Sunday, August 10, 2014

इन्डोर क्रिकेटको अनुभव

अगस्टको पहिलो आइतबार बालुवाटारमा FHI 360 र Mercy Crop बीचको मैत्री फ़ुटश: खेलि सकेर चिसो खाँदै गर्दा अर्कोहप्ता इन्डोर क्रिकेट खेल्ने बारे कुरो चलेको थियो। सतिशजीसंग त पहिलै खेलेको अनुभव रहेछ। अरु सबैको निम्ति नौलो कुरा।  सबै उत्साहित बने र आउने शनिबार बिहान खेल्ने कुरो मिल्यो।  काठमाडौँमा दुइटा ठाउंमा  इन्डोर क्रिकेट ग्राउण्ड रहेको थाहा पाईयो - कोटेश्वोरतिर र  गल्फुटारतिर । अर्को दिन भवानीले गल्फुटारको पिच बुक गरेको खबर गरे। Royal Indoor Cricket .  धेरैजनाले खेल्न नआउने, फुर्सद नहुने आदि जस्ता कारण देखाए र अन्तत: हामी ६ जना भयौँ। भाडा ६ खेलाडीको टिमले खेल्दा रु २,२०० प्रति म्याच।  करिव १:३० घण्टामा सकिने। एक टिमको लागी त्यतिनै चाहिने रहेछ। म खासै खेल्न नजान्ने तर रमाइलो र अनुभवको लागि खेल्न  तम्सिहाल्छु।  हामि म सहित भवानी, अनिल, दिपक, महेश र सतिशजी अनि अर्को टोलीका खेलाडीहरु।  केहि नौला नियम र पद्दति सुनाएर अम्पायरले ८:३० तिर हाम्रो खेल सुरु गराए।  टस जितेर हामीले फिल्ड रोज्यौं।  पहिलो इनिंग सकिदा हामीले १२७ रनको लक्ष्य पायौं।  र हाम्रो पालामा १४० बढी रन पुगाएर सम्पन्न गर्यौं।  अर्थात जित्यौं।  मैले राम्रै खेलें।  सोचे भन्दा राम्रो।  अब अर्को शनिबार पनि खेल्ने कुरो भएको छ।  यसरी यौटा नयाँ खेलसंग परिचित भैयो।  अब भविष्यमा केहि धेरै 'इन्डोर क्रिकेट' खेलिन्छ होला।

सानोमा डण्डीबियो खेलिन्थ्यो।   क्रिकेटबारे त म केहिवर्ष अघिसम्म पनि अनभिज्ञ थिएँ किनकि स्कुले जीवनमा जुम्लातिर यो खेलको कुनै चर्चा हुन्थेन। चौधरी सरले क्लास रुममै पानासोनिक रेडियो कानैमा टाँसेर सुनेको कुरो त क्रिकेट कमेण्ट्रि रहेछ भन्ने निकैपछि मात्र बुझें।  त्यो बेला राम्ररी नेपाली बोल्ने बानी सम्म थिएन, हिन्दीको त कुरै भएन। त्यसैले केहि बुझिएन, चासो राखिएन।  निकैपछि यौटा जाडोयामका केहि दिन हुम्लामा बिताउनु पर्यो।  चिसादिन बिताउन कि साथीभाई मिलेर तास खेल्नु पर्थ्यो कि रक्सिको माहोलमा बिताउनु पर्थ्यो कि  सुत्नु पर्थ्यो।  क्रिकेट बुझ्ने दुइटा साथीहरुको संगत मिल्यो।  त्यतिनै बेला क्रिकेट विश्वकप चलिरहेको थियो।  उनिहरु संगै धेरै म्याच नियमित हेरियो। अनि थोरै बुझें।  तर, क्रिकेट बारेको खास चासो त २०१३मा काठमान्डूमा नेपाल एसिसि २०/२० को फाइनल अफगानिस्तानसंग खेल्दा मैदानबाटै लाईभ हेर्दाताकाबाट सुरु भयो।  त्यसको अर्को वेभ त नेपाल T20 World Cup खेल्न २०१४ मा बंगलादेशमा खेल्नजाने भएपछि सुरु भयो।  जताततै चर्चा र चासो सुरु भयो।  त्यो त मुख्य क्रिकेट भयो।  तर क्रिकेटका अनेक रुप र आयाम मध्ये नेपालमा भर्खर भित्रिएको 'इन्डोर क्रिकेट' पनि एक हो।

यो रुपको बारे चासो बढ्यो।  सन् १९७० तिर नै सुरु भएको इन्डोर क्रिकेटको आधारभुत कुरा मूल क्रिकेटसंग मिले तापनि पिच, रन लिने तरिका र खेलाडी संख्याले गर्दा यो भिन्न छ।  यसमा ६ वा ८ खेलाडी हुन्छन।  पिच पुरै हुन्छ तर ब्याट्समेनले रन लिंदा आधि पिचमात्र दगुर्छ।  हरेक खेलाडीले २ ओवर बल गर्छ भने ब्याटिंगमा एकजोडीले ४ ओभर पार्टनरशिप गर्छ।  स्कोर दुइ तरिकाली गर्छ - फिजिकल रन र बोनस रन।  बोनस रन बलले नेटमा छोएको आधारमा मिल्छ तर त्यो रन लिन फिजिकल रन लिनै पर्छ।  यो खेलमा खेलाडी आउट हुदैन तर परम्परागत क्रिकेट झैँ हुने आउटको बेला नेगेटिभ ५ मार्क मिल्छ। जुन रन संख्याबाट काटिञ्छ।  त्यसैले यो खेल निकै अन्प्रिडिक्टेवल हुनजान्छ र रोमान्चक बन्छ।   यसबारे थप बुझ्न More on Indoor Cricket  मा  जानुहोस।     
  

