'पशुपतिनाथले हाम्रो यात्रा सफल पारुन् !' नेपालीबाटोमा गुड्ने प्रायः गाडीमा लेखिने शुभवाक्य हो। यसपालीको मेरो दशैंयात्रामा सुर्खेत - जुम्ला सडक पार गरियो जहाँ चन्दननाथबाबाले यात्रा सफल पर्ने विश्वास गर्न सकिन्छ। यो यात्राब्लग त्यहि अनुभवबारेको हो।
कारणबस चारदिन जतिको छुट्टी अबधि छोट्टियो र म अक्टोबर १ तारिख 'फूलपातीको दिन बिहान ९ बजे गोमा एयरको बोर्डिंगपास बोकेर सुर्खेत एयरपोर्ट हाजिरभएँ। प्रकाशजीले कुरो गरेर एयरलाइन्सको मुख्यमान्छेले आफै दिएको बोर्डिंगपास बोकेर तिलकजी आएका थिए मलाई होटलबाट लिन। १०:३० तिर फ्लाइट हुनेछ। हामी तिलकको घर पुगेर खाना खाएर आउन सक्छौं। एयरपोर्टको बाटो भएर जाने भएकोले एकछिन बुझेर जाउँ भनि पसेको त सबै योजना बदलियो। त्यहाँ अस्तिदेखि कुरेर बसेका यात्रु भेटिए। हिजै उड्नेभनि चेक-इन गरेका मेरो एकजना गाउँले पनि भेटिए। यौटामात्र प्रोपेलल (इन्जिन पंखा) भएको दुईटा प्लेन थिए र यिनले बढीमा ९ जनामात्र सवारी बोक्ने रहेछन् । चार्टरगर्ने भन्दै दोहोरो भाडा तिर्नुपर्ने। दिनैपिच्छे वा व्यक्तिपिच्छे भाडा फरक हुने रहेछ। दुबैमा हिजै उड्न नसकी फर्केका केहि यात्री भेटिए । तिनीहरुले रु ९६००/- तिरेको भने। पुरै फ्लाइट रिजर्वगरेका यौटा स्थानिय संस्थाका मान्छेहरु भेटिए। हप्तादिनदेखि यौटा सहुलियत दर (करिब ५०००)को फ्लाइट कुरेका केहि स्थानिय बुढापाकापनि भेटिए। र आजै आएका म जस्ता ३/४ जना अरुपनि भेटिए। हुम्ला, बाजुरा र डोल्पाजस्ता ठाउँमा बिहानी फ्लाइट सकेर बल्ल जुम्लातिरको पालो आउने रहेछ। त्यतिबेलासम्मको वेदर कण्डिसन हेरेरमात्र दुङ्गो लाग्ने।
मलाई बोर्डिंगपास दिने एयरलाईन्सको मान्छेले यौटा फ्लाइटपछि प्लेन काठमान्डौ फर्किने सूचना दियो। अर्को एयरलाईन्सको पब्लिक रिलेशन हेर्ने केटा भेटियो। जुम्लाकै रहेछन् । धेरै यात्रीले उनिसंगै कुरो गरेर टिकट मिलाउने रहेछन। कोही भाई, कोही सालाज्यू, कोही अङ्कल त कोही साथी भन्दै उनका पछि लागेका हुन्थे। मैले पनि उनीसंग कुरो गरें। ''तपाईं किरणको दाई होइन ?' उनले सोधे। मेरो भाईको साथी रहेछन । 'दाई आज तेस्रो फ्लाइट भयो भने तपाईंको हुन्छ' । अब म तेस्रो फ्लाइट उड्ने प्रतीक्षामा बसें। त्यो रिजर्भ गर्ने संस्थाका मान्छे आए र उडे। अब अर्को हिजैदेखि उड्न नपाई बसेकाहरु उडे त मेरो पालो आउनेछ। आशा। त्यो कुनैपनि बेला हुन सक्छ त्यसैले एयरपोर्ट छोड्न हुन्न। तिलकजीलाई फिर्ता पठाएँ। गाउँलेसँग छेउको एउटा झुपडीमा गएर खाना खाइयो। र कुरियो अनिश्चित आशा पालेर।
चियापसलमा गफ़िएर बस्दै गर्दा कुरो चल्यो, यसपाली अष्टमी र नवमी यौटैदिनमा छ। त्यसोभए त दसैँको टिका पर्सि हो। झल्याँस भएँ। भोलि एकदिनमात्र बाँकी छ। प्लेन नभए विकल्प के? 'अब त गाडीपनि जान्नन होला र जुम्ला गएपनि पर्सि साँझ मात्र पुग्ला ' कसैले निरास जानकारी दियो। 'हिजो त केहि प्लेन कुरेर नपाएका यात्रीहरु भाडाको जिपमा गएका थिए। आजै पुगीसके' अर्कोले थोरै होप देखायो। 