Thursday, June 25, 2015

पि. ओ. सि. को नाममा

In the name of POC
नियमनको घेरा पर
गन्तव्य विश्रामस्थल
जो जन्माउन्छ -
एक चासो, अनेक चर्चा
एक रहस्य, अनेक आसंका
एक विश्वास, अनेक भरोसा
अलिखित तर अभिन्न दैनिकी
अर्थात, पिओसी।


पिओसीको  रंग -
हरेक दिन कन्चन र संग्लो पानी झैँ
आफ्नै रंग भरेर घोल्न मिल्ने ।
हरेक दिन एक खाली क्यानभास जस्तो
आफ्नै कुचीले रंग पोत्न मिल्ने ।

पिओसी कहिले दार्शनिक बनेर
जीवन र जगतको रहस्य खोज्दछ
त कहिले आवारा उद्देश्यहीन झैँ
बेतुक र बेमतलवी चर्चामा रम्छ।

पिओसी एक मन्दिर बनेको छ
दैनिक कोही भक्त पुगेको हुन्छ
तनाव ओकलेर तंग्रिञ्छ कोही
अर्ति सिकिर सप्रिन्छ कोही
आ-आफ्नै भाकल आफ्नै अर्चना।

पिओसी निर्बाध छ
कैयौं प्रहार आए तर रोकिएन
कैयौं आलोचना भए तर अल्झिएन
संकट सहेर सुचारु पिओसि
एक जिन्दगी बन्यो
पिओसी जिन्दगी।

पिओसीले रुप फेर्न सक्छ
साईबर स्वरुप बनेर
पिओसीले स्थान फेर्न सक्छ
पिओसिले शाखा खोज्न सक्छ
पिओसिले पात्र बदल्न सक्छ
तर, पिओसी अपरिहार्य छ
पिओसी निरन्तर छ।

- 6.27,2015 Friday

२०७२. १. १२. ११: ५६


२०७२. १. १२. ११: ५६ 

नयाँ सालको उमङ्ग उसै
घडीको टिक्  टिक् मध्यान्हतर्फ
तर ११.५६ मात्र बज्यो
घडी रोकियो
मध्यान्ह आएन
तरङ्ग आयो
भुकम्प आयो।

महा-भुकम्प
दन्त्यकथाको राक्षस झैँ
कोलाहलमय अजङ्गको रुप लिएर
शान्त मानवबस्तीमा पस्यो एकाएक
र क्षतविक्षत बने बास र बगैचा ।

जमिन तरल भयो एकाएक
र छाल उर्लिएझैं तरंगित
तैरिए मान्छेहरु त्यसैमा
डुब्ने त्रास लिएर सशंकित ।

भू-कम्प संगसंगै
जीवन परकम्पमा बदलियो
गोरेटोहरु बदलियो
सपनाहरुले रंग बदले
आकांक्षाहरुको आकार बदलियो
समग्र दैनिकी बदलियो ।

टिक्  टिक्
घडी रोकियो ११:५६ मा
मध्यान्ह आएन
भुकम्प आयो

त्यो नबिर्सिने पल
अर्थात, २०७२. १. १२. ११: ५६