"Plz confirm for coming Saturday's overnight stay plan at Dhulikhel. Departure: Sat mrng for lunch, Arrival: Sunday mrng after breakfast. Thanks" अक्टोबर २९, मंगलबार बिहान १०:५० मा हेटौडा फिल्डमा हुँदा एसएमएस आएको थियो । अन्ततः हामी ७ जना पुग्यौं धुलिखेल - शनिबार, नोभेम्बर २, २०१३ मध्यान्ह । तिहारको दोस्रो दिन।

गतवर्ष तिहारको भोलिपल्ट हामी ५ जना (दुई महेशहरु, राजन, राजेश र म) नगरकोट गएका थियौं। बिशेष कारणबस् मुकेशले आउन पाएको थिएनन् । यसपालीपनि त्यस्तै केहि योजना बनाउने कुरो चलिरहेको। मुकेशको तिहारको लगत्तैपछि पढ़ाई बिशेषले विदेश उड्ने भएकोले यो साईत बन्यो। ट्रिट र रिट्रिट दुवै। यसपालाको टोलीमा हामी सातजना (मुकेश, राजन, मोहन, खगेन्द्र, जंग, राजेश र म) भयौं । रुटयोजना अनुसार राजनले खगेन्द्र, जंग र मुकेशलाई र राजेशले मोहन र मलाई गाडीमा पिक-अप गरे। सपिङ्ग लिष्टअनुसार मुकेशले किनमेल गरे। बासको नेगोसिएटेड ब्यबस्था मोहन र जंगजीको सम्पर्कमा होटेल मिराबेल, धुलिखेलमा बन्यो। सबै छुट्टीको मुडमा। हामी हिड्यौं।
सुर्यविनायक काटेपछि चिया खानेठाउँ खोज्दाखोज्दै हामीले साँगा काट्यौ। जंगलको बाटोमा एकछिन रोकियौं। आगो चाहियो। भेटिएन। वरिपरि हेर्यौं। पाईएन। छेउमा पुलिस पेट्रोलिंगको गाडी रोकेरराखेको थियो। 'पुलिस संग होला नि माचिस या लाइटर ।' कसैले भन्यो। 'मग्ने र ?' अर्कोले थप्यो।'गाडीमा छैन?' 'छैन।' 'त्यसो भए पुलिससंगै सोधौं।' पुसिलगाडीमा महिलाप्रहरी पनि थिए। अफ्ट्यारो पर्यो। तर, सोधिछाड़े केटाहरुले। स्टेरिंग सम्हालि बसेको पुलिसदाई एउटा कुच्चिएको सलाईबट्टा बोकी ओर्ले। "सिर्फ एक काँटी बाँकी छ, हेरौ।' उनि आफै तम्सिए आगोपार्न। हावा चलिरहेको थियो। निभ्यो। 'ला,,,,' उनि पछुताए । हामी पनि चुक्चुकायौं , काँटी खेर गएकोमा । 'केहि छैन, धन्यबाद है दाई ' भनेर हामी हिड्यौं। यो प्रसङ्गले एकछिन रमाईलो गरायो। चियापसल भन्ज्यांग काटे पछि मिल्यो। लन्च नलिने प्याकेज थियो। त्यसैले सबै घरमै खाएर आएका थिए । धुलिखेल बजार घुम्नेबेला केहि खाने।
तिहारको बेला, होटेल शान्त र झन्डै सुनसान झैं देखिन्थ्यो । हामीले चेक-इन गर्यौं। पूर्वतिरको घरमा ३ कोठा मिल्यो। बाटो छेउ तर पुरै एकान्त। ६११ कोठा भेला हुने बन्यो। ६१० मा बस्नेहरुलाई 'ड्राइभर' भनेर जिस्कायौं। "घुम्न जाने हैन त अब ?" एउटाले प्रस्ताव राख्यो। 'ह्या के जानु र अहिल्यै, एकछिन आराम गरम" अर्कोले भन्यो। 'हो, बरु पानी खै?' अर्कोको सपोर्ट। अनि, ब्रोडवे ३ पाकेट खुल्यो। भ्याट ६९ पनि। दिउसैं। एकछिन भुले यसैमा।

"ल जाउँ यार अब। होटेलको स्न्याक्स ५ बजे लग्छ। त्यतिन्जेल फर्किसक्नु पर्छ।' यौटाले रिमाइण्ड गरायो। अनि सबै तयार हुनलागे। धुलिखेलबजार घुम्न हिड्यौं। बाहिर चिसो हावा छ। मफलर र जाकेटमा निस्किए। 'कस्तो राम्रो।' मुकेशको कालो ओभर्कोट्को चर्चा भयो। 'यो साइज पाउनै मुस्किल। अनलाईनमा सारा अमेरिकाभरि यहि यौटा पिस भेटियो भर्जिनियामा।" यसको बिशेषताबारे प्रष्ट्याए। हामी हिडेर पुरानो बजारको गल्लिमा हुँदै मन्दिर पुग्यौं। आँगनमा जताततै धान सुकाउन राखेका, सुन्दर दृश्य देखिन्थे। बसपार्कहुँदै दक्षिणपूर्वको टुडिखेल, सरकारी अफिस भएको क्षेत्र घुम्दै पार्कको गेटमा पुग्यौं। यहि बाटो नफर्किने भन्नेकुरो भयो। बाटो पार्कबाट वा केहि अघाडिबाट अरनिको राजमार्गमा झर्ने रहेछ। खगेन्द्र, मोहन र मुकेश एउटा ग्रुपमा हिड्दै थिए, पछाडि। लोकलकुखुरासाथ एउटा झुपडीपसलमा केहिबेर बस्ने चाँजोपाँजो गरेछन। मासु पोल्ने ठाउँ हेरिरहेका थिए । पछि कुरो मिलेन। हामि पार्कगेट छेउ बस्यौं। चटपटे, चाउचाउ, चिया, पानी र अरु खएर। पसले गफाडी। पार्क प्रवेशको टिकटपनि काट्दा रैछन। सबै प्रसङ्गमा उनको राय हुन्थ्यो। केटाहरु उडाउने हो मा हो लाएर । 'द्वारिकाज होटेलमा कुक काम गरेको हुँ' भन्थे। तरमा मासुहालेर पकाउने कुरा गर्थे। चटपटेको स्वाद, तरकारी काट्ने स्टाइल र गफ राम्रै थियो। रमाइलो भयो।

'पार्कबाट रोड झर्नेबाटो भीर र अफ्ठ्यारो छ। तापैहरुलाई गह्रो हुन्छ' भनेर त्यो दाइले रिकमेण्ड गरेनन्। 'त्यसो भे यहि बाटो जाने' केटाहरु तम्सिए। गफैमा त्यो दाइले इन्ट्री टिकट नलिने गरि हामि पार्क छिर्यौँ। र उत्तर पट्टिबाट झर्यौं। एकसरो ठाडो ओरालो बाटो। थोरै भीर पनि। पानी पर्दा र अँध्यारोमा निकै कठीन हुने। तर, हामीसबै सकुसल झर्यौं। र, रोडैरोड १.५ किमि हिडेर बजार फर्क्यौं। बाटोभरि पोलेको मासुको खोजि जारी रह्यो। फ्रेशहाउस, मःमःपसल, लिकरपसल सबैतिर सोधपुछ गरियो - कहाँ मिल्ला भनेर। अनि भेटियो - धुलिखेल लजरिसोर्ट पस्ने बाटोछेउ नेपाल आइस ब्रान्डेड वाईफाईयुक्त रेस्टुराँ। तर, पोल्ने भेटिएन, भुटेकोमात्र। सेकुवा-तास। 'अब होटेल फर्कौं। खास प्रोग्राम सुरु गर्नु पर्छ' यौटा सम्झायो। अनि होटेल फर्क्यौं। तीन घण्टाजति प्लानमैँ नभएको एउटा गजप रमाइलो 'हाईकिङ्ग' यात्रा भयो।
घाम नडुब्दै हामी होटेलको दोस्रो तालाको रेस्टुराँ, छतमा पुग्यौं। 'क्याम्प फ़ाएर' को लागि। 'मैले १६ वर्षमा कसैले तापेको देखेको छैन। बाल्न भन्छन, बाहिर आगो बल्छ र मान्छे भित्रै हुन्छन' होटेल मेनेजरले दिउँसो यस्तो भन्दै हामिलाई निरुत्साहित गर्न चाहेको थिए। हामीले उनलाई 'गफ दिने' भनेर उडाएकाथ्यौं। छिटो बल्न लगायौँ। चिसो र चाम्रो दाउरा परेछ। धुँवा आयो, आगो बलेन। डिजेल हाले। अझै बलेन। हामी स्न्याक्सतिर लाग्यौं। यो तलामा केवल हामीमात्र थियौं। त्यसैले फ्रीडम थियो। सर्भिसवालादाई नेपाली पोसाकमा ठाँटिएका थिए। नाम सोधें। 'नारायण,,,, फ्रम पाल्पा' उनको परिचय। अब सबैको नारनदाई। आगो अझै बलेन। अब 'सोलिड फ्युल' ल्याएर हाल्ने लागे। मुस्किलले आगो बल्यो। अनि हामी आयौं आगो छेउ।

गफले गतिलिंदै गयो। रंगिन तर शीर्षकहीन, प्रसंगहीन, सन्दर्भहीन अनि कहिलेकाहिँ श्रोताहीनपनि। गफ जोकमा सर्यो। जंगको कथात्मक जोक्स बिस्तारै वयस्क र हट हुँदै गए। राजेशले पुरै साथ दियो। अरुहरुले हाँस्दै फुर्सद पाएनन। अघिदेखि अधुरो प्रयास यता सफल भयो। होटेलको किचनबाट काँचोमासु मागेर यता पोल्न थालियो। काठमाडौँबाटै बोकेको दुइटा भ्याट ६९ सकियो। अर्को आयो । मोबाईलको प्रयोग बन्देज गरियो। देखे खोस्ने र फ्याँक्न