथै भया पनि ठेकथिति अक्कै आयाको छ ।।

नौला माण्ठ, नौला कुडा, नौलै चलन ल्यायाका छन्,

पड्न्या, गुन्या, जान्या, बुझ्न्या सप्पै निक्कै भयाको छ ।।

 

नौलो रैबार छ – नदेखिन्या दुस्मनले सातो सलक्कै हरायाको छ ।

कैथोकैथो बिराम जागेर हाम्मो जुग खलक्कै डरायाको छ ।।

ओडा ओडै छुँ, पुडा पुडै छुँ, लकडाउनमा थुनिएका छौं,  

ओक्तोमुन्तर केई छुँनैन जात्तिबित्ति हुरुक्कै गराएको छ ।

 

उईले तुमिले भोग्या म्हामारी कहरी पार पायौ त ? 

क्वारेन्टिन, आइसोलेशन, आईसीयु, भेन्टिलेटर थिएन

छैन गाउँमा अस्पताल, पिसीआर भनि हार खायौ त ? 

अड्कोपड्को स्याहारसुसार गाउँमै सुझबुझ चल्यो होला,

माण्ठकन डिंगाबाछा हुल्या जो बाटै बार लायौ त ? 

 

साँच्चै तुम्मा जुगमै बा! 

न देउताले सुम्ज्यो न राजाले सक्यो भनिकन हार मान्यौ त ? 

फान्चौरी। २०७७ भाद्र ३ गते बुधबार, कुशेऔशी 

Saturday, April 11, 2020

सेलेब्रेटी देउडा गायकलाई सुन्न रातभर जाग्राम


विगत केही दशकदेखि देउडा हराएझैं भएको थियो। रेडियोबाट नयाँ शैलीका नेपाली र हिन्दी गीत सुन्ने चलन बढेपछि युवापुस्ताले देउडा गाउन छाडेका थिए। जनयुद्धकालमा गाउँघरतिर देउडा खेल्ने अवसर झनै संकुचित भयो।

मृतप्रायः देउडा गाउने र खेल्ने चलन कर्णालीका गाउँतिर अचेल फर्किएको छ। चाडपर्व र पूजाआजामा देउडासँगै रमाइलो गर्नेहरूमा महिला-पुरुष दुवैको सहभागिता र सक्रियता उत्तिकै देखिन्छ। बिहे, ब्रतवन्ध, पैठ, जात्रा, छैटीजस्ता विशेष उत्सवहरूमा त झन् रातभर देउडा दोहोरी चल्छ।

यो चलन यहाँको परम्परागत मौलिक संस्कृति हो।

देउडा कुनै बाजा बिनै गाउन र खेल्न मिल्ने गीत हो। दुई पंक्तिका देउडा गीतमा अघिल्लोले कलापक्ष समेटेको हुन्छ भने पछिल्लोले भावपक्ष समेट्छ।

यही दसैंका बेला मेरो गाउँ जुम्लामा रुद्री, ब्रतवन्ध र अन्नपास्नीको साइत परेको थियो। त्यो अवसरमा रातभर देउडा चल्यो। नजिकका छिमेकी गाउँहरूबाट समेत भेला भएका खेलाडीले अविराम रातभर देउडा खेले।

उनीहरूको देउडा दोहोरीमा मन्त्रमुग्ध दर्शकले काम्लो च्यापेर, कम्बल ओढेर आगो ताप्दै रातभर साथ दिए। राती खाना खाइवरी आँगनकै बारीमा भेला भएका देउड्याहरूले बिहानको सूर्योदयसम्मै अनवरत पाइलामा पाइला र भाकामा भाका मिलाइरहे।

यो प्रसंग त्यसैको वर्णन हो।




देउडा समूहमा खेलिन्छ। यसमा दुई पक्ष हुन्छन्। दुवै पक्षका नाइकेबीच सवाल जवाफ चल्छ। नाइकेले उठाएको भाका र लय टिप्दै समूहका सबै खेलाडी पाइला मिलाउँदै गोलाकार घुम्छन्।

रातभर लगातार पाइला चाल्दै, घुम्दै गाउने क्षमता चानचुने कुरा हैन। रहर भएर मात्र हुन्न। यसका लागि देउडाका विभिन्न भाका जान्नुपर्छ। समसामयिक विषयको ज्ञान राख्नुपर्छ। विशेष शब्द र प्रसंग बुझ्न सक्नुपर्छ।

