ब्लग नलेखेको निकै भएछ। त्यसैले यसपालीको न्यु इयर रिजोलुसन बनाएको छुँ - सक्रिय रहने र ब्लगलाई नियमित गर्ने। ….

२०७४ बैशाख १ गते, शुक्रबार: हिजोमात्र चारदिन नेपालगंज बसेर फर्केको कुनै अर्को यात्राको मूड त थिएन तर नयाँ वर्षको छुट्टी तीनदिन कसरी बिताउने कुनै योजना पनि थिएन। छुट्टीको बिहान म प्राय साइकलिङ्ग जाने गर्छु। आज बिहान पौनेआठ बजेतिर दशरथ रंगशाला हुँदै बसन्तपुर गएँ। त्यहाँ मेरो बर्ष २०७४: म स्वस्थ मेरो देश स्वस्थ (My Year 2074: My Health, Healty Country) अभियानको शुभारम्भ कार्यक्रम थियो। स्वास्थ्य मन्त्री गगन थापा, राज्यमत्री, सचीव लगाएत मन्त्रालयका कतिपय मान्छेहरु थिए। मनिषा कोईराला पनि थिइन्। मैले चिनेका कति साथीहरु पनि भेटिए। लाइफस्टाइलसंग जोडिएका स्वास्थ्य समस्या घटाउन मन्त्रीको बिशेष पहलमा यो वर्ष यौ क्याम्पेन सुरु हुँदै थियो।

भिडको यौटा कुनातिर भुवन भेटिए। कुराकै सिलसिलामा "खोइ हामी बाह्रबिसे जाने भनेको थप कुरै भएन। ' उनले भने। "त्यै त है! म पनि यो हप्ता निकै बिजी भएँ। कुरै गर्न पाइएन।" मैले भने। हाम्रो साथी डा. मधु बडाल त्यतै काम गर्छ। हामीले करिब एक महिना अघि भेटमा त्यता घुम्न जाने कि भन्ने सोचेका थियौं।
बेलुका मधुलाई फोन गरें। उ छुट्टीमा घर आएको रहेछ - काभ्रे। पर्सि आइतबार फर्किने गरि। हामी आउने भए भोली नै फर्किन सक्ने बतायो। भुवनलाई खबर गरें तर उ भोलीदेखि शुरु हुने यौटा तालिममा सरिक हुनपर्ने भएर जान नमिल्ने रे। अरुकोही उत्सुक भेटिन्छन कि भनेर पनि यताउता सोधें। भेटिएन। एक्लै जाने निर्णय गरें।
२०७४ बैशाख २ गते, शनिबार: योजना अनुसार काठमाडौँ - बाह्रबिसे बाइकमा जाने, ११ बजे तिर पुग्ने, अनि बन्जी गर्ने थियो। तर रातभर गड्याङ्गुडुङ्ग गर्दै पानी पर्यो। बिहानभर रोकिएन। रेनकोट तयार परें। साथीलाई फोन गरे। उता आकास धुम्म रहेछ तर पानी परेको थिएन रे। हिड्ने निधो गरें तर बसमा। सिमसिम पनि थियो। छाता बोकें। चोक यौटा बाईकले लिफ्ट दियो। अलिपर ट्याम्पु भेटियो। कोटेश्वोर। भाडा रू १५। बाटोको बायाँ गाडीको ताँती थियो - सबै पूर्व जाने। जुन पहिले भेट्यो त्यैमा चढ्ने सोचेर ताँतीको शीरतिर बाट गाडी हेर्दै आएँ। यौटा बस भेटियो। थोरै यात्रु थिए। म लास्टको झ्यालतिरको सीटमा बसें। म लामो यात्रामा ढोका छेउ वा बीचतिरका सीटमा बस्दैन किनकी के थाहा कुनै रिजर्ब श्रेणीका यात्रु आएपछि बिचैमा सीट छोड्न उठ्नु पर्छ। ८ बज्यो। केहीबेरमा गाडी हिंड्यो। साथीलाई म हिडें भनेर मेसेज गरें। पानी पर्न रोकिएको थियो। छेउको सीटमा बस्ने सज्जनले भने साढेतीनदेखि चार घण्टा लाग्छ बाह्रबिसे पुग्न । भाडा रू १८०।
गाडी भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बन्देउ, सुकुटे, बलेफी, अँधेरी, खांडीचौर हुँदै बाह्रबिसे पुग्दा ११.१५ भयो। आकाश धुम्म थियो। बाटो केही खाल्डाखुल्डी बाहेक सजिलै थियो। यौटा चिया ब्रेक भयो २० मिनेट। बाटोमा इन्द्रावती नदि आयो। दोलालघाटबाट उत्तर तिर हिडेको केहीबेरमा भोटेकोशी आयो। तिरैतिर रिसोर्ट र रेस्टुरेन्ट देखिए। सुकुटे-बलेफी-अँधेरी बाटोमा रयाफ्टिंग बोट बोकेका गाडी देखिए। माथि सुनकोशी आयो। बाटोमा बाढीले खाएका, भूकम्पले हल्लाएका, भत्केका ठाउं, हाईड्रोपावरका संरचनाहरु निकै देखिए। कालिञ्चोक, जिरी, चरिकोट, मन्थली पनि गाडी पनि यै बाटो जाने रहेछन।
साथीको श्रीमति (सुष्मा जी) र छोरा पनि यतै रहेछन। 'ल अब खाना खाने, आज दिउसो यतैतिर डुलौ, बन्जी नमिल्ने भयो। भोली।' साथीले भन्यो। प्रि-बुक नगरी जानेको पालो अनिश्चित हुन्छ। दिनभर अब के गरी बस्नु? बाटोमा देखेको रयाफ़्टिङ्ग सम्झे। आजै त्यतै ट्राई गरौँ भने। उ पहिल्यै गैसकेको रहेछ तर सुष्माजीले रहर गर्नु भो। डा. कुशल (डेण्टिस्ट - यतै प्राक्टिस गरिरहेका) पनि जाने कुरो भयो। साथीले उसको सम्पर्कहरुलाई सोध्यो। निकै प्याक छ रे भन्ने सुनियो। नयाँबर्ष, शनिबार भएपछि यस्तै हो बिजी। वेबसाइटबाट यौटा मोबाईल नम्बर खोजेर ट्राई गरें। यौटी महिलाले उठाइन्। सुकुटे बीच रिसोर्ट। तुरुन्त पुग्न सके ग्रुपमा २-३ सीट मिलाईदिने बताइन् र हामीलाई अँधेरी आइपुग्न भनिन्। दुइटा बाइकमा हामी त्यता लाग्यौं।