पनि सकिने। जोक्स नन-स्टप भयो। गीत रिमिक्स हुन्थ्यो। खानाखाने समय सकिन्जेल पछाडि धकेलियो। खगेन्द्र जोड्थे कहिले, कतै कतै मुकेसपनि। मोहन हाँस्थे, खान्थे र साथ दिन्थे चुपचाप। राजन शुद्ध अवस्थामा - मासु आदि नखाने। उनलाई पन्यु समाएर आगोमा 'सोलिड फ्युल' हाल्ने र हाँस्ने ड्युटी मिल्यो । काइदाको। बोल्दाबोल्दै केटाहरुको बोलीमा मा*मु*झुण्डिन थाल्यो। स्वाभाविक। तर पछि त्यो नियम बन्यो। कसैको नाम लिएर बोलाउनु परे त्यसको अघि मा*मु*लाउनु पर्ने। अनि त नारनदाईलाई समेत 'ए मु*नारानदाइ! यसो गर उसो गर' भन्न थालियो। नारानदाई हास्थ्यो र हामीलाई मक्खपार्न भन्दिन्थियो - 'खुब हाँस्नु भयो, धेरै पछि सारै रमाइलो लग्यो सर' । हाम्रोमा उव्रेको स्न्याक्स लिएर जान्थ्यो अर्को गेष्टकोमा। हाम्रो लिष्टमा नभएको मःमः लिएर आउंथ्यो।
'तपाईंहरु भित्र गएर नाच्नु न। उनीहरु एक्लै नाचिरहेका छन्।' नाच्दै गरेका चिनियाँ गेष्ट देखाउदै मेनेजर आएर भने। उनलाई 'आगोको किस्सा' सम्झाउदै 'आगो तापेरै दाउरा सकियो। फेरी अरुलाई गफ नदिनु' भन्दै नाच्न हिड्यौं। नेपाली, हिन्दि, अंग्रेजी जुन पायो उही गीत। ति चिनियाँलाई पनि नचाए केटाहरुले । उनीहरुले पनि हाम्रो स्टेप हेर्दै बेहिसाब नाचे। कुरा गरे। यतापनि मा*मु*लगएरै। निकै उफ्रिईयो। गर्मि भयो । ज्याकेट झिके, सर्ट झिके। र स्याण्डोमा नाच्न थाले। आफ्नै मोबाईल 'सिस्टम'मा जोडेर बजाए। एउटालाई त्यै स्याण्डोपनि बोझ भयो। झिकेर नाच्न थाल्यो। अर्कोलाई झिक्न लगायो। नझिके च्यात्ने प्रयास भयो। सबैले झिके र नाचे बिन्दास। निकै ढिला खाना खाइयो। अनि, कोठा प्रस्थान। मा*मु*को नियम यथाबत।
'ल अब खेलम् !' भेलाहुने कोठामा सबैजम्मा नहुँदै एउटाले तास खोल्यो। अर्कोले 'हैन गीत गाउने' भन्दै गाउनै शरु गर्यो पुराना नेपाली लोकगीत - "चुँई चुँई चुँईकने जुत्ता, सालीको खुट्टा ……"। बस्दाबस्दै अर्कोलाई गर्मि भयो। कपडा खोल्यो। अनि सबैलाई उर्दी गर्यो। नत्र च्यातिन्छ। सबैले माने। अब सबैले बाहिरीबस्त्र हटाए । काँठे गीत, पुर्बेली, दोहोरि, देउडा, आधुनिक सब भाका र जेनेरेक गीत रिमिक्स र प्यारोडी आए। सुर बेसुर सबै कराए। रमाएर। होटेलका कोठाहरु सुनसान थिए। तेसैले जोश अझ बढेको थियो।
'ल अब खेलम् !' एकछिन सुस्ताएको बेला एउटाले कुरो मोड्यो। अर्कोले सहि थप्दै भन्यो - 'इट्स तिहार गाईज! लेट्स प्ले!' र शुरु भयो रु.सयको फ्राँस। मध्यरात तिर। पानी र अरु खानेकुरा थपियो। बिस्तारै थाके। सुस्ताए। क्रमसः सुत्न हिंडे एक एक गर्दै। राति २ बज्यो।
घाम लाग्यो। केहि ढिलो उठेर बाहिर निस्कियौं । शान्त, थकित तर फ्रेश। अलमल गरि ब्रेकफास्टतिर पुग्दा १० बज्नथालेको थियो। ब्रेकफास्ट टेबल घाममा राखी फेरी खेल सुरु। रिफ्रेशमेण्ट। सकियो। अब फर्किने।
हिजो चिया खाएको ठाउंमा फेरी बस्यौं। सुस्ताएर। यौट़ा वाटर बोतलमा रिहाईड्रेसन झोल बनाएर पनि सदुपयोग गरे। हिजोलाई रिकल गर्दै। कसैकसैको कतै 'सिन गायब' भएको रहेछ। सम्झियो, सम्झाईयो । फोटोको चर्चा भयो। हिसाबकिताब मिलाइयो। ठीकठाक।
अनि लाष्टिंग मेमोरी लिएर फर्कियो।
समाप्त।