२०७४ बैशाख ३, आइतबार। द लाष्ट रिसोर्ट, भोटेकोशी
हामी तातोपानी र केही पर नेपाल-चीन बोर्डरसम्म पुगेर बन्जी गर्नेठाउँ फर्किंदा मध्यन्न्ह भैसकेको थियो। ट्याण्डम स्विङ्ग चलिरहेको थियो। यता पुलबाट बन्जी र स्विङ्ग दुबै खेल चल्ने रहेछ। त्योबेला पुलमा हिड्न बन्देज थियो। झोलुङ्गेपुल नहाल्लियोस भनेर। वारीपट्टी बाटो किनाराका पसलका झ्यालबाट स्विङ्ग खेलेको हेर्यौं। सानो ब्रेकमा मान्छेहरु ओहोरदोहोर गर्थे। रिसोर्टका यौटामान्छे आए, साथीले चिनेका। आज हावा बेसरी चलेकोले अहिलेसम्म बन्जी शुरुनभएको कुरो सुनाए। वेटिङ्गमा बस्न भने। पारी रिसोर्टमा गयौं। देशीबिदेशी पर्यटकहरु थिए। करिब ४०-५० जना पालो कुरिरहेका। साथीले बन्जी नगर्ने। पहिले धेरैचोटी आएर पनि फर्किसकेको उ मेरो लागी कुरिरहेको थियो। मैले रसिद काटे। २५% छुटमा रू ३,६०० तिरें। हावा चलिरह्यो। यताउति डुलेर टाइमपास गर्नतिर लाग्यौं। यसैबीच स्टाफ आएर तौलनाप्यो । काँटाले देखाएकोमा ३ केजी बढाएर मेरो हातमा मार्क गरिदियो। एउटा कागजमा स्वस्थसमस्या नभएको घोषणा गरेर सही गर्न लगायो। र कुर्न भन्यो।

हावा केहि रोकियो। एक बजिसकेको थियो। बन्जी सुरु भयो। तौल समूह मिलाएर बोलायो। कमतौल भएकाहरु पहिले। धेरै जना थिए। सबैजसो महिलाहरु। निश्चित केहि निर्देशन सिकाउछ। पुलबाट जम्प गरेर तल झरेपछि उल्टो पारेको जीउलाई डोरी खिचेर सुल्टो पर्ने र केहि इसारा दिएपछि अर्को डोरी खस्छ, त्यसले माथि तानेर ल्याउने रहेछ। एउटा चिनिया केटीले त्यो स्टेप बिर्सी छ क्यारे, झुण्डेको झुण्डेइ भइ। सायद भाषाको समस्या होला वा उ डराएकोले वा नर्भस भएकोले बिर्सी। निकै बेर लाग्यो उसलाई रेस्क्यु गर्न। अर्को रोप खसालेर, त्यसबाट क्रू झरेर मद्दत गर्न गयो। त्यै बेला डोरी माथि तान्ने मेसिन बिग्रेछ क्यारे, अब दुवैजना झुण्डिए। यसचोटी त सुल्टो थियो। ६-७ जना क्रू मेम्बरहरुले रथको डोरी ताने झैँ गरेर तिनीहरुलाई पुलमा तानेर उद्धार गरे। अब रोकियो बन्जीको क्रम। फेरी सुरु हुने नहुने टुंगो भएन।

धेरैजना थिए क्युमा अझै । काठमाडौँबाट बिहानै आएका दुई बस थिए। बन्जी रोकेर केहीबेर स्विङ्ग चालु गरे। डोरी तान्ने मसिनले काम नगरे तल खोलाको किनारमै ल्यण्डिङ्ग गर्ने विकल्प सुनाए। डोरीले पुलमै तान्ने मसिन आउनु अघि डेढबर्ष पहिलेसम्म त्यही गरिन्थ्यो। लामो बाँसको टुप्पो समातेर भुइँमा बिछ्याएको टेन्टमा ल्याण्ड गर्न पर्नेहुन्छ। अनि, खोलाको किनाराबाट रिसोर्ट हिंडेर फर्किंदा २०-२५ मिनेट ठाडो उकालो हिड्नु पर्छ रे।