आफूलाई खेलको लाइनमा उभ्याउन नचाहनेहरू दर्शक बनेर देउडाको आनन्द लिन्छन्। दर्शकमा भने गीतका प्रसंग बुझ्ने क्षमता अवश्य हुन्छ। उनीहरू दत्तचित्त भै हरेक सवाल जवाफलाई ध्यानपूर्वक सुन्छन्।

खस जुम्ली भाषिकाका शब्द, उखान, टुक्का र सन्दर्भको धेरै प्रयोग हुने देउडा मिलाएर गाउन सक्नु विशेष कला हो। झन् देउडामा दोहोरी खेल्नु त निकै चुनौतीपूर्ण। सामान्य देउडा गायकले आँट्न र टिक्न गाह्रो हुन्छ।

विशेष क्षमता हुने गायकहरू वर्षौंको अभ्यासपछि यो चुनौतीको मैदानमा उत्रन सक्छन्। त्यसैले यस्ता सीप भएका देउडा खेलाडीको गाउँभर नाम चलेको हुन्छ। यिनीहरू स्थानीय देउडा सेलेब्रेटी हुन्, जसलाई सुन्न दर्शक रातभर जाग्राम बस्न तयार हुन्छन्। चर्चित देउडा गायकहरूलाई महोत्सव, जात्रा, पैठहरूमा पैसा तिरेर निम्त्याउने चलन बढेको छ। महिला देउडा गायकको उपस्थिति पनि बढ्दो छ।

स्थानीयको अनुरोधमा मेरा भाइहरूले देउडा खेल्न कालिकोटको रास्कोटबाट एकजना गायिका ल्याउने तयारीमा थिए। गाउँतिर यसबारे चर्चा चलेको थियो। हरिगोपाल कालिकोटको जितेगडा पुगेर ती गायिकालाई लिन जाँदा उनी बाजुरा पुगेकी रैछिन्।

उनी नआए पनि यता हाम्रै गाउँपालिकाका चर्चित स्थानीय देउडा गायक तथा खेलाडीहरू आए। त्यो झन् रोमाञ्चक देउडा दोहोरी बन्यो।



केही युवायुवतीले आँगनमा मुढा बालेर देउडा अभ्यास गरिरहेका थिए। घरको काम सकेर रातको खाना खाइवरि गाउँले जम्मा हुन थाले। गाउँघरमा नाउँ चलेका, आफ्नो मिल्दो समूह हुने अनि सुहाउँदो प्रतिद्वन्द्वी बन्न सक्ने सिपालु खेलाडी निम्त्याइए। वरपरका गाउँबाट पनि स्थानीय आउने क्रम बढ्यो।

आँगनबारीमा मुढा जोतेर बालेको आगो दन्किन लाग्यो। दर्शक बनेका बुढाबुढी, महिला, पुरुष र बालबालिका आगो ताप्दै वरिपरि बस्न थाले। कति महिला ससाना केटाकेटीलाई न्यानो काम्लोमा बेरेर आँगनको डिलबाट बारीको दृश्य हेर्न बसे।

राति नौ बजेतिर सबैले प्रतीक्षा गरेको मुख्य खेल सुरू भयो। प्रचलन र अनुशासन कायम राख्दै खेलाडीले केही चरण गाएर सुरूआत गरिन्छ। अवसर अनुसारको चरण गाइन्छ। जस्तैः

काँचोफल रुखैमा रहला, पाको फल झडला ।
राम आयो सीतालाई लिन, खेल्नै त पडला ।।
राम गया सीतालाई ल्याया, खेल्नै त पडला ।।

जुम्ला ठूला चन्दभैरम् कालिकोटका पुग।
रामसीताको बिहा भयो, बाँच्या जुग जुग।।

दुवैतिरको समूहमा नेतृत्व गर्ने गायकले चरण उठाउँछन्। अरुले साथ दिन्छन्। अर्को पक्षले दोहोर्याउँछन्। भाका मिलाएर हरेक गीतका दुई अन्तरा गएपछि अर्को पक्षको उठाउने पालो आउँछ। सुरूआती चरणका यी गीतले ‘वार्मअप’ गराउँछन्। बिस्तारै खेलाडीको सवाल जवाफतिर खेल अघि बढ्छ र अझ रोचक बन्न थाल्छ।



