नयाँबर्ष २०७१ को बिहानी हामी ब्युँझिंदा घाम ओछ्यानमा पोखिईसकेको थियो। सबैका मोबाइलमा फाट्टफुट्ट न्यु ईएरका संदेश बजिरहेका थिए। बिस्तारै शरीर चलायौं - खुट्टा, हात, पाखुरा, टाउको। ठिकै छ। फ्रेश। म बाहिर निस्किएँ। 'ओइ चिया अर्डर दिनु त' सिरक भित्रैबाट महेशले आदेश दिए । 'ब्रस पनि किनेर ल्याउनु, मैले बिर्से छुँ। ' राजेशले थपे । बाहिर गएँ। चिया अर्डर गरें। पसल तिर हिंडेको, पर्स थिएन । अब निमको डालीले माझ्नु भन्नु पर्ला भन्ने सोचें र फर्कें। वरिपरि घुमें। उच्चसमस्थलीमा यो परिसर एक सुन्दर ठाउँ रहेछ। होटेलको छत् चढें। उता गार्डेन रहेछ। फूल फुलेका थिए। हरियाली थियो। सुन्दर परिवेश, फ्रेश हावा, मधुरो घाम, चिरबिर थियो । मैले घरमा फोन गरें। आमासंग कुरा गरें। धेरैदिन पछि कुरो भएको थियो। मन झन् चंगा भयो। म झन् खुसि भएँ। रुममा फर्कें। सबै उठे । हल्का ब्यायाम - आफ्नै पाराको। नित्यकर्म सकियो। चियाको चुस्कीसंगै हामीले हिड्ने तरखर गर्यौं। मौसम आजपनि निकै सुन्दर छ। हामीले ४० बढी किमि यात्रा गर्नु छ।

होटेलमा बिहानीपख पनि कुनै चहलपहल थिएन। हिजोको यौटा केटोमात्र देखियो। हिसाबकिताब गर्यौं। हिजो दत्रात्रयमा खाएको लन्चको तुलनामामा एकदमै सस्तो बिल आयो । हामी साईकल बोकेर ओरालो सिंढी झर्यौं। तिघ्रा दुखेको रहेछ। थाहा लाग्यो। राजेशलाई झर्न कठिनाई परेछ। संजिवलाइ त सिट हिजो भन्दा कडा झैं लाग्यो। 'ओहो ! सकिन्न कि क्या हो। ' डराए। ओरालो बाटो बनेपासम्म त ठिकै छ। उता साँघा पुग्न झन्डै ५ किमि उकालो छ। परे ट्रक खोजौंला भन्दै हामी कुद्यौं बनेपा तिर। झन्डै इन्जिन गाडीको रफ्तार समातेर हामी यौटा पुरी-तरकारी पसलमा रोकियौं, बनेपा चोकबाट बसपार्क मोडिने बाटोमा। जेरी, पुरी, तरकारीले हामीलाई लन्चसम्म इनर्जी दिनेछ। संजिवले एउटा ट्रकमा लक् ट्राइ गरे। मिलेन। अघाडी हेरौला भन्दै बढ्यौं। ट्रक कतै मिलेन। उकालो सुरु भयो। निरन्तर कुद्यौ। महेश र म संगसंगै। गियर मिलाएर रफ्तार लियौं। हिजोभन्दा त निकै सहज महसुस भयो। पेलेर हिड्ने ठुला गाडीले तर्साएर कहिलेकाहिँ असन्तुलित पार्थे। तातो कालो धुवाँ फाल्थे, चर्को हर्न दिन्थे र डिस्टर्ब गर्थे। तर हामी रोकिएनौ। पसिना आयो। 'अब एक किमि मात्र बाँकी', 'उ साँगाको गेट देखियो', 'यो लाष्ट ल्याप हो', 'नो गिभ अप !' भन्दै हामीले उकालो काट्यौं। र चिस्स्सो ड्रिक्सले सेलेब्रेट गर्यौं। केही बेरमा राजेश आए। संजीव थोरै उकालोमा डोर्याएर आईपुगे। सबै पुग्यौं। हिजो भन्दा रफ्तार र रिदममा।
