Sunday, March 29, 2015

धुलो भन्दा पर (Retreat and Rejuvenation: days away from dusty city)


काठमाडौँको धुलो, धुवाँ र कोलाहलमय दैनिकीबाट पर प्रकृति समीपको साक्षात्कार हुने अवसर आफैमा यौटा rejuvenating experience हो।  रोमान्चक गतिबिधिले भरिएको दुईरात र तिनदिन अविश्मरणीय बन्यो।  काठमाडौँबाट बिहिबार मार्च २६, २०१५ को बिहान ६:०० बजेदेखि  शुरु यात्रा झन्डै नन-स्टप चल्यो र शनिबार मार्च २८, २०१५ को बेलुका ५:३० तिर सम्पन्न भयो।  लामो बस-यात्रा, त्रिशुली नदिको रयाफ्टिंग,  सौराहाको जंगल जीप-सफारी, वाकिंग, क्यानोइङ्ग, एलिफेंट राईड र भरपुर इविनिंग ईभेण्टस्।  एकपछि अर्को इभेन्ट यसरी क्रमबद्ध रहे कि बोरिङ्ग क्षण नै भएन ।  OYO (on-your-own)  समयको स्विमिङ्ग र च्या-पसलको जमघटले पनि रमाइलो थपे। मौसमले पनि अचम्मै संग साथ दियो - Outdoor Events कुनै बिथोलिएन। एकाबिहानै  गड्याङ्ग-गुडुंग गर्दै दर्किएको झरीले बरु  सितलता र जंगल सफारीमा धुलोबाट मुक्ति दियो।  Indoor मा भएका रचनात्मक, सृजनात्मक  र हास्यपरक  प्रस्तुति र इभेण्टहरुले तानिरहे।  मैले दोस्रो दिन Reflection Session मा अन्य टिमले Sharing गर्दागर्दै एउटा instant sketch draw गरेको थिएँ (चित्रमा)।  फर्किदाको बस-यात्रा नन-स्टप संगीतमय थियो - उस्तै जोश र रोमान्चकता बोकेको।


त्रिशुली नदिको रयाफ्टिंग: यात्रा भरिको उत्कृष्ट रोमान्चक अनुभूति। फील नगरी बयान गर्नै सकिन्न। एकातिर पृथ्वी राजमार्गको किनारा र अर्कोतिर ढुंगे पखेरा, गहिरो त्रिशुली नदिको धमिलो पानी,  ६ बोट,   ६-८ जनाप्रति र्याफ्टबोट, एउटा/एउटा गाईड,  २५ किमिको यात्रा, ७-८ र्यापिडक्रस गर्दै करिव २.५ घण्टामा सकियो।  धेरै सहयात्रीहरु डराएका थिए। ओहो !! …. ओहो!! … बाट शुरु र्याफ्टिंगको अन्त एकनासले आहा !!…. आहा !!….मा सकियो।