Saturday, August 9, 2014

KORA2014: साईकलमा काठमाडौँको फन्को (३)

यो शृंखलाको अन्तिम ब्लग हो।  कोरा साइकल सकेपछि शरीर त थाक्यो तर मन चंगा भयो।  एकप्रकारको जीत, आफ्नै सिमा र डरमाथि। घामले डढेका पाखुराका डामहरु उजेलिन केहि हप्ता अझै लाग्ला तर त्यो यात्रा, त्यो साइकल परेड, त्यो जमात, बाटो, बाटामा घटेका स-साना घटनाक्रम र अन्य प्रसङ्ग सम्झिदै चियापसलमा साथीहरुबीच गफिन त झन् रमाइलो हुने।  त्यस्तै भैरहेको छ।  कोरापछि सोसियल मेडियामा आउने फोटो, अनुभव र प्रतिक्रियाहरुले निकैदिनसम्म चर्चा पाइरह्यो।  मैले यसअघि पोस्ट गरेका ब्लगहरु पढेर पनि  निकैजनाले अर्कोपाली भागलिने चाहनाका कुरा गरे । KORA2014 को Public Media Visibility बारेको यौटा Presentation मा मेरो ब्लग पनि थियो। थोरै ब्लगमध्ये नेपालीमा लेखिएको एउटै मेरो थियो।  संजिवले फरवार्ड गरेका थिए।  खुसि लाग्यो।

KORA2014 यौटा सामाजिक कार्यको निम्ति पनि आयोजना गरिएको भएकोले, मानवीय दायित्व स्वरुप केहि सहयोग जुटाउने प्रयास पनि  गरियो।  निकै साथीहरुले साइकलिङ्गको यो अभियानलाई सहयोग गर्ने बचन दिए।  त्यसले हौस्यायो।  गत २-३ हप्तामा तिनीहरु मध्ये अधिकांशले सहयोग रकम दिए।  मैले सोचेको भन्दा निकै बढी रकम उठ्यो अर्थात शुरुमा मैले आयोजकलाई प्लेज (Pledge) गरेको भन्दा ३ गुणा बढी।  जम्मा ३२ जनाले न्युनतम रु. ५ देखि अधिकतम् रु २,२२२  सम्मको सहयोग गरे। हाल अमेरिकामा हुने पूर्व सहकर्मी सुजन पण्डितले भने निकै उर्जा थप्नु भयो।  मेरो ब्लगमा हाम्रो उत्सुकता, रहर, हल्ला देखेर उनले पहिले गरेको सहयोगलाई डबल पारिदिए।

सहयोग रकम संकलन भएपछि गत अगस्त ४ तारिखमा Socialtour ठमेलका प्रतिनिधि श्री सुमन नेपालीलाई हस्तान्तरण गरें।  त्यो रकम Karma Foundations मार्फत Save the Children को 2M4Pyutaar Campaign जानेछ।  यो अभियान दुर्गममा सुरक्षित सुत्केरी गराउनको लागि सुबिधायुक्त बर्थिंग सेन्टर बनाउन  सहयोग जुटाउने हो।  यो  महान कार्यमा स-सानो सहयोग राशिको महत्व रहन्छ।  निम्न व्यक्तिहरुले सहयोग गरे।  यी सबैजनालाई जीवनभर सबै चिजले भरपुर होस् र यसरी नै सहयोग दिन पाई रहुन : 
  1. Aditi Oli
  2. Anita Shrestha
  3. Anju Tamang
  4. Anup Shrestha
  5. Ashima Shrestha
  6. Basanta Thapa
  7. Bhagawan Shrestha
  8. Bhawani Dahal
  9. Bikash Ghimire
  10. Gita Lama
  11. Jaya Laxmi Chaulagain
  12. Khagendra KC
  13. Kimat Adhikari
  14. Kiran Bam
  15. Merina Baidya
  16. Mirak Angdembe
  17. Mohan Bhurtel
  18. Neelima Lama
  19. Neeta Shrestha
  20. Pooja Pradhan
  21. Pradeep Shrestha
  22. Puja Bharati
  23. Pushpa Chaulagain
  24. Rajya Kunwar
  25. Sabina Adhikari
  26. Salina Shrestha
  27. Shilpa Shrestha
  28. Shrid Dhungel
  29. Sujan Pandit
  30. Sujan Raj Joshi
  31. Suraj Nepal
  32. Tilak Thapaliya


यो पटकको कोरामा शुरुदेखि नै सूचना दिने, हौस्याउने एउटै टोली बनेर पुरै ५० + किमी यात्रा तयगर्ने साथी सहकर्मी सहयात्रीहरु राजन, महेश, राजेश संजीवलाई धेरै धन्यबाद।  यस्ता प्रयासहरु एक्लै निरसिलो हुन्छन तर साथीहरुको साथ सबै कठीन क्षणहरु पनि सहजे पार हुने।  
अब अर्कोवर्ष फेरी यस्तै कोरा हुने , कुनै नयाँ अभियान साथ - KORA2015. मिले फेरीपनि यसमा भाग लिईनेहोला त्यो बिषयमा अर्को ब्लग लेखिनेहोला।  
(नोट: यसमा प्रयोग गरिएका फोटाहरु फेसबुकमा कोराको एकाउण्टमा शेयर गरिएको मेरो अफिसको दिपकजीले खिचेका हुन्।)