यसपाली पोहोर भन्दा ठुलो टिमबन्यो। १२ जना खेलाडी र एउटा मेनेजर। टिम यस प्रकार - निलिमा लामा (टिम मेनेजर); १) भवानीप्रसाद दाहाल (कप्तान); २) महेशकुमार श्रेष्ठ (गोलकिपर); र अन्य खेलाडीहरु ३) संजिव गिरी; ४) श्रीद ढुंगेल; ५) सुवेशकुमार श्रेष्ठ; ६) सतिशराज पाण्डे; ७) सुरज नेपाल; ८) अन्जु तामांग; ९) खगेन्द्र केसी; १०) सम्पूर्ण कक्षपति; ११) राजेशप्रसाद खनाल र, १२) म। अर्थात, म पनि त्यो टिममा परें। टिम सदस्यलाई जुत्ता र जर्सीको व्यवस्था भयो । नाम, नम्बर र लोगो छाप्ने कुरो भयो। मेरो जर्सी नम्बर ११.
केहि प्राक्टिस खेलहरु भए - बालुवाटारको एक्स-सेल ग्राउण्ड र एकखेल झम्सिखेलमा। प्राक्टिस म्याचले समन्वय बढाउन मद्दत गर्यो। कतिचोटी शुक्रवार रातभर नसुतेको दिन शनिवार खेलेका खेलहरु पनि रमाइला रहे । पोहोर १० टिम थिए, अहिले बढेर २२ टिम पुगेछ निकै प्रतिष्पर्धा हुने छ। चर्चाहरु सुनिन्थे, सबैले निकै कसरत गरेका छन्। खेलहरु पोहोर भन्दा राम्रो हुनेछन्।
अप्रिल २५ , २०१४ शनिवार, X-cell Futsal Ground, बालुवाटार
उद्घाटनको दिन। रंगीचंगी जर्सी र तयारीसाथ आएका टिमहरुले मार्चपास गरे। सबै उत्साहित, सबै जोसिला र फुर्तिला - खेल भावना र खेलमय वातावरण। कुनै बेला बिरेन्द्र रनिङ्ग शिल्डमा भाग लिएको याद आयो। कति चिनेका साथीहरु भेटिए। सुन्तला र खैरो रंगको मिश्रणमा हामो टिमको जर्सी निकै सुन्दर देखिएको थियो। कुनै डिजाइनरले तयार पारेको जस्तो। राष्ट्रिय गान गयौं। अनि यौटा फ्रेण्डली म्याच भयो एआईएन भर्सेस एसडब्लुसी। आईएनजीओका डाइरेक्टरहरुले खेलेको टिमले निकै गोल अन्तरले जित्यो। त्यसमा हाम्रो डाइरेक्टर सतिसजीले पनि गोल हानेका थिए।
चारवटा समूहमा टिमहरुले लिग चरणका ४/४ खेल खेल्ने टाई-सिट थियो। ४ -५ टिम प्रतिसमूह। हाम्रो समूहमा FHI 360, Handicap International, Action Aid, Water Aid, World Vision। यो समूहका खेल अर्को सप्ताहअन्तमा पर्छन। प्रतेक खेल २० मिनेटका। जसबाट अन्तमा २ टिम क्वार्टर फाइनल पुग्नेछन्। जुन नक-आउट चरण हुनेछ।
No comments:
Post a Comment