मधुलाई अबेर भयो। डिउटी जानपर्ने। उ हिड्यो। म कुरें यताउती गर्दै, बन्जी गर्न पाउने आशमा। अनिश्चितता कायमै थियो। केहीबेरपछि हावाको बेग निकै कम भयो। मसिनले पनि काम गर्यो। बन्जी सुचारु भयो। म मुनिको तौल समूह बाँकी थिए। उनीहरुको पालो आयो। चार बज्यो। बल्ल हाम्रो तौल समूहको पालो आयो। एउटा महिला सहित १५ जना जति भयौं । पुलमा टेक-अफ गर्ने बिन्दु नजिक लामबद्ध गराए। समूह भित्र बढीतौल हुनेलाई पहिले जम्प गराउने रहेछ। रस्सिको ईलास्टिसिटि र अन्य टेक्निकल कारणले तेसो गर्छ भन्थ्यो। यस हिसाबले मेरो पालो अन्तिम २ जना भन्दा मात्र अघाडी पर्यो।
पुलमा बसेर नजिकैबाट क्रुको ईन्स्ट्रक्सन, जम्प गर्नेहरुको तयारी,मनोदशा, हाउभाउ र प्रतिक्रिया नियाल्न पाइयो। एकजना अस्ट्रेलिया-इन्डियन सबै तयारी पश्चात हामफाल्ने बिन्दुमा पुगेर डराएर फर्क्यो। यौटी महिला सहित २ अरुले पनि बडो कठिनता पछि अत्यन्त डराउँदै हाम फाले। यो सबै नियाल्दै बस्दा निकै रमाइलो, रोमान्चक, डर मिश्रित अनुभूति हुन्थ्यो। मेरो पालोमा मैले के गर्ने हुँला, सक्छु कि सक्दिन, जसरी पनि जम्प गर्नुपर्छ जस्ता कुरा मनमा खेल्थे। हावा निकै मन्द भएको थियो। यस्तोमा पुल र रस्सी कम हल्लिन्छ र जम्प सहज र सुरक्षित पनि हुन्छ रे। कुर्दै गर्दा बन्जी क्रुले बेल्ट लगाइदियो। दुइ तिघ्रा हुँदै, कम्मर र काँधसम्म बेर्ने बेल्ट थियो, त्यसमा हार्नेस र अरु फित्ताहरु जोडिएका थिए। दुवै खुट्टाको पिडुला बेर्ने अर्को कफ बाँध्यो। गफगर्दै बेल्ट कस्यो। रमाइलो पाराले हँसाउँदै र सिकाउंदै कुरा गर्थ्यो। जसले जम्परहरुको चिन्ता हटाएर जोस भर्न मद्दत हुन्थ्यो। मेरो पालो आयो। ५ बजेको थियो।
जम्पिंग प्लेटफर्ममा गएँ। फिल्म क्रुले बायाँ नाडीमा गो-प्रो बाँधिदियो। भिडियोको लागि बाईट लग्यो। अर्को क्रूले हार्नेस, बेल्ट फेरी चेक गर्यो। इन्स्ट्रक्सन फेरी दोहोर्यायो। र 'वाक लाईक अ पेन्गुइन, फ्लाई लाईक अ बर्ड' भनेर अघाडी पठायो। जम्पगर्ने पोइन्टमा अर्को क्रुले पछाडी बिस्तारै पक्रेर प्लेटफर्मको छेउसम्म खुट्टा आधा बाहिर पुग्ने गरि उभिन भन्यो। गहिरो खोंचमा मसिनो बगेको भोटेकोशी, दुवै किनारा तिर बगर, ढुंगे ढुंगा, अनि दुवैतर्फ चट्टाने ठाडो भिर र घाँस, मन्द हावामा सुसाइरहेका केहि रुखहरु। खुट्टामुनि हेरें, मन सिरिङ्ग गर्यो। सिधा अघि हेरे, पर डाँडा, आकाश र क्षितिजतिर। सपोर्ट दिईरहेको क्रुले सोथ्यो 'माधबजी तयार हुनुहुन्छ ?' म: 'यस! रेडी छुँ' उ: 'ल ,, वन.. टु.… थ्री… बन्जी!!! र मैले जम्प गरें
यसरी मैले बन्जीको अनुभव लिएँ। करीब ३ सेकेन्डको फल, ३ जर्क र केहि सुइङ्ग गरी फिर्ता प्लेटफर्ममा आउँदा ३.३८ मिनेट लाग्यो। कतै भुमरी भित्रपसे झैँ, कतै चक्कर खाए झैँ खस्दा फनफनी, अनौठो झट्का र त्यसपछि चरा झैँ स्विङ्ग हुँदै उड्दा त निकै गजप रोमान्चक अनुभूति भयो। डरलाई जितेको महसुस भयो। मैले सकें भन्ने बोधले यौटा सन्तुष्टि मिल्यो।
सबैले बन्जी सके पछि करिब ६.३० बजेतिर रिसोर्टको बसमा २८ अरु यात्रीसंगै म पनि काठमाडौँ फर्के। भाडा दिन परेन - फ्री राइड मिल्यो। घर पुग्दा रातीको ११:३० बजेको थियो।
Watch Youtube Video of this Bungy Jump