आजको खेलमा पनि अब प्रश्न उत्तर, प्रश्न प्रतिप्रश्न सुरू भयो।

एकातिरको नाइके गिडिखोलाका धनकृष्ण पाण्डे र अर्कोतिर लिताकोटका मणिकृष्ण उपाध्याय। दुवै नाम चलेका हाजिरजवाफ खेलाडी। कसको देउडा राम्रो होला भनेर उत्सुक स्रोता ध्यान दिएर सुन्न थाले।

गीत सुन्दा आउने एकोहोरोपन हटाउन खेलाडीले बीचबीचमा गीतको भाका र शैली परिवर्तन गर्दै गाए। रात ढल्दै गर्दा केहीबेर नगरगाउँका रामबहादुर डाँगीले गीत उठाए। धनकृष्णको पक्षमा रहेका अर्का चर्चित युवा खेलाडी धीर जैशी अघि सरेपछि उनी र मणिकृष्ण बीचको घमासान दोहोरीमा बाँकी रात छर्लंग बित्यो।

देउडामा विपक्षी खेलाडीसँग सम्बन्धित असंगति र कमजोरीमाथि प्रहार गरिन्छ। खेलाडीले आफ्ना प्रतिद्वन्द्वीको व्यक्तिगत, पारिवारिक, सामाजिक हैसियत, राजनीतिक झुकाव आदिबारे यथेष्ठ जानकारी बटुलेका हुन्छन्। खेलाडीबीच जति मार्मिक र कडा सवाल जवाफ चल्यो, दर्शक त्यति रमाइलो मान्छन्।

देशको समसामयिक राजनीतिले सुदूरको गाउँलाई पनि छोड्दैन। आजको खेलमा खेलाडीको राजनीतिक झुकाव सतहमा आयो। निकैबेर कम्युनिस्ट र कांग्रेस पक्षधर जस्तो भई सवालजवाफ चल्यो। त्यसमा पनि महरा-रोशनी काण्डले खुब चर्चा पायो। हामीले आदर्श मान्ने गरेका नेताका द्वैध चरित्रबारे गायकले देउडा गाएरै टिप्पणी गरे।

करिब मध्यराततिर छेउको अर्को बारीमा गाउँका महिलाको देउडा सुरू भयो। उनीहरूले पनि उज्यालो हुन्जेल खेलिरहे। महिलाको देउडा भाका केही फरक हुन्छन्। तिनमा प्रायः अवसरको वर्णन, देवीदेवताको आह्वान र आरधाना, आशिष र स्नेह-प्रधान हुन्छन्।

कतिपय दर्शक आफूलाई मनपरेको समूहको देउडा लाइनमा मिसिन्थे र केहीबेर खेलेर फेरि आफ्नै ठाउँमा आएर बस्थे। निकै रहर बोकेर देउडा हेर्न आएका केही दर्शक निद्रा खप्न नसकेर घुर्दै, ब्युझँदै गरिरहेका देखिन्थे। कोही त सुत्न घरै फर्किए। अनि, कोहीकोही केहीबेर सुतेर बिहानीपख फेरि आएर रमाइरहेका देखिन्थे।

बिहानीपख चिसो बढ्यो। मुढा थपेर आगो दन्काउन थालियो। देउडामा सवालजवाफ गर्ने नाइके खेलाडीले यसबीच आफ्नै समूहमा दुईपटक पालो दिए। धेरे आकांक्षीले पाइला मिलाउन साथ त दिए तर आफैं गीत उठाउने पालै पाएनन्।

उज्यालो भयो। माथि भूरिचुला मालिका डाँडोमा घाम ओर्लियो। यता चम्किएको देउडालाई खेलाडीले बिस्तारै बिट मार्नतिर लागे। आक्रामक सवालजवाफमा भिडिरहेका खेलाडी पुनः खेलको प्रचलन र अनुशासन कायम राख्दै समापनका चरण गाउन थाले। जस्तैः

