काठमाडौँ माराथनको सातौँ सस्करण सुरुहुने कुरो चल्यो। यसपाली रजिस्ट्रेशन १० दिन अघिसम्म पनि खुलेको थिएन। कामतिरको अलमलले खास ध्यान पनि गएन। अरु साथीहरुले पनि खासै जाँगर देखाएकाथिएनन। एकहप्ता अघि दर्ता गर्ने बारे कुरो चलायौं। पहिले केटीहरुले चासो देखाए। क्रमस: केटाहरुले पनि दर्ताको लागि सहमति गरे। कामको चापको बीच यस्ता इभेन्टमा भाग लिन धेरैलाई हम्मेहम्मे पर्ने देखियो। दर्ता गरेपछि हल्का अभ्यास पनि त गर्नुपर्छ। समय र जाँगर दुवैको मेल गराउनु निकै चुनौती हो। अन्तत हामी फेरी २४/२५ जना पुग्ने भयो।
म बिहान बिहान कहिलेकाही दौडिन्थ्यें। त्यस्तै ४-५ किमी। प्राक्टिस गर्न। पोहोरसाल भन्दा निकै सहज तरिकाले दुरीतय हुन्थ्यो । बीचमा केहि अघि फ़ुट्स: खेलेकोले पनि होला। यसपाला हाफ माराथन दौडने रहर थियो। तर आँट आईरहेको थिएन। गफको सिलसिलामा सबैलाई प्रसङ्गबस् २१ किमि आँटने कुरो गर्थें। यो सबै आफैलाई तयार गर्न सकिन्छ कि भनेर प्रयास गरेको मात्र थिएं। प्रमोदजीले मलाई यसपाली २१ किमि भाग लिन भन्दै निकै उक्साए। यदि म दगुरे मुकेशले पनि पहिलो पल्ट २१ किमि दगुर्ने कुरा गरे। मलाई थप दवाब पर्यो। मुकेशले त हाफकै लागि दर्ता शुल्क मेरो जिम्मा लगाए। प्रक्टिसमा एक्लै दगुर्दा अल्छि लाग्थ्यो। अफिसतिरका कोही साथीहरु पनि मेरो नजिक नबस्ने। यस्तैमा कर्णजी (जुम्लाकै साथी) तयार भए बिहान-बिहान साथै दगुर्न थाल्यौं, सातदोबाटो तिर। उनि फास्ट दगुर्न सक्ने। मैले बिस्तारै तर लामो समय दगुर्ने प्रयास गरेँ। एकदिनमा अधिकतम ६ किमिसम्म दौडियो। यति अभ्यासले पुग्ला न पुग्ला। त्यति आत्मबिश्वास आएन। अनि, दर्ता ५ किमिमा भर्न पुगेँ।
सबैको दर्ता गर्ने जिम्मा मैले लिएको थिएँ। अफिस पछि चिया खाने पसल, जसलाई हामी पीओसी (पोस्ट अफिस क्लव) पनि भन्छौं, मा दर्ता बारेमा कुरा चल्यो । मुकेशले मेरो ५ किमिबारे सुनेपछि कि आफुले २१ बाट झिक्ने नत्र मैले पनि २१ मा जानुपर्ने जिद्दी गरे। संगसंगै दगुर्ने। आबश्यक परे हिड्ने कुरो गरे। प्रमोदले पनि हामी संगसंगै दगुर्ने आश्वसन दिएका थिए । अरुहरुलाई त यसपाला मैले २१ मै दगुर्ने भन्ने लागेको रहेछ। पीओसीवाला सबैले हौस्याए। यसैबीच राजेशले एउटा प्रसङ्ग निकाल्दै दिउँसो कुराको सिलसिलामा सतिशजीले 'माधवपनि हाफ दगुर्छ नि यसपालि' भनेको कुरो सुनाए । हो, मैले केहिअघि 'आफ्नो 'कम्फोर्ट जोन' संग कम्पिट गर्नलाई दगुर्नुपर्ला' भनेर कुरा गरेको थिएँ। यस्तै कुरा सोसल मेडियामा पनि लेख्थें। आफुले आफैलाई दबाब दिनलाई मैले प्रसंगबस भन्ने गर्थें। कुरै नगरे त म निकै अल्छि छुँ,। यी सबै कुराले मेरो निर्णय परिबर्तन गर्न मद्दत गर्यो। मैले भोलिपल्ट फेरी दर्ता फेरें। अब म पक्का हाफ-माराथान दौडिने भएँ। जर्सी नं ५३३ !