'जिपपनि के पाइएला र आज, ड्राइभरले पनि त दशैं मान्नु पर्यो। जुम्ला पुगेर फर्किने टाइम त छैन। ' चिया पसल्नीले फेरी निरास परिन। 'जीपकोको भाडा कति हो ?' मैले सोधें। 'हेरी हेरी लिन्छन, ३५ हजारदेखि माथि' . 'ओहो कति महँगो, कति जना जान मिल्छ?' 'त्यस्तै ५/६ जना, बुझिदिउ त ?' लौ भनेर मैले जिपमाजाने सम्भावित यात्री संकलन गर्न थालें। ४/५ जना त भेटिए तर सबैको आशा प्लेन टिकट भेटिञ्छ कि भन्नेमा थियो। अरु स्रोतबाट पनि जिपभाडाबारे बुझियो। यौटासँग आफै कुरो गरें। '५ जना जान मिल्छ। अरु बेला ३५ मा जान्थ्यो। दशैं पर्यो। ड्राइभरलाई फाकाउनु पर्छ। त्यसैले ४० हजार दिनुहोस्। ' घुमाउरोपाराले भाडा बढायो। चियापसल्नीले खबर गरिन् 'यौटा जिप भेटियो ७ जना चढ्नमिल्छ, ४५ हजार लग्छ, बोलाउँ ?' के गर्ने गर्ने भयो। यो सब सेटिंग मिलेको ब्यापार जस्तो लग्यो। 'हेरौँ , पछि खवर गरौला' भनेर छोडें।

नेपालगंजतिर खबर बुझियो। त्यताबाट रु १२००० तिरेर यौटा सानो प्लेन जाँदै छ रे। अरु संभावना छैन। बरु जिप पाइए केहि यात्रु सुर्खेत हुँदै आउन लागेका छन् रे। यस्तैमा ३ बज्यो। सुर्खेतबाट दोस्रो फ्लाइट उडेन। केहिबेरमा जुम्लाबाट सूचना आयो- वेदर बिग्रेर जुम्ला पुगेका दुइटा प्लेन फर्किन सकेनन् । आजको सम्भावना पूर्णरुपमा सकियो। अब केहि धेरै मान्छेहरु दोस्रो विकल्पको (जिप भाडाको) कुरा गर्न लागे। हामीसंग जिप भाडामा लिन प्रयाप्त यात्रु त भए त जिप कहाँ मिल्छ? यौटा यात्रु पुर्याउन आएकोमान्छे र म उसको बाईकमा बसपार्क तिर हिड्यौं। आफै खोज्नु पर्यो जिप। 'मुसलमान ड्राइभर भएको जिप खोजौं। उनीहरु त जालान् नि। दशैँ हुन्न उनिहरुको ' त्यो मान्छेले आइडिया निकाले। ४/५ ठाउं पुगेर कुरो गर्यौं। मिलेन। यौटा एयरपोर्टमै भेटिएको दलालकेटो ले फोन गर्यो ' ३५ हजारमा ७ जना जान मिल्छ। बोलेरो गाडी मिल्यो। ' ५ हजार प्रति व्यक्ति। प्लेनको ४ हजार बच्ने। लौ त्यै बोलाउँ। त्यो केटो आयो। मलाई बाइकमा जिप भएको ठाउं पुर्यायो। त्यो जुम्लाकै एकजना मुसलमान व्यापारी साहुजीको परेछ। 'राति हिड्नु पर्छ। बाटोमा पुलिसले रोक्छ। तपाईंहरुले कुरो मिलाउनु पर्छ नि' सर्त राखे। 'ल भै हल्छ नि। जे पर्छ गरौंला। हिंड।'
जिप एयरपोर्टमा पुग्यो। फर्स्ट कम फर्स्ट हामी ७ जना चढ्यौं र जुम्लाको यात्रा शुरु भयो। ठिक ५ बजेको थियो।
(क्रमसः )
कारणबस चारदिन जतिको छुट्टी अबधि छोट्टियो र म अक्टोबर १ तारिख 'फूलपातीको दिन बिहान ९ बजे गोमा एयरको बोर्डिंगपास बोकेर सुर्खेत एयरपोर्ट हाजिरभएँ। प्रकाशजीले कुरो गरेर एयरलाइन्सको मुख्यमान्छेले आफै दिएको बोर्डिंगपास बोकेर तिलकजी आएका थिए मलाई होटलबाट लिन। १०:३० तिर फ्लाइट हुनेछ। हामी तिलकको घर पुगेर खाना खाएर आउन सक्छौं। एयरपोर्टको बाटो भएर जाने भएकोले एकछिन बुझेर जाउँ भनि पसेको त सबै योजना बदलियो। त्यहाँ अस्तिदेखि कुरेर बसेका यात्रु भेटिए। हिजै उड्नेभनि चेक-इन गरेका मेरो एकजना गाउँले पनि भेटिए। यौटामात्र प्रोपेलल (इन्जिन पंखा) भएको दुईटा प्लेन थिए र यिनले बढीमा ९ जनामात्र सवारी बोक्ने रहेछन् । चार्टरगर्ने