
यसको सूचना त पोहरको 7th Kathmandu Marathon को फिनिश गेटमै टाँसेको थियो तर आयोजकले यसपाला कुनै पब्लिसिटी नै गरेनन् । र यो रेस हुने न हुने टुंगो डेढहप्ता अघिसम्म पनि थिएन। सर्न सक्ने हल्ला पनि आयो। सोसलमेडिया वा वेभसाईड कतै पनि आप्डेट थिएन। अन्योल थियो । हाम्रो पूर्व सहकर्मी प्रभरणजी, जो यो इभेन्टसंग केहि सम्बन्धित हुनुहुन्थ्यो, ले पनि निश्चित खबर दिनसक्नु भएको थिएन । मैले अर्गनाइजरलाई पठाएको इमेलको रिप्लाईमा "टाइटल स्पोन्सर न भएकोले पुरा प्रचार गर्न नसकिएको तर यो म्याराथन हुने निश्चित छ' भनेर पाएँ । सेप्टेम्वर १५ मा , जम्मा ५ दिन अघाडी। त्यसैले खासमा राम्रो तयारी गर्ने माहोल नै बनेन।
अफिसतिरका र अन्य साथीहरु निकै उत्साही थिए । सबैको तयारी कम, उत्साह बढी भयो। यहि छोटो समयमा पनि करीब ४२ जना (अफिसका सहकर्मी र अन्य चिनजानका साथीहरु) हाम्रै नेटवर्ककाहरु ले दर्ता गरे। रमाईलोको लागि उन्त्साह नै चाहिने हो।
सतिशजीलाई अनुरोध गरेर नयाँ रनरहरुको निम्ति छोटो तयारीको टिप्स/सल्लाह सेसन गरियो। केहि रनरहरुलाई जवर्जस्ती फकाउनु परेपनि, चहलपहल, कुराकानी र जर्सी भएपछी त उमङ्ग बढ्ने नै रहेछ। सबै एक्साइटेड बने। यसपाली भवानीजीले पनि हाफ मराथान दौडने निर्णय गरे।

पोहर झैँ यो पालाको इभेन्ट पनि त्रिपुरेश्वरको दसरथ रंगशालामै शुरु र अन्त हुने छ। ५ किमिको लागि रुट पनि उही छ। तर, हाफ र फुल म्याराथनको रुट भने भिन्न रहेछ। यो वर्ष नयाँ रुटको अनुभव हुने भयो - थापाथली चोक - पाटन क्याम्पस - शंखमूल - बानेश्वर - तिनकुने - गौशाला - चावेल - नारायणगोपालचोक - दरवारमार्ग - शहीदगेट।
नयाँबाटोमा आफै लक्ष र आफ्नै कम्फर्ट जोन सँग संघर्ष गर्दै आफैलाई जित्ने थोरै साहसिक प्रयासलाई सम्पन्न गर्दै - फ़िनिशिङ्गलाईनमा पुगेको रोमान्चक कल्पना आईरहेको छ। (बाँकी भोलि)

सातौँ संस्करण बारेको यी ब्लगहरु पनि पढ्नुहोस्:
Blogs on 7th Kathmandu Marathon (1)
Blog on 7th Kathmandu Marathon (2)
Blog on 7th Kathmandu Marathon (3)
No comments:
Post a Comment