Thursday, June 25, 2015

२०७२. १. १२. ११: ५६


२०७२. १. १२. ११: ५६ 

नयाँ सालको उमङ्ग उसै
घडीको टिक्  टिक् मध्यान्हतर्फ
तर ११.५६ मात्र बज्यो
घडी रोकियो
मध्यान्ह आएन
तरङ्ग आयो
भुकम्प आयो।

महा-भुकम्प
दन्त्यकथाको राक्षस झैँ
कोलाहलमय अजङ्गको रुप लिएर
शान्त मानवबस्तीमा पस्यो एकाएक
र क्षतविक्षत बने बास र बगैचा ।

जमिन तरल भयो एकाएक
र छाल उर्लिएझैं तरंगित
तैरिए मान्छेहरु त्यसैमा
डुब्ने त्रास लिएर सशंकित ।

भू-कम्प संगसंगै
जीवन परकम्पमा बदलियो
गोरेटोहरु बदलियो
सपनाहरुले रंग बदले
आकांक्षाहरुको आकार बदलियो
समग्र दैनिकी बदलियो ।

टिक्  टिक्
घडी रोकियो ११:५६ मा
मध्यान्ह आएन
भुकम्प आयो

त्यो नबिर्सिने पल
अर्थात, २०७२. १. १२. ११: ५६

No comments:

Post a Comment