भन्दै दोहोरो भाडा तिर्नुपर्ने। दिनैपिच्छे वा व्यक्तिपिच्छे भाडा फरक हुने रहेछ। दुबैमा हिजै उड्न नसकी फर्केका केहि यात्री भेटिए । तिनीहरुले रु ९६००/- तिरेको भने। पुरै फ्लाइट रिजर्वगरेका यौटा स्थानिय संस्थाका मान्छेहरु भेटिए। हप्तादिनदेखि यौटा सहुलियत दर (करिब ५०००)को फ्लाइट कुरेका केहि स्थानिय बुढापाकापनि भेटिए। र आजै आएका म जस्ता ३/४ जना अरुपनि भेटिए। हुम्ला, बाजुरा र डोल्पाजस्ता ठाउँमा बिहानी फ्लाइट सकेर बल्ल जुम्लातिरको पालो आउने रहेछ। त्यतिबेलासम्मको वेदर कण्डिसन हेरेरमात्र दुङ्गो लाग्ने।
मलाई बोर्डिंगपास दिने एयरलाईन्सको मान्छेले यौटा फ्लाइटपछि प्लेन काठमान्डौ फर्किने सूचना दियो। अर्को एयरलाईन्सको पब्लिक रिलेशन हेर्ने केटा भेटियो। जुम्लाकै रहेछन् । धेरै यात्रीले उनिसंगै कुरो गरेर टिकट मिलाउने रहेछन। कोही भाई, कोही सालाज्यू, कोही अङ्कल त कोही साथी भन्दै उनका पछि लागेका हुन्थे। मैले पनि उनीसंग कुरो गरें। ''तपाईं किरणको दाई होइन ?' उनले सोधे। मेरो भाईको साथी रहेछन । 'दाई आज तेस्रो फ्लाइट भयो भने तपाईंको हुन्छ' । अब म तेस्रो फ्लाइट उड्ने प्रतीक्षामा बसें। त्यो रिजर्भ गर्ने संस्थाका मान्छे आए र उडे। अब अर्को हिजैदेखि उड्न नपाई बसेकाहरु उडे त मेरो पालो आउनेछ। आशा। त्यो कुनैपनि बेला हुन सक्छ त्यसैले एयरपोर्ट छोड्न हुन्न। तिलकजीलाई फिर्ता पठाएँ। गाउँलेसँग छेउको एउटा झुपडीमा गएर खाना खाइयो। र कुरियो अनिश्चित आशा पालेर।
चियापसलमा गफ़िएर बस्दै गर्दा कुरो चल्यो, यसपाली अष्टमी र नवमी यौटैदिनमा छ। त्यसोभए त दसैँको टिका पर्सि हो। झल्याँस भएँ। भोलि एकदिनमात्र बाँकी छ। प्लेन नभए विकल्प के? 'अब त गाडीपनि जान्नन होला र जुम्ला गएपनि पर्सि साँझ मात्र पुग्ला ' कसैले निरास जानकारी दियो। 'हिजो त केहि प्लेन कुरेर नपाएका यात्रीहरु भाडाको जिपमा गएका थिए। आजै पुगीसके' अर्कोले थोरै होप देखायो। 'जिपपनि के पाइएला र आज, ड्राइभरले पनि त दशैं मान्नु पर्यो। जुम्ला पुगेर फर्किने टाइम त छैन। ' चिया पसल्नीले फेरी निरास परिन। 'जीपकोको भाडा कति हो ?' मैले सोधें। 'हेरी हेरी लिन्छन, ३५ हजारदेखि माथि' . 'ओहो कति महँगो, कति जना जान मिल्छ?' 'त्यस्तै ५/६ जना, बुझिदिउ त ?' लौ भनेर मैले जिपमाजाने सम्भावित यात्री संकलन गर्न थालें। ४/५ जना त भेटिए तर सबैको आशा प्लेन टिकट भेटिञ्छ कि भन्नेमा थियो। अरु स्रोतबाट पनि जिपभाडाबारे बुझियो। यौटासँग आफै कुरो गरें। '५ जना जान मिल्छ। अरु बेला ३५ मा जान्थ्यो। दशैं पर्यो। ड्राइभरलाई फाकाउनु पर्छ। त्यसैले ४० हजार दिनुहोस्। ' घुमाउरोपाराले भाडा बढायो। चियापसल्नीले खबर गरिन् 'यौटा जिप भेटियो ७ जना चढ्नमिल्छ, ४५ हजार लग्छ, बोलाउँ ?' के गर्ने गर्ने भयो। यो सब सेटिंग मिलेको ब्यापार जस्तो लग्यो। 'हेरौँ , पछि खवर गरौला' भनेर छोडें।
जिप एयरपोर्टमा पुग्यो। फर्स्ट कम फर्स्ट हामी ७ जना चढ्यौं र जुम्लाको यात्रा शुरु भयो। ठिक ५ बजेको थियो।
(क्रमसः )
No comments:
Post a Comment