यतिबेलै हेमन्तले फोन गर्यो। उ र कपील हिजो बिहान बाईकमा दोलालघाट जाने भनि काठमान्डूबाट हिडेका साँझदेखि फोन सम्पर्कमा थिएनन् । अहिले खाँडिचौर आइपुगेछन्। हिजो कतै गाउँतिर बसेको, फोन ब्याट्रीचार्ज गर्न नसकेर सम्पर्क बिहीन भएको रे। अब तिनीहरुलाई सर्प्राईज रयाफ्टिंग राइड।
हामी अँधेरी पुग्दै गर्दा बोट बोकेका बसहरु आइरहेका थिए। यौटा ठुलो ग्रुप रहेछ अडिट कारोबारी संस्थाको, आर्टिकल गर्ने युवायुवतीको रिट्रिट रहेछ। त्यै समूहमा मिसियौं। हामी अब ५ जना थियौं । भाडा रू १२०० प्रतिव्यक्ति। हाम्रा फेर्ने समान बसमा राख्यौ, लाइफ जकेट र हेल्मेट पहिर्यों, पाडल बोक्यौं र इन्ष्ट्रक्सन सुन्ने लाईनमा गयौं। सबै पहेंला, राता देखिन्थे।

आज घाम लागेन तर दिन उज्यालो थियो। दुवैतिर पहाड। दाहिने तिर अरनिको राजमार्ग मुनि भोटेकोशी धमिलो बगेको थियो। हिजो माथी हिमाल तिर पानी परेछ सायद। बोट नदीमा हेलिंदा पानीका बाछिटाले छ्याप्थ्यो। बहावसंगै ढलपल बोट, क्याप्टेनको कमाण्ड 'फरवार्ड, फास्टफरवार्ड, स्टप, डक, ब्याकवार्ड' सुनेर सबै यात्रीले पेडलिंगको रिदम मिलाउन पर्ने, र्यापिडहरुमा आउने तरंगहरुले यात्रा निकै रोमान्चक बनायो। सबै जोडजोडले हौसिरहेका थिए। तैरिरहेका अरु बोटहरुको दृश्य सुन्दर देखिन्थ्यो। तीबोटहरु संग पटक पटक पानी छ्यापेर रमाइलो गरिन्थ्यो। दुईठाउं हाम्रो बोट ढुंगामा अडियो। एकठाउँ ठूलो २० फिट अग्लो चट्टानबाट भोटेकोशीमा हामफाल्न मिल्ने रहेछ। केटाकेटीहरु फटाफट जम्प गरिरहेका थिए। पौडिन नजान्नेहरु तैरिन्थे र कायाकले तानेर किनारामा लिन्थे। कपील र हेमन्तले जम्प गरे र स्विमिङ्ग गर्दै किनारा पुगे। म केहीबेर दोधारमा थिए। जाडो थियो। तर सोचेँ - यस्तो मौका निकै कम आउञ्छ। त्यसैले जम्प गरे र आफै पौडेर किनारा पुगें।
करिब २ घण्टाजतिमा हाम्रो र्याफ्टिंग सकियो। हाम्रो समान राखेको बसले समान बेपर्बाह तरिकाले काउन्टरमा छोड्देछ, कतै ठोक्किएर मेरो मोबाईलको सिसा फुटेछ। साथीको अस्पतालको खाली एम्बुलेन्स यतैबाटो आउदै रहेछ। हामीलाई अँधेरी फिर्ता पुर्याइदियो - बाइक राखेको ठाउं। भिजेका हामी लोकलबस खोज्दै कुर्नु परेन। दुइजना छुट्टिए काठ्मान्डु जान र हामी फर्क्यौं बाह्रबिसे ।
भजन कृतनमा नाच्दा

साँझपख खाना खायौँ। मधुले 'भजन कृतनमा जाने?' भनेर सोध्यो। मलाई त्यो रमाइलो अफर लग्यो। 'आठबजे यताबाट गाडी जान्छ। तल सुनकोशीको किनारमा शिवमन्दिर छ। त्यहाँ बर्सेनी सत्संग लग्छ। यसपाला हिजोदेखि सुरु भयो। १०/११ बजेसम्म सकेर त्यै बस फर्किन्छ।" उसले थप्यो। हामी गयौं। गाउँका महिला पुरुष युवा युवतीहरु जम्मा भए। 'नर्सिङ्ग महापुराण तथा गर्ग संहिता' शुरु भयो। भजन सुरु भयो। बिस्तारै श्रद्धालुहरु नाच्नलागे। निकै रमाइला नाचौनाचौ लाग्ने भजन आए। हामीपनि चुप बस्न सकेनौं। र नाच्यौं … 'हेSSS कृष्ण मनैमा बसाउँला …"



भिडको यौटा कुनातिर भुवन भेटिए। कुराकै सिलसिलामा "खोइ हामी बाह्रबिसे जाने भनेको थप कुरै भएन। ' उनले भने। "त्यै त है! म पनि यो हप्ता निकै बिजी भएँ। कुरै गर्न पाइएन।" मैले भने। हाम्रो साथी डा. मधु बडाल त्यतै काम गर्छ। हामीले करिब एक महिना अघि भेटमा त्यता घुम्न जाने कि भन्ने सोचेका थियौं।
बेलुका मधुलाई फोन गरें। उ छुट्टीमा घर आएको रहेछ - काभ्रे। पर्सि आइतबार फर्किने गरि। हामी आउने भए भोली नै फर्किन सक्ने बतायो। भुवनलाई खबर गरें तर उ भोलीदेखि शुरु हुने यौटा तालिममा सरिक हुनपर्ने भएर जान नमिल्ने रे। अरुकोही उत्सुक भेटिन्छन कि भनेर पनि यताउता सोधें। भेटिएन। एक्लै जाने निर्णय गरें।
यात्रा भोटेकोशीको किनारै किनारा (भाग - १)

