Wednesday, December 2, 2015

शुभकामना: दिर्घायु गीत

      At 4 am today, I got this nice poem in my inbox, couldn't stop sharing it through my blogpage ....      

 - मंसीर १७, २०७२ (सअ)

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥
 
म गीत गुन्गुनाउँछु,  म प्रीत फर्फराउँछु ।
संगीत भरी तिम्रो, दिर्घायुको गाउँछु ॥
म समुन्द्र जान्छु, मोती टिपी ल्याउँछु ।
जन्मदिनमा तिम्लाई, हार बनाई दिन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

म गगनमा उड्छु, हावा सँगै डुल्छु ।
बिहानीको लाली टिपी, तिमीलाई दिन्छु ॥
म फुल सँगै खेल्छु, तिमीलाई देख्छु ।
सुबास चोरी जन्मदिनमा, उपहार दिन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

म जुनसँग सोध्छु, तारासँग खाेज्छु ।
तिमीलाई खाेज्दै , ईन्द्रेणीलाई भन्छु ॥
म रंग देउ भन्छु , संगै छेउ जान्छु ।
सबै रंग भरिकन तिमीलाई नै दिन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

म सुर्यलाई हेर्छु , चन्द्रमा लाई चुम्छु ।
तिमीलाई राख्न भनि, ताज महल बुन्छु ॥
म प्रीत गुन्गुनाउछु , संगीतले सजाउछु ।
तिम्रो दिर्घायुको, शुभकामना भन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