मैले हाम्रो अफिसबाट भाग लिने साथीहरुको लागि दर्ता, तयारी आदि कार्यमा समन्वय गरि सहयोग गर्ने गरेको थिएँ। केहि नयाँ रनरहरु थिए। एकदिन अगाडि तयारी ओरिएण्टेसन गर्यौं। सतिशजीले गतबर्षको प्रसङ्ग जोड्दै दौड भन्दा पहिले र दौडको बेला ध्यानदिनुपर्ने महत्वपूर्ण टिप्स सहित रमाइलो र ज्ञानबर्द्धक प्रस्तुति दिनुभयो। यस्तोमा उहाँ निकै निपूर्ण हुनुहुन्छ। यसले सबैमा जाँगर र जोश
थपियो। यसैबेला यसपालाको दौडबाटपनि केही फण्ड उठाउने कुरो चल्यो। त्यसबाट उठेको रकम केमा सदुपयोग गर्ने भन्ने कुरो पछि निर्णय गर्ने कुरो भयो। सबै आ-आफ्नो तयारीमा जुटे। भोलि बिहान ६ बजे दशरथ रंगशालामा भेट हुनेगरी।
घर लागें। भोलि बिहानको तयारी गरें। दुईतीन दिनदेखि आराम ग
रिएको थियो । दौडिएको थिईन। १/२ दिन अघिदेखि पर्याप्त इलेक्ट्रोलाईट्स खाएर रिहाइड्रेड गरेको थिएँ । बाटोको लागि आवश्यक तयारी गरियो - पानी, केही फर्स्ट-एड औषधि र संगसंगै बाटोमा एस्कर्ट गर्ने बाइकमा साथी ।
पहिलो प्रयास, जसले जे भनेपनि चिन्ता त हुने नै भयो। अरुहरुले निकै तयारी गरेका होलान्। बिचैमा छोड्नु परे कस्तो लाग्ला। कहाँ कहाँ हिड्नु पर्ने होला, के कस्तो अफ्ठ्यारो पर्ला। खुट्टा दुख्ने होला। मेरो जुत्ताले साथ देलानदेला। यस्तै तर्कना झेलियो। आयोजकले वितरण गरेको जर्सी कटनको थियो यसपाला। पोहोरको भन्दा भिन्न। पसिनाले च्यापच्याप भएर टाँसिने हुनसक्छ भन्ने ठानी मैले आफ्नै एडिडासको रनिङ्ग जर्सी तयार गरें। एडिडासकै रनिङ्ग सुज पनि थियो।
मानसिकरुपले पूर्ण तयार भएँ। मष्तिस्कमा भोलि दगुर्नुपर्ने रुटको चित्र कोर्दै निदाउँने प्रयास गरें। रुट - रंगशाला - टेकु - कालिमाटी - कलंकी - बल्खु- एकान्तकुना - सातदोबाटो - बालकुमारी - कोटेश्वर - तिनकुने - नयाँबानेश्वर - बबरमहल - अनामनगर - पुतलिसडक - बागबजार - रत्नपार्क - शहीदगेट - दशरथ रंगशाला। २१ किलो-मिटर। अर्थात् हाफ माराथन।
(क्रमसः )

थपियो। यसैबेला यसपालाको दौडबाटपनि केही फण्ड उठाउने कुरो चल्यो। त्यसबाट उठेको रकम केमा सदुपयोग गर्ने भन्ने कुरो पछि निर्णय गर्ने कुरो भयो। सबै आ-आफ्नो तयारीमा जुटे। भोलि बिहान ६ बजे दशरथ रंगशालामा भेट हुनेगरी।
घर लागें। भोलि बिहानको तयारी गरें। दुईतीन दिनदेखि आराम ग

पहिलो प्रयास, जसले जे भनेपनि चिन्ता त हुने नै भयो। अरुहरुले निकै तयारी गरेका होलान्। बिचैमा छोड्नु परे कस्तो लाग्ला। कहाँ कहाँ हिड्नु पर्ने होला, के कस्तो अफ्ठ्यारो पर्ला। खुट्टा दुख्ने होला। मेरो जुत्ताले साथ देलानदेला। यस्तै तर्कना झेलियो। आयोजकले वितरण गरेको जर्सी कटनको थियो यसपाला। पोहोरको भन्दा भिन्न। पसिनाले च्यापच्याप भएर टाँसिने हुनसक्छ भन्ने ठानी मैले आफ्नै एडिडासको रनिङ्ग जर्सी तयार गरें। एडिडासकै रनिङ्ग सुज पनि थियो।
मानसिकरुपले पूर्ण तयार भएँ। मष्तिस्कमा भोलि दगुर्नुपर्ने रुटको चित्र कोर्दै निदाउँने प्रयास गरें। रुट - रंगशाला - टेकु - कालिमाटी - कलंकी - बल्खु- एकान्तकुना - सातदोबाटो - बालकुमारी - कोटेश्वर - तिनकुने - नयाँबानेश्वर - बबरमहल - अनामनगर - पुतलिसडक - बागबजार - रत्नपार्क - शहीदगेट - दशरथ रंगशाला। २१ किलो-मिटर। अर्थात् हाफ माराथन।
(क्रमसः )
लौ है रमाइलो संग तर म्याराथून को सिनेमा हेर्य जस्तै भो / नियमित लेखि राख्नुस अनि आफ्नो साहित्यिक छबि लै अझ परिस्कृत गर्नुस / शुवाकमाना /
ReplyDelete