गाडी भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बन्देउ, सुकुटे, बलेफी, अँधेरी, खांडीचौर हुँदै बाह्रबिसे पुग्दा ११.१५ भयो। आकाश धुम्म थियो। बाटो केही खाल्डाखुल्डी बाहेक सजिलै थियो। यौटा चिया ब्रेक भयो २० मिनेट। बाटोमा इन्द्रावती नदि आयो। दोलालघाटबाट उत्तर तिर हिडेको केहीबेरमा भोटेकोशी आयो। तिरैतिर रिसोर्ट र रेस्टुरेन्ट देखिए। सुकुटे-बलेफी-अँधेरी बाटोमा रयाफ्टिंग बोट बोकेका गाडी देखिए। माथि सुनकोशी आयो। बाटोमा बाढीले खाएका, भूकम्पले हल्लाएका, भत्केका ठाउं, हाईड्रोपावरका संरचनाहरु निकै देखिए। कालिञ्चोक, जिरी, चरिकोट, मन्थली पनि गाडी पनि यै बाटो जाने रहेछन।
तत्काल बनेको रयाफ्टिंग योजना
साथीको श्रीमति (सुष्मा जी) र छोरा पनि यतै रहेछन। 'ल अब खाना खाने, आज दिउसो यतैतिर डुलौ, बन्जी नमिल्ने भयो। भोली।' साथीले भन्यो। प्रि-बुक नगरी जानेको पालो अनिश्चित हुन्छ। दिनभर अब के गरी बस्नु? बाटोमा देखेको रयाफ़्टिङ्ग सम्झे। आजै त्यतै ट्राई गरौँ भने। उ पहिल्यै गैसकेको रहेछ तर सुष्माजीले रहर गर्नु भो। डा. कुशल (डेण्टिस्ट - यतै प्राक्टिस गरिरहेका) पनि जाने कुरो भयो। साथीले उसको सम्पर्कहरुलाई सोध्यो। निकै प्याक छ रे भन्ने सुनियो। नयाँबर्ष, शनिबार भएपछि यस्तै हो बिजी। वेबसाइटबाट यौटा मोबाईल नम्बर खोजेर ट्राई गरें। यौटी महिलाले उठाइन्। सुकुटे बीच रिसोर्ट। तुरुन्त पुग्न सके ग्रुपमा २-३ सीट मिलाईदिने बताइन् र हामीलाई अँधेरी आइपुग्न भनिन्। दुइटा बाइकमा हामी त्यता लाग्यौं।
यतिबेलै हेमन्तले फोन गर्यो। उ र कपील हिजो बिहान बाईकमा दोलालघाट जाने भनि काठमान्डूबाट हिडेका साँझदेखि फोन सम्पर्कमा थिएनन् । अहिले खाँडिचौर आइपुगेछन्। हिजो कतै गाउँतिर बसेको, फोन ब्याट्रीचार्ज गर्न नसकेर सम्पर्क बिहीन भएको रे। अब तिनीहरुलाई सर्प्राईज रयाफ्टिंग राइड।
हामी अँधेरी पुग्दै गर्दा बोट बोकेका बसहरु आइरहेका थिए। यौटा ठुलो ग्रुप रहेछ अडिट कारोबारी संस्थाको, आर्टिकल गर्ने युवायुवतीको रिट्रिट रहेछ। त्यै समूहमा मिसियौं। हामी अब ५ जना थियौं । भाडा रू १२०० प्रतिव्यक्ति। हाम्रा फेर्ने समान बसमा राख्यौ, लाइफ जकेट र हेल्मेट पहिर्यों, पाडल बोक्यौं र इन्ष्ट्रक्सन सुन्ने लाईनमा गयौं। सबै पहेंला, राता देखिन्थे।
करिब २ घण्टाजतिमा हाम्रो र्याफ्टिंग सकियो। हाम्रो समान राखेको बसले समान बेपर्बाह तरिकाले काउन्टरमा छोड्देछ, कतै ठोक्किएर मेरो मोबाईलको सिसा फुटेछ। साथीको अस्पतालको खाली एम्बुलेन्स यतैबाटो आउदै रहेछ। हामीलाई अँधेरी फिर्ता पुर्याइदियो - बाइक राखेको ठाउं। भिजेका हामी लोकलबस खोज्दै कुर्नु परेन। दुइजना छुट्टिए काठ्मान्डु जान र हामी फर्क्यौं बाह्रबिसे ।


No comments:
Post a Comment