जावी बुन्याँ मैले जाबी, पिमौ जाबी जन्जाल
सब्का मान्यागुन्या भया, घुम्या सबै संसार ।।
जावी बुन्याँ मैलै जाबी, जबैलाका मेश
पढ्या लेख्या ठुलै भया, घुम्या सबै देश ।।



यसरी खेल चलिरहेको थलोमा खसी काटेर सम्मान दिइन्छ। सबै खेलाडी र दर्शकलाई टीका लगाई सगुन बाँडेर धन्यवाद दिँदै रातभर चलेको देउडा समापन गरिन्छ। यसपछि गाउँले मिलेर भोजभतेरको तयारी गर्छन्।

उहिले-उहिले देउडा गीत क्यासेटमा खुबै सुनिन्थे। पहिलोपल्ट जुम्लाका गायकले रेडियोमा गीत रेकर्ड गराउने रेकर्ड राखेका भए पनि देउडालाई जनमानसमा क्यासेट मार्फत पुगेर चर्चित पार्ने काम भने सुदूरपश्चिमका गायक-गायिकाले गरे।

परदेशी फर्किँदा उसको झोलामा प्लेयर हुन्थ्यो र देउडाका क्यासेट हुन्थे। देउडा गाउँगाउँमा घन्किन्थ्यो। तिनै लय टिपेर विभिन्न अवसरमा देउडा खेलिन्थ्यो। मध्य तथा सुदूरपश्चिमका स-साना सहरोन्मुख ठाउँमा महोत्सव हुँदा देउडा गायकले स्थान पाउँथे।

विशेषगरी जनयुद्धकालमा ती गतिविधि सुस्ताए र हराए। चर्चित गायक पनि गायकीबाट जीविका नचल्ने ठानी अर्कै व्यवसायतिर मोडिए। नयाँ लोकप्रिय गीत आउन सकेनन्।

यही अवधिमा क्यासेटको जुग हराएर भिसिडी हुँदै डिभिडी आएर पनि हराइसक्यो। एफएमले भने आफ्नो निश्चित प्रभाव क्षेत्रभित्र गीत सुनाइरहे। तर नयाँ गीतका सिर्जना बढ्न सकेन। अब युट्युबको जमाना छ। अचेल त सुन्ने गीत मात्र नभै हेर्ने गीतको चलन छ। नयाँ पुस्ताका केही गायक गायिका देखापरे पनि सहरतिर गायकीमा जम्ने कलाकारको संख्या धेरै छैन।

अचेल देउडा संस्कृतिको प्रभाव भएको क्षेत्रमा हुने महोत्सव, कर्णाली, भेरी, सेती क्षेत्रका परदेशी भेटिने विदेशका केही कार्यक्रममा देउडा गायक बोलाइए पनि पर्याप्त समय दिन्नन्। युवामाझ यसमा रूचि बढाउन केही प्रयोग भइरहेका छन्। भाषा, लवज, शैली र भाकाको विविधता खोज्दै कतिपयले देउडाको फ्यूजन पनि बजारमा ल्याएका छन्। नेपाली फिल्ममा पनि देउडा आगमन भएको छ।

सामाजिक सचेतनाका लागि जनचेतनामूलक कार्यक्रममा देउडा गाइन्छ। महिला दिवस र तीजमा अनिवार्यझैं चल्न थालेको छ। स्थानीय सरकारहरूले देउडा संस्कृति जगेर्नाका लागि पहल थालेको पाइन्छ।

गैरसरकारी तवरमा पनि केही संगठित प्रयास सुरू भएका छन्। यस्तै प्रयासबाट जुम्लामा महिनाको पहिलो दिन र सुर्खेतको घन्टाघर अघिल्तिर चौरमा हरेक महिना १ गते र १५ गते देउडा खेल चल्छ। स्थानीय बुढाबुढी, देउडाप्रेमी महिला र पुरुषका लागि यस्ता कार्यक्रम मनोरञ्जन लिने, फुर्सदको सदुपयोग र भेटघाट हुने ठाउँ बनेका छन्।

पश्चिम नेपालको देउडा संस्कृति आफ्नो मौलिकपन बोकेर चलेकै छ। तर यसलाई संरक्षण, सम्वर्द्धन र प्रचार गर्ने ठोस कदम सरकारी प्रयासबाट नै हुनुपर्छ।

published in Setopati https://www.setopati.com/opinion/192478