यता निकै भीड थियो। अग्ले महादेवको मुर्ति दर्शन र घुम्फिरको लागि आएका केटा र केटीका हुल। हामी पनि लाग्यौं । मैले सुरुको ठाडो उकालोको दुई तिहाई साइकलमा पार गरें। बस्ताबमा गजब ट्राइ थियो त्यो। हामी बाटोमा साइकल बाँधेर मुर्ति घुम्यौं। खजूर खायौं। बाटोमा निकै पाउँ बेच्न राखेका देखिए। राजेश र संजिवले थोरै किने। साँगा पाउँकोलागि प्रसिद्ध ठाउँ रहेछ। हामी फर्किंने दुइटा बाटो थियो। फर्केर पुनः साँगा भएर अरनिको राजमार्ग वा दायाँ तिरको ठाडो ओरालो छिचोलेर तल खोल्सा हुँदै पारीपट्टि नालिंचोक मिल्ने। हाम्रो सहमति बनेन। हामी दुई भागमा बाँडियौ। महेश र म ओरालो गुड्यौं। निकै कठीन र चुनौतिपूर्ण बाटो रहेछ। पूर्ण कच्ची। बेस्सरी ब्रेक थिचेर होसियारी साथ चलाउनुपर्ने गड्यांगगुडुंग ओरालो बाटो। खुट्टै काँपे। महेशले म भन्दा निकै कुशलतापुर्वक यो बाटो पार गरेझैं लग्यो। हामी नालान्चोकबाट फिर्ता मेन रोड केही उकालो चढी फनपार्कमा केहि समय स्वीमिंग गर्ने योजना गर्दै अरु दुई केटाहरुलाई कुर्यों। उनीहरुको फोन उठेन। यस्तैमा उनीहरु ओरालो बत्तिदै बाटो क्रस भए। हामीले योजना रद्द गरेर फर्क्यौं। उनीहरु सुर्यविनायकमा भेटिए। उखुको रस खोज्यौं। बस्ने ठाउँ भेटिएन। हिजोको ठाउँ (गठ्ठाघर) मा खाने भनी महेश अघि लागे। हामी पछिपछि।
यौटा ओभरहेड ब्रिज छेउ महेश कुरेका थिए। साइकल त पन्चर भएछ। वर्कशप खोज्यौं, उता चोक तिर । मो.सा. बनाउनेले साइकल नहेर्ने रैछन। निकैबेरको प्रयास र ६/७ वटा सोधपुछ पछि सुरुमै महेश कुरेको ब्रिजको आडमै यौटा पसल रहेछ। भेटियो। व्यर्थमा निकै चक्कर काटिएछ। नयाँ ठाउँ, यस्तै हो। ट्युब फेर्नु पर्यो रु ३५०/-मा। यौटा चिया ब्रेक भयो। अनि हामी हिड्यौं। लन्च ठमेल पुगेर गर्ने।
महेश र म अघिपछि थियौं। कोटेश्वर चोकको जाममा महेशलाई मैले कोट्याएर 'यता पाटन दरबार स्क्वायर हुँदै जाउँ' भनि फकाएँ। थाकेको भो न जाउँ भने। मैले जिद्दी गरेँ। कारण बताएँ। 'थप एक जिल्ला र शहर थपिन्छ हाम्रो यात्रामा', 'जम्मा ५-६ एक्स्ट्रा किमि त हो, जाउँ !' अब मान्छन जस्तो भयो। राजेश देखिए। उनलाई बाटो मोड्न भनियो। त्यही लजिक। तु. माने। 'त्यसो भए झम्सिखेल गएर खाउँ न त' महेशको आइडिया आयो। हामी बालकुमारी तर्फ मोडियों। संजिवलाई कुर्यों। देखिएन। फोन उठेन। मेसेज गर्यौं। जाम खुल्यो। गाडी चले। अब हामी ३ जनामात्र पाटन तिर लाग्यौं।
' यो त खत्तम धुले बाटो छ। बालकुमारी मन्दिरको बाटो जाने ' कुरा भयो। तर राजेश रोडमुनिको काटेकोबाटोबाट ग्वार्को तिर कुदेछन्। म र महेश बालकुमारी मन्दिर हुँदै, उकालो चढेर, च्यासल गल्लि-गल्लिबाट मंगलबजार जाने बाटो पहिल्याउदै पाटन दरबार स्क्वायरको उत्तरपूर्वी कुनाबाट भित्र पस्यौं। बटुवालाई अनुरोध गरि केहि फोटो खिचायौ। राजेश आइपुगे। स्क्वायरको पेटीमा केहिबेर आराम गर्यौं। चिसो खायौं। गतसाल काठमाडौँ कोरा गर्दा पनि यसरी यहिँ पुगेका थिएँ। निकै थाकेर। तर यसपाला त्यति थाकेको छैन। 'संजिव कताबाट गयो होला। माइन्ड गर्छ कि छोडे भनेर। अघाडी नै ठमेल पुगे कुर्न भन्नु पर्यो' मेसेज गर्यौं। अब हामी सिधै ठमेल जाने।
पुल्चोकतिरबाट म अघि बढें। त्रिपुरेश्वर चोक नजिक निकै कुरें उनिहरु आईपुगेनन् । संजिवले फोन गरे। ठमेल पुगिसकेछन्। कुर्न भने। यता केटाहरु आझै आएनन्। कतै केहि भयो कि। पछि याद गरें राजेशले त्रिपुरेश्वरको उकालो छल्न 'टेकु, बिस्नुमतिको बाटो जाउँ' भन्दै थिए, उतै लगेछन। म धरहरा - सुन्धारा - न्युरोड - बसन्तपुरको हुँदै गएँ। बाटोमा यी स्थानहरुको फोटो पनि खिचें। बसन्तपुरमा कुनै कार्यक्रम भैराखेको थियो। त्यहाँ ठुलो आकारको नेपालको झन्डा देखें। र झण्डाको पृष्ठभुमिमा फोटो खिचें। यात्राको पुछार झण्डासंगको संयोगले गज्जब रमाइलो अनुभूति गरायो। अनि केहिबेर मै हिजो सुरु भएको २९ घन्टा लामो अविश्मरणीय, रोमाञ्चक र साहसिक भन्न मिल्ने साइकल यात्राको समापन बिन्दु अर्थात्, क्षेत्रपाटी पुगेँ। अरुहरु त्यहाँ आइपुगिसकेका थिए। राजन पनि थिए। हाम्रो यात्राको छोटो विवरण सुन्दा पसले दाइको 'निकै गज्जब आँट गर्नु भए छ' भन्ने प्रतिक्रिया थियो। पहिलो चोटिमै यत्रोलामो र कठीन दुरीको यात्रा चानचुनेकुरो होइन।
सबैमा एउटा अभुतपुर्व सफलताको आभास भयो। थकित र गलित शरीर तर मन प्रफुल्ल। हामी बिहंगम छलफल गर्दै यौटा चाइनिज रेष्टुरामा 'तात्तातो र पिर्पिरो' खाजाखान बस्यौं। त्यो निकै पुरानो चर्चित मःमः पसलको नयाँ संस्करण रहेछ। हाम्रो यात्राको छिटपुट चर्चा र बिवरण सुन्दै गर्दा आफु सामेल हुन नसकेकोमा राजन पछुताउन थाले। त्यहाँबाट निस्किएर हिंड्दा बाटोभरि नयाँवर्ष २०७१को उल्लास थियो। म 'गार्डेन अफ ड्रिम्स' छिरें।
(नोट: यो ब्लग शृंखालामा प्रयोग भएका फोटोहरु मोबाइलको क्यामराले खिचेका हुन्। फोटोग्राफरहरु बाटोमा भेटेका विदेशी पर्यटक, स्वदेशी पर्यटक, स्थानीयबासी र बटुवाहरु हुन्। सबैलाई धेरै धेरै धन्यबाद। )
यता निकै भीड थियो। अग्ले महादेवको मुर्ति दर्शन र घुम्फिरको लागि आएका केटा र केटीका हुल। हामी पनि लाग्यौं । मैले सुरुको ठाडो उकालोको दुई तिहाई साइकलमा पार गरें। बस्ताबमा गजब ट्राइ थियो त्यो। हामी बाटोमा साइकल बाँधेर मुर्ति घुम्यौं। खजूर खायौं। बाटोमा निकै पाउँ बेच्न राखेका देखिए। राजेश र संजिवले थोरै किने। साँगा पाउँकोलागि प्रसिद्ध ठाउँ रहेछ। हामी फर्किंने दुइटा बाटो थियो। फर्केर पुनः साँगा भएर अरनिको राजमार्ग वा दायाँ तिरको ठाडो ओरालो छिचोलेर तल खोल्सा हुँदै पारीपट्टि नालिंचोक मिल्ने। हाम्रो सहमति बनेन। हामी दुई भागमा बाँडियौ। महेश र म ओरालो गुड्यौं। निकै कठीन र चुनौतिपूर्ण बाटो रहेछ। पूर्ण कच्ची। बेस्सरी ब्रेक थिचेर होसियारी साथ चलाउनुपर्ने गड्यांगगुडुंग ओरालो बाटो। खुट्टै काँपे। महेशले म भन्दा निकै कुशलतापुर्वक यो बाटो पार गरेझैं लग्यो। हामी नालान्चोकबाट फिर्ता मेन रोड केही उकालो चढी फनपार्कमा केहि समय स्वीमिंग गर्ने योजना गर्दै अरु दुई केटाहरुलाई कुर्यों। उनीहरुको फोन उठेन। यस्तैमा उनीहरु ओरालो बत्तिदै बाटो क्रस भए। हामीले योजना रद्द गरेर फर्क्यौं। उनीहरु सुर्यविनायकमा भेटिए। उखुको रस खोज्यौं। बस्ने ठाउँ भेटिएन। हिजोको ठाउँ (गठ्ठाघर) मा खाने भनी महेश अघि लागे। हामी पछिपछि।
यौटा ओभरहेड ब्रिज छेउ महेश कुरेका थिए। साइकल त पन्चर भएछ। वर्कशप खोज्यौं, उता चोक तिर । मो.सा. बनाउनेले साइकल नहेर्ने रैछन। निकैबेरको प्रयास र ६/७ वटा सोधपुछ पछि सुरुमै महेश कुरेको ब्रिजको आडमै यौटा पसल रहेछ। भेटियो। व्यर्थमा निकै चक्कर काटिएछ। नयाँ ठाउँ, यस्तै हो। ट्युब फेर्नु पर्यो रु ३५०/-मा। यौटा चिया ब्रेक भयो। अनि हामी हिड्यौं। लन्च ठमेल पुगेर गर्ने।
सबैमा एउटा अभुतपुर्व सफलताको आभास भयो। थकित र गलित शरीर तर मन प्रफुल्ल। हामी बिहंगम छलफल गर्दै यौटा चाइनिज रेष्टुरामा 'तात्तातो र पिर्पिरो' खाजाखान बस्यौं। त्यो निकै पुरानो चर्चित मःमः पसलको नयाँ संस्करण रहेछ। हाम्रो यात्राको छिटपुट चर्चा र बिवरण सुन्दै गर्दा आफु सामेल हुन नसकेकोमा राजन पछुताउन थाले। त्यहाँबाट निस्किएर हिंड्दा बाटोभरि नयाँवर्ष २०७१को उल्लास थियो। म 'गार्डेन अफ ड्रिम्स' छिरें।
(नोट: यो ब्लग शृंखालामा प्रयोग भएका फोटोहरु मोबाइलको क्यामराले खिचेका हुन्। फोटोग्राफरहरु बाटोमा भेटेका विदेशी पर्यटक, स्वदेशी पर्यटक, स्थानीयबासी र बटुवाहरु हुन्। सबैलाई धेरै धेरै धन्यबाद। )
No comments